Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खानेपानीको समस्या समाधान गर्न हामी लागेका छौँ : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ८, २०८०
खानेपानीको समस्या समाधान गर्न हामी लागेका छौँ : मेयर सिंह

वीरगंज (पर्सा), ८ साउन । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगंज १० स्थित आदर्शनगर चोकमा जडान गरेको नि:शुल्क खानेपानी मेसिनको साेमबार उद्घाटन गरिएको छ । रूङ्गटा वेलफेयर सोसाइटीको आर्थिक सहयोग र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रको सहजीकरणमा आदर्शनगर चोकमा जडित नि:शुल्क चिसो खानेपानी मेसिन, पानी ट्याङ्की, मिटर र मोटरको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

सोमबार आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथिसमेत रहेका मेयर सिंहले रिबन काटेर खानेपानी मेसिनको उद्घाटन गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले वीरगंजमा हाल जारी पानी सम्बन्धी समस्याबाट जडित मेसिनले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । ‘प्रतिकूल मौसम र भू-जल साबिकको सतहभन्दा तल झर्दा वीरगंजसहित तराई-मधेसका अधिकांश स्थानमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न हामी लागेका छौँ,’ उनले भने, ‘आज यहाँ जडान गरिएको नि:शुल्क खानेपानी मेसिनबाट थोरै भए पनि स्थानीयहरूलाई राहत मिल्ने मेरो विश्वास छ ।’

आगामी दिनहरूमा वीरगंजका अन्य स्थानमा पनि यस्तै नि:शुल्क खानेपानी मेसिन जडान गरिने उनले प्रतिबद्धता पनि व्यक्त गरे । मेयर सिंहले खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि वीरगंज महानगरले ट्याङ्करबाट खानेपानी वितरणको गर्दै आएको बताउँदै भने, ‘हिजोदेखि वीरगंज महानगरपालिकाले अत्यावश्यक स्थानहरूमा ट्याङ्की र धारा जडान गर्ने कार्यलाई तीव्रता दिएका छ । खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नम्बर १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा ट्याङ्कीमार्फत अस्थायी रूपमा पिउने पानीको व्यवस्था मिलाउन सुरु गरिएको हो ।’ महानगरले आइतबार वडा नम्बर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको ट्याङ्की राखेर पिउने पानीको प्रबन्ध मिलाएको उनले बताए । यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरूमा जडान गर्ने कार्य पनि आजदेखि सुरु भएको उनले जानकारी दिए ।

उनले भने, ‘खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने ट्याङ्की नै राख्ने प्रबन्ध मिलाइएको छ ।’ उनले केही दिनभित्रै ३२ वटै वडामा आफूहरूले धारा जडान गर्नुका साथै ट्याङ्की राखिसक्ने गरी काम गरिरहेको बताए । केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि पाैडेल, वडा प्रहरी बिर्ताका प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटी, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा,  वीरगंज महानगरपालिका अन्तर्गतको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँ, ग्रिन सिटी सामुदायिक केन्द्रका मुरली जलान, राकेश अग्रवाल, सुशील काद्म्बीय, कैलाश बजाज लगायातको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

जेष्ठ १५, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

जेष्ठ १५, २०८३
हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

जेष्ठ १५, २०८३
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

जेष्ठ १५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि