Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लेबलिङ्ग कार्यान्वयनले उद्योगी व्यवसायीहरुमा त्रास, आयात तथा आन्तरिक व्यापार प्रभाति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १२, २०८०
लेबलिङ्ग कार्यान्वयनले उद्योगी व्यवसायीहरुमा त्रास, आयात तथा आन्तरिक व्यापार प्रभाति

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १२ साउन । भन्सार विभागले यही असार २२ मा जारी गरेको ‘लेबल लगाउने सम्बन्धी सूचना’ का कारण व्यवसायीहरुमा अन्यौलता एवं त्रासको वातावरण सृजना भएको व्यापारीहरुले गुनासो गरेका छन् । वीरगंज उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्योगी व्यवसायीहरुले २०८० साउन १ गतेदेखि लेबलिङ्ग कार्यान्वयनमा ल्याउने भनी जारी अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार प्रभावित हुन पुगेको गुनासो पोखे । उनीहरुले भन्सार विभागद्वारा जारी सूचना आफैमा अस्पष्ट नरहेको, सँगसँगै स्पष्ट पार्ने सरोकारवाला निकाय पनि लेबलिङ्गबारे प्रष्ट नपारेको बताए ।

लेवलिङ्ग सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभएसम्म लेबलिङ्ग लगाउने प्रावधान स्थगित गर्नुपर्ने तर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराए । विगत केही महिनादेखि भन्सार प्रशासनले राजस्व सङ्कलनका नाउँमा आयातकर्ताहरुलाई दुःख दिने कार्य मात्रै भइरहेको उनीहरुको आरोप छ । भन्सार कार्यालयले बिल बिजकको मूल्यको आधारमा भन्सार जांचपास नगर्ने, वर्षों पुराना कार्यविधि अर्थात् मूल्य पुस्तिकाका आधारमा मालवस्तु मूल्यांकन गरी जाँचपास गर्ने, वास्तविक मूल्य राखी जाँचपास गराउन खोज्दा पनि ५०% सम्म जरिवाना (पेनाल्टी) लगाउने, मालवस्तुको वास्तविक हार्मोनिक कोडको आधारमा भन्सार जाँचपास गर्नुपर्नेमा आफूखुशी हार्मोनिक कोड कायम गरी बढी राजस्व लिने गरेकोले नेपाली आयातकर्ताहरु आक्रान्त बनेको उद्योगी व्यवसायीहरुको भनाई छ ।

विभिन्न समस्यालाई झेल्दै उद्योग, व्यापार, व्यवसायहरु सञ्चालन गर्दै आएकोमा सरकारी निकायहरुबाट नियन्त्रणात्मक गतिविधिका नाउँमा भइरहेको अनापेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किदै गइरहेको उद्योगी व्यवसायीहरुको भनाई छ । यस्ता किसिमको अव्यवहारिक र अन्यायोचित कार्य यथाशीघ्र बन्द गरी पैठारीकर्ताले पेश गरेको बिल बिजकका आधारमा भन्सार मूल्यांकन गर्नु पर्ने उनीहरुको माग छ । भन्सारबाट जाँचपास भई छुटेका मालवाहक सवारीसाधनहरुलाई अनुसन्धानका नाममा पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीका कारण पनि आयातकर्ताहरु मर्कामा परेको उद्योगी व्यवासायीहरुले गुनासो पोखे ।

आवश्यक प्रक्रियाहरु पुर्‍याई सम्पूणर् कागजातहरुका बावजुद भन्सार जाँचपास भएका मालवाहक सवारीसाधनलाई दुःख दिने नियतले मालवस्तुको न्यून मूल्याँकन भएको भन्दै सवारी साधनलाई राजस्व अनुसन्धान कार्यालय पठाउने परिपाटी पछिल्ला केही समयदेखि बढिरहेको भन्दै उद्योगी व्यापारीहरुले यस्ता क्रियाकलापले गर्दा उद्योग, व्यवसायमा थप समस्या सिर्जना गरेको बताए । विद्यमान जटिल समस्या र अन्यौलपूणर् अवस्थाको शीघ्र निराकरण गर्न सम्बन्धित निकायहरुमा संघ गम्भीर ध्यानाकर्षण गराएको छ । उद्योगी व्यववसाय क्षेत्रमा देखिएको समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा निजीक्षेत्रका एक टोलीले भन्सार विभागका महानिर्देशकसँग भेटघाट गरी समस्याबारे ध्यानाकर्षण गराएतापनि समस्याको खासै समाधान हुन नसकेको उनीहरुको भनाई छ । समस्याको समाधान नभए कडा विरोधका कार्यक्रमहरु अगाडि सार्ने उद्योगी व्यवसायीहरुले चेतावनी समेत दिएका छन् ।

पत्रकार सम्मेलनमा बोलदै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले भारतीय गाडी नेपाल प्रवेश गर्दा चेकजाँचको नाममा दिइने दुःखले गर्दा पनि पर्यटन क्षेत्र प्रभावित बनेको बताए । उनले हामीले नेपाली गाडी लिएर भारतको विभिन्न प्रान्तमा जाँदा कहिँकतै रोकटोक नहुने तर भारतीय गाडी नेपाल प्रवेश गर्दा शंकराचार्य गेटदेखि रजतजयन्ती चोकसम्म नपुग्दै आधा दर्जन स्थानमा चेकजाँचको नाममा दुःख पाउने कारण पनि पर्यटन क्षेत्र प्रभावित बनेको बताए । उनले भने ‘हाम्रो उद्योगी व्यवसायीहरुको टोली नेपाली नम्बरको गाडी लिएर भारतको तीनवटा प्रदेश चार दिनमा घुमेर आउँदा कहिँकतै रोकटोक गरेन, तर यहाँ सीमा क्षेत्र पार नगर्दै आधा किलोमिटर क्षेत्रमा आधा दर्जन चेकिङ्गको सामना गर्नुपर्ने बाध्यताले भारतीय पर्यटकहरु नेपाल आउन छाडेको छ’ । यसले गर्दा पर्यटन क्षेत्र नराम्ररी प्रभाविन बनेको बताए ।

हामीलाई पर्यटन क्षेत्रको विकास गर्ने हो भने भारतीय पर्यटकहरुलाई सम्मान गर्न सक्नुपर्छ, भारतीय पर्यटकहरुप्रति हेर्ने दृष्टिकोण बद्लिनुपर्छ भन्दै अध्यक्ष अग्रवालले चेकजाँचको नाममा, विभिन्न करको नाममा भारतीय नम्बरको गाडीहरुबाट लिइने टेक्सहरु रोक्नुपर्ने सुझाव दिए । ‘हामीलाई पर्यटक पनि चाहिन्छ, सरकार सहजीकरण पनि गर्दैन, कसरी पर्यटन क्षेत्रको विकास हुन्छ’ ? भन्दै अध्यक्ष अग्रवालले यसप्रति सरकारले गम्भिर चासो दिनुपर्ने बताए । पत्रकार सम्मेलनमा मोरङ्ग व्यापार संघका अध्यक्ष नवीन रिजाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि