Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सडक विस्तारमा अवरोध नगर्न सांसद यादव र मेयर सिंहकाे आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ७, २०८०
सडक विस्तारमा अवरोध नगर्न सांसद यादव र मेयर सिंहकाे आग्रह

‘वीरगंज (पर्सा), ७ साउन । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २३ प्रसौनी विर्तामा सडक विस्तारका क्रममा देखिएको समस्यालाई समाधान गर्न सांसद प्रदीप यादव र नगर प्रमुख राजेशमान सिंहले स्थलगत अनुगमन गरेका छन् । सडक विस्तार गर्न स्थानीयहरूले अवरोध सृजना गरेको जानकारी पाएसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक समेत रहेका सांसद यादव र नगर प्रमुख सिंहले स्थलगत अनुगमन गरि स्थानीयहरूसँग छलफल गरेका हुन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने सडक खण्डको विस्तार गर्ने क्रममा स्थानीयहरूले आफ्नो नम्बरी जग्गा पनि परेको भन्दै विवाद खडा गरेका थिए । स्थानीय स्तरमै विवाद सल्टाउन प्रयास गरिए पनि नभएपछि सांसद यादव र मेयर सिंह आफै स्थानीयहरूसँग छलफल गर्न पुगेका थिए । छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले विकास निर्माणको काममा कुनै पनि किसिमको बाधा, अवरोध सृजना नगरी सहयोग गर्न स्थानीयहरूसँग आग्रह गरे । उनले भने, ‘सडकको विकास भए मात्रै गाउँ ठाउँको विकास सम्भव हुन्छ ।’

विकासका निमित्त सडक सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भएको बताउँदै उनले भने, ‘सडक राम्रो भए गाउँमा उत्पादन हुने कृषि सामग्रीलाई सहजै बजारसम्म पुर्‍याउन सकिन्छ, पठनपाठनका लागि बालबालिकाहरू सहरका विद्यालयसम्म पुग्न सक्छन्, स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एम्बुलेन्स र आगजनीका समयमा वारुणयन्त्र सहजै गाउँसम्म पुग्न सक्छ । त्यसैले सडक विस्तारमा हामीले बाधा पुर्‍याउनु भन्दा पनि सहयोग गर्नुपर्छ ।’

त्यस्तै वीरगंज महानगरका मेयर राजेशमान सिंहले पनि सडक विस्तारमा अवरोध सृजना नगर्न स्थानीयहरूसँग अनुरोध गरे । उनले भने, ‘सडक नै विकासको पहिलो सिँढी हो । सडकको विकास नभएसम्म अन्य विकासका कामहरू अगाडि बढाउन सकिँदैन । त्यसैले सडकका लागि स्थानीयहरूले अवरोध खडा गर्नुभन्दा पनि स्वेच्छाले आफ्नो जग्गा दिनुपर्दछ ।’ मेयर सिंहले अवरोध सृजना गर्नुभन्दा पनि छलफल मार्फत निकास खोज्न आग्रह गर्दै स्थानीयहरूलाई आवश्यक सम्पूर्ण कागजपत्र लिएर महानगरपालिका आउन अनुरोध पनि गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि