Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुनकाण्डको अनुसन्धान कायमै, १५ जना पक्राउ, भन्सारका प्रमुख फेरबदल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १०, २०८०
सुनकाण्डको अनुसन्धान कायमै, १५ जना पक्राउ, भन्सारका प्रमुख फेरबदल

काठमाडौं, १० साउन । राजश्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद गरेपछि यसका विभिन्न कोणहरुबाट अनुसन्धान भइरहेको छ । त्रिभुवन विमानस्थलबाट जाँच पास भई बाहिरिसकेको सुन विभागले सिनामंगलबाट बरामद गरेको थियो । सुन बरामदपछि यो काण्डमा अहिलेसम्म १५ जना पक्राउ परिसकेका छन् ।

विभागले सुन तस्करको मुख्य गिरोहको केन्द्रसम्म नै पुग्न भन्दै प्रहरीको साथ खोजेपछि नेपाल प्रहरीका एसपी कृष्ण पंगेनीलाई अनुसन्धानमा खटाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चेकजाँच गरी बाहिरिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागबाट खटिएको टोलीले साउन ३ गते बरामद गरेको थियो । हङकङबाट तस्करी गरी ल्याएको सुन बरामद गरिएसँगै यो काण्डमा अहिलेसम्म १५ जना पक्राउ परिसकेका छन् ।

अहिलेसम्मकै सबै भन्दा ठूलो परिमाणमा सुन बरामद गरिएपछि मुख्य तस्करसम्म पुग्ने गरी अनुसन्धान अघि बढाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभागले अनुसन्धानका लागि प्रहरीको समेत साथ खोजेपछि मंगलबार मात्रै नेपाली प्रहरीका एसपी कृष्ण पंगेनीलाई खटाएको छ । सुन तस्करी भएको यो पहिलो पटक भने होइन । पटक पटक देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुँदै आएको छ ।

क्याथे प्यासेफिक एयरलाइन्सको विमानबाट १५ जुलाईमा नै भन्सार आइपुगेको सुन तीन दिनपछि विमानस्थलबाट बाहिरिएको थियो । प्रधानमन्त्री कार्यालय मातहतमा रहने विभागबाट सुन बरामद भएसँगै प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेका युवाहरुले काठमाडौंमा मशाल जुलुससमेत प्रदर्शन गरेका थिए । यो बेला विदेश भ्रमणमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि स्वदेश फर्किए लगत्तै गृहमन्त्री श्रेष्ठमाथि नै आरोप लगाएका छन् ।

रेडि ट्रेड प्रालिका नाममा मोटरसाइकलको ब्रेकसु र दाह्री काट्ने मेसिनमा राखेर ल्याएको झण्डै एक सय किलो सुन बरामद गरिएसँगै प्रालिका सञ्चालक दीलिप भुजेल, चिनियाँ र भारतीय नागरिक, ट्याक्सी चालकसहित १५ जना पक्राउ गरी अनुसन्धान जारी राखिएको छ ।दीलिप र उनका भाञ्जाको कारोबारमा मुख्य संलग्नता भनिए पनि सुन तस्करी गर्नेमा निकै ठूलो गिरोह रहेकोले अनुसन्धान गर्ने निकाय त्यो ठाउँसम्म पुग्नै नसक्ने देखिएको छ ।

कारोबारीहरुले हङकङमा कार्यालय नै सञ्चालन गरी सुन तस्करीमा लागेको बताइएको छ । सुन प्रकरणको अनुसन्धान तीब्र भइरहँदा मंगलबार मात्रै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ । हङकङमा नै कार्यालय सञ्चालन गर्दै आएका हङकङका नेपाली र भारतका ब्यापारीहरुले अनुकुल मिलाएर नेपालको बाटो भएर सुन पठाउने गरेका छन् ।

तस्करले काठमाडौं भित्र्याउने सुन नेपाली बाटो हुँदै भारत पठाउने गरेका छन् । यसअघि गृहमन्त्रालयले गरेको साढे ३३ किलो सुन प्रकरणको अनुसन्धानका क्रममा पनि हङकङमा कार्यालय नै सञ्चालन गरी कारोबार हुने गरेको प्रहरीले खुलासा गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि