Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महिला उद्यमीलाई प्रोत्साहन गर्न वुमन क्रिएसनद्वारा ‘समर फेयर’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ७, २०८०
महिला उद्यमीलाई प्रोत्साहन गर्न वुमन क्रिएसनद्वारा ‘समर फेयर’

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ७ साउन । वीरगञ्जका महिलाहरुद्वारा संचालित वुमन क्रिएसन नामक संस्थाले ‘समर फेयर २०२३’ को अयोजना गरेको छ । महिला उद्यमीहरुको क्षमता अभिवृद्धि र आत्मविश्वास बढाउने उदेश्यले शनिबार वीरगञ्जमा ‘समर फेयर २०२३’ को आयोजना गरिएको हो । मेलामा महिलाहरु आफैले उत्पादन गरेको विभिन्न बस्तुहरुको प्रदर्शन गरिनुका साथै मनोरञ्जनका लागि विभिन्न खेलहरुको व्यवस्था गरिएको थियो । मेलाको अवलोकन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले देशकै आर्थिक नगरीको रुपमा चिनिने वीरगञ्जमा महिलाहरु समेत उद्यम, व्यापार क्षेत्रतर्फ अग्रसर भएको देख्दा खुसी लागेको बताए ।

उनले प्रतिषपर्धाले भरिएको अहिलेको युगमा महिलाहरुद्वारा उत्पादीत वस्तुहरु केवल कोठ वा पसल भित्रसम्म सिमित रहेको भन्दै वीरगञ्ज महानगरपालिकाले प्रत्येक महिनाको अन्तिममा आयोजना गर्ने रात्रि बजारमा विक्री वितरणका लागि राख्न आग्रह गरे । उनले विश्वभरका उद्यमीहरुले प्रविधिको भरपूर प्रयोग गरेर अन्तराष्ट्रियस्तरमा आफ्नो व्यापार व्यवसायीमा मनग्य आमदानी गरिरहेको भन्दै डिजीटल मार्केटिङग गर्न महिला उद्यमीहरुलाई सुझाव दिए । उनले महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले वीरगञ्ज महानगरपालिकाले क्षमता अभिवृद्धि तालिमको आयोजना गरिरहेको जानकारी दिए ।

नगर प्रमुख सिंहले देशको सम्मानिय राष्ट्रपति जस्तो पदमा समेत महिलाले प्रतिनिधित्व गरिसकेको हुँदा उद्यम व्यापारमा समेत अगाडी बढ्नुपर्ने कुरामा जोड दिँदै त्यसका लागि महानगरपालिकाले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै वुमन क्रिएशनकी अध्यक्ष हेमा अग्रवालले महिलाहरु केवल घरको कामकाजमा मात्र सिमित नभई घर बाहिरका जिम्मेवारीहरु समेत समाल्हन सक्ने बताईन् । उनले महिलाहरु पुरुष सरह नेतृत्व गर्ने, उद्योग, व्यापार संचालन गर्ने र निर्णय गर्न सक्ने क्षमता भएको हुँदा पनि अवसर नपाउने गुनासो गरिन् ।

अध्यक्ष अग्रवालले कुनै पनि उद्योग वा व्यवसाय स्थापनाका लागि विभिन्न स्रोत–साधन तथा सुविधाहरूको आवश्यक पर्ने हुँदा सम्पूर्ण मात्रामा महिला उद्यमी आफंैले व्यवस्था गर्न नसक्न बताईन् । यस्तो अवस्थामा उनीहरूलाई सहयोग गर्न सरोकारवाला निकायदेखि महिलासंग आबद्ध संस्थाहरु अघी बढ्नुपर्नेमा उनले जोड दिइन् । वीरगञ्जका मेयर राजेशमान सिंहले कार्यक्रमलाई सकारात्मक रुपमा लिएकोमा आफूलाई थप हौसला प्रदान गरेको बताउदै उनले मेयर सिंहले दिएको सुझावलाई मन्न गरेर अघी बढ्ने बताईन् ।

यस्तै वुमन क्रिएसनकी उपाध्यक्ष सुमोना बेर्नजीले अहिले पनि हाम्रो समाजले महिलालाई घर–परिवारको रेखदेख गर्ने रुपमा मात्र लिएको बताइन् । यस्तो मानसिकतालाई चिर्न वुमन क्रिएसनले यसप्रकारको कार्यक्रमको आयोजना गर्दै आएको बताइन् । वीरगञ्जमा थुप्रै महिला उद्यमीहरु भएपनि उनीहरुद्वारा उत्पादीत वस्तुको बजारीकरण हुन नसक्दा पछि परेको क्रिएसनकी उापध्यक्ष बेर्नजीको भनाई छ । सोही कुरालाई ध्यानमा राखी आफूहरुले समर फेयरको आयोजना गरेको र यसले महिला उद्यमीहरुलाई आफ्नो क्षमता देखाउनुका साथै ग्राहकसंग सोझै सम्पर्क गर्ने अवसर प्रदान गरेको बताईन् ।

फेयरमा खाने कुरा, लत्ताकपडा, सजावटका सामाग्री लगायत गरी ५० वटा स्टल राखिएको छ । २००२ मा ४ जना महिलाबाट सञ्चालन भएको वुमन क्रिएसन संसथामा हाल ५० जना सदस्य रहेका छन् । कार्यक्रममा वुमन्स क्रिएसनकी नेन्सी अग्रवाल, अफ्साना खातुन, नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका पूर्व अध्यक्ष अनुप अग्रवाल, उद्यमी सञ्जय अग्रवाल, महिला उद्यमीहरु, सञ्चारकर्मी आशु कुमार सर्राफलगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि