Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी यादवको पहिलादेखि नै मेरुदण्डको समस्या

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ८, २०८०
प्रहरीबाट कुटिएको यादवको आरोप, प्रहरीमाथि राजनीतिकरण गरियो : बारा प्रहरी

कलैया (बारा), ८ साउन । बारा प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी भैयाराम यावदको मेरुदण्डको समस्या पहिलादेखि नै रहेको पाइएको छ । छलफलको क्रममा उत्पन्न विवादलाई साम्य पार्न प्रहरीले भीडलाई बाहिर निकाल्न खोज्दा प्रहरी र राजनीतिकर्मीबीच धक्काधुक्की भएको थियो । सोही क्रममा आफूलाई बाराका डिएसपी पुरुषोत्तम पाण्डे र इन्स्पेक्टर रुपेश साहले कुटपिट गरेको र सोबाट मेरुदण्डमा समस्या देखिएको आरोप लगाएका यादवको मेरुदण्डको समस्या विगत लामो समयदेखि रहेको पाइएको हो ।

यादव विगत लामो समयदेखि मेरुदण्डको समस्या लिएर काठमाडौंदेखि दिल्लीसम्म उपचार गराएको उनकै सामाजिक सञ्जालमा पोष्ट्याइएको तस्विरबाट पुष्टि भएको छ । यादव सन् २०१९ मा मेरुदण्डको समस्या लिएर भारतको दिल्ली स्थित मेदान्ता हस्पिटलमा उपचार गराएको सामाजिक सञ्जालबाट पुष्टि भएको हो । उनले सन् २०१९ जुलाई ५ तारेखका दिन भारतको दिल्ली स्थित मेदान्ता अस्पतालबाट आफ्नो परिवार सहित फोटो पोष्ट गरेका छन् । जसमा लेखिएको छ ‘नव जीवन प्राप्ति पश्चात तेश्रो पटक डाक्टरलाई भेटेपछि हामी दुईटैले सल्लाह गर्यौ….’ ।

यसैगरि यादवले सन् २०१९ डिसेम्बर १३ तारेखमा फोटो पोष्ट्याई लेखेका छन् ‘नयाँ जीवन दाता डा. सुशान्त भुयान मेदानता हस्पिटल दिल्ली, आफ्नो विरामीलाई देख्दा डाक्टर खुशी हुँदा म पनि…..’ । यस पोष्टबाट पनि उनी विगत लामो समयदेखि मेरुदण्ड समस्याबाट ग्रसित रहेको र गम्भिर अवस्थाबाट पुनः नयाँ जीवन पाएका छन् । यसरी उनी पटक पटक डाक्टरलाई भेटेर उपचार गराएका छन् । त्यती मात्रै नभई उनी मेरुदण्डको समस्या लिएर करिब २ वर्ष अगाडि काठमाडौं स्थित बि.एन.बि. अस्पतालमा करिब अढाई महिनासम्म भर्ना भई उपचार गराएका छन् । यसरी लामो समयदेखिको समस्यालाई अहिले ‘समसामयिक इसु’ बनाई बारा प्रहरीमाथि राजनीतिकरण गरिँदैछ ।

एनजिओकर्मी पृष्टभूमिबाट राजनीतिमा प्रवेश गरेका यादव बारा जिल्लाबाट नेपाली काँग्रेसको अस्तित्व समाप्त हुने देखेपछि प्रहरीमा आफ्नो दबदबा बनाउन प्रहरी अधिकृतहरुमाथि राजनीतिकरण गरि रहेको बताइएको छ । घटना भए दिनदेखि नै कलैयामा प्रहरी विरुद्ध आन्दोलन भई रहेको छ तर ति आन्दोलनमा सहभागी हुनेहरु नेपाली काग्रेसका कार्यकर्ता एवं महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बरियारपुरबाट भाडामा ल्याएका जनताहरु रहेको बताइएको छ ।

कानून कार्यान्वयन गराउने प्रहरी अधिकृतमाथि यस किसिमको राजनीतिकरण सफल भयो भने देश र जनताको सुरक्षा चुनौतिपूणर् हुँदै जाने देखिन्छ । सुरक्षाकर्मी अधिकारीमाथि नै राजनीतिकरण सफल भएपछि कुनैपनि सुरक्षाकर्मीले आफ्नो कर्तव्य भन्दा पनि नेताहरुको चाप्लुसीमा लाग्नुको विकल्प हुँदैन । जसबाट भोलिका दिनमा जनताहरु आफ्नो सुरक्षाको प्रत्याभूति कसरी गर्लान् भन्ने प्रश्न उब्जिएको छ । र यो घटनाले पनि प्रहरीलाई नेताको अगाडि झुक्नुपर्ने बाध्यता सृजना गरिँदैछ । आफूमाथि कुटपिट भएको बहानामा राजनीतिकर्मीले पुराना समस्याहरुलाई देखाई उपचारका लागि दिल्लीसम्म जाने योजना बनाई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साह ।

जबकी बारा प्रहरीले दुबै पक्षबाट कमि कमजोरी भएको हुन सक्ने भन्दै घटनाको निन्दा गरि सकेको छ । आफ्नो कर्मचारीबाट गल्ती भए कारवाही गर्ने प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले विश्वास दिलाई सकेका छन् । त्यसको साथसाथै प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा छानविन समिति पनि गठन भइसकेको छ । समितिले दिएको प्रतिवेदनको आधारमा गल्ती गर्नेलाई कारवाही हुन्छ भनेर बारा प्रहरी भनि रहँदा यत्रो राजनीतिकरण गर्नुपर्ने आवश्यकता के ? एक त अधवैशे उमेर अवस्थामा पुगि सकेका छन् । जति पनि पुराना समस्याहरु छन्, त्यो प्रहरीकै कुटाईबाट भएको भनेर आरोप लगाई आफ्नो राजनीति रोटी सेकि रहेका छन् ।

घटनालाई लिएर प्रहरी आफै सम्वेदनशील भएर छानविन गरि रहेको छ । तर राजनीतिकर्मीहरुले त्यो विषयलाई लिएर दिनहुँ आन्दोलन गरि रहेका छन् । आन्दोलनबाट राजनीतिकर्मीहरुको ब्रचश्व बनि रहेको होला तर दिनहुँ सर्वसाधारण सेवाग्राहीहरु मर्कामा परि रहेका छन् । जिल्ला प्रहरी कार्यालय भित्र यस्ता परिस्थिति उत्पन्न भए नागरिकको सेवामा खटेका प्रहरीलाई सेवा दिन कठिनाई हुने अवस्था देखिन्छ । असार १२ गते रोकेर राखिएको पिकअप भ्यानमा पछाडिबाट मोटरसाइकलले ठोकेको थियो र सवारी चालक नभएका मोटरसाइकल चालक घाइते भएका थिए ।

सो घटनाको विषयमा अस्थायी प्रहरी चौकी कलैया बसपार्कमा छलफल भई समाधान भइसकेकोमा पुनः जिल्ला प्रहरी कार्यालयमा साउन २ गते बेलुका छलफल हुने क्रममा आफ्नो पक्षमा पार्न दबाब दिन खोज्दा तथा होहल्ला गर्दा विवाद उत्पन्न भएको थियो । विवादको क्रममा आफूमाथि डिएसपी र इन्स्पेक्टरले कन्ट्रोलमा राखेर कुटपिट गरेको र त्यही कुटपिटबाट आफ्नो मेरुदण्डमा समस्या देखिएको राजनीतिकर्मी यादवको आरोप छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि