Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय पर्सा : विचौलियालाई २५ हजार दिए टोकन विनै हाथोहाथ नागरिकता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १२, २०८०
जिल्ला प्रशासन कार्यालय पर्सा : विचौलियालाई २५ हजार दिए टोकन विनै हाथोहाथ नागरिकता

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १२ साउन । जिल्ला प्रशासन कार्यालय पर्सामा जन्मको आधारमा वितरण भइरहेको नागरिकता बनाउने क्रममा खुलेयाम घुसको चलखेल हुने गरेको सेवाग्राहीहरुले आरोप लगाएका छन् । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयबाटै लिएको टोकन अनुसार आफ्नो पालो आएको दिन नागरिकता बनाउन जिल्ला प्रशासन पुग्ता लाइनमै बस्याको बस्यै गरेको तर विचौलियाहरुले टोकन विना नै एकै दिनमा नागरिकता बनाउन लगाई दिने गरेको सेवाग्राहीको आरोप छ । नयाँ नागरिकता बनाउन लागि जिल्ला प्रशासन कार्यालय पर्साले एक दिनमा १ सयवटा टोकन वितरण गर्ने गरेको छ तर टोकनवालाहरुले लाइनमै बस्दै गरेको अवस्थामा विचौलियाहरुले टोकन विना नै १५ हजारदेखि २५ हजार रुपैया लिएर नागरिकता बनाउन लगाईदिने गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयमा एक दर्जन भन्दा बढि विचौलियाहरु छन् । उनीहरुले टोकन लिएका सेवाग्राहीहरुलाई लाइनमा बसे नागरिकता लिन ढिलाई हुने, नागरिकता नबन्न पनि सक्ने, सरजमिन काटिने जस्ता कुराहरु सुनाई डरको वातावरण सृजना गरि २५ हजार रुपैया दिए तत्काल नागरिकता बन्ने भनेर पैसा असुली गरि रहेका छन् । जिल्ला प्रशासन कार्यालय बाहिर छेउछाउँमा रहेका पसलहरुमा पैसाको बार्गेनिङ्ग हुने गरेको छ । लाइनमा बसेर दिन मात्रै वित्ने तर पैसा दिए तत्काल नागरिकता बन्ने भनेपछि आवश्यक सेवाग्राहीहरुले विचौलियाहरु मार्फत पैसा दिएर टोकन विनै नागरिकता लिने गरेका छन् । विचौलियाहरुले १५ देखि २० हजार रुपैया जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई दिनुपर्ने भन्दै २५ हजार रुपैयासम्म असुली रहेको सेवाग्राहीहरुको गुनासो छ ।

यसबारे जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आफ्न्त हो भनेर आएपछि काम गरिदिने गरेको तर उनले पैसा लिएर नागरिकता बनाउन आएको हो भने आफूले कसरी पहिचान गर्न सक्ने बताए । उनले भने ‘केही पत्रकार, समाजसेवी, राजनीतिक दलका नेता कार्यकर्ता साथीहरु आउँछन्, आफ्नै मान्छे हो, आफन्त हो, एकदम जरुरी छ भन्छन्, कुरा काट्न सकिँदैन, त्यस्ता व्यक्तिहरुको टोकन अगावै एकदुई वटा सिफारिस गरिदिने गरेको तर उहाँहरुले पैसा लिनु भएछ, कि छैन आफू कसरी पहिचान गर्ने ? बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन हुने गरेको भीडमा विचौलियाहरुको पहिचान गर्न पनि समस्या हुने गरेको बताए । ‘को कस्ता व्यक्ति छन्, पहिचान गर्न समस्या छ’, ‘विचौलिया हो कि आफन्त हो’ ? ‘कुनै अर्को मुद्दामा आएका छन् कि नागरिकता नै बनाउन आएका छन्’ ? भीडभाडमा पहिचान गर्न समस्या हुने गरेको बताए । उनले भने त्यस्ता कोही विचौलियाहरुले पैसा लिएर नागरिकता बनाई रहेका छन् भने सूचना दिए तत्काल कारवाही गर्ने बताए ।

यता जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले गर्भवती, अपाङ्ग तथा अत्यावश्यक विद्यार्थीहरुको नागरिकता टोकन अगावै बनाईदिने गरेको बताए । उनले भने ‘कोही गर्भवती महिला हुन्छन्, कोही अपाङ्ग हुन्छन्, कोही विद्यार्थीलाई तत्कालै भर्ना गर्नको लागि नागरिकता आवश्यकता हुन्छ’, त्यस्ताहरुलाई लाइनमा राख्नुपर्ने कुरा होइन, त्यस्ता अत्यावश्यक व्यक्तिहरुको कार्यालय प्रमुखबाट तोक लगाएर आएपछि टोकन भन्दा पहिला नै नागरिकता बनाइदिने कार्य भइरहेको बताए ।

उनका अनुसार अर्कोतर्फ टोकन लिएर पालो आएकाहरुले नागरिकता बनाउन आउँदा सबैको कागजात पुरा हुँदैन, कोही फर्केर जान्छन्, तिनीहरु भोलिपल्ट विहानै आएर लाइनमा बसि दिन्छन्, अधुरो काम भएकाहरुको काम गर्नु नै पर्यो, त्यसले गर्दा टोकनको पालो रहेकाहरुको नागरिकता बनाउन ढिलाइ भइरहेको स्वीकार्दै तर त्यस्तो नागरिकको कागजात लिएर भोलिपल्ट नागरिकता बनाईदिने गरेको बताए । नागरिकता बनाउन एक दिनमा १ सय टोकन दिइने गरिएको छ, जसमध्ये ८० देखि ९० मात्रै आउने गरेको र उनीहरुको नागरिकता बनाइदिने गरिएको बताए । बिहीबार १ सयवटा टोकन वितरण गरिएकोमा ८० जनाको नागरिकता बनाइएको बताए ।
हालसम्म जिल्ला प्रशासन कार्यालय पर्साबाट २६/२७ सयको हाराहारीमा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि