Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरीबाट कुटिएको यादवको आरोप, प्रहरीमाथि राजनीतिकरण गरियो : बारा प्रहरी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ७, २०८०
प्रहरीबाट कुटिएको यादवको आरोप, प्रहरीमाथि राजनीतिकरण गरियो : बारा प्रहरी

वीरगंज (पर्सा), ७ साउन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहबाट राजनीतिकर्मी कुटिएको घटनाले आन्दोलनको रुप लिएको छ । घटनालाई लिएर कलैयामा दिनहुँ आन्दोलन भइरहेको छ । शनिबार नेपाली काँग्रेसका कार्यकर्ताहरुले कलैया भरतचौक स्थित टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहको कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराका सचिव भैयाराम यादवले आफूलाई जिल्ला प्रहरी कार्यालय भित्रै प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन् तर बारा प्रहरीले यादवले आरोप लगाए जस्तो कुनै किसिमको कुटपिट नभएको दाबी गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले यादवमाथि आफू लगायत कुनै प्रहरीले कुटपिट नगरेको दाबी गरेका छन् । उनले विवाद साम्य पार्न खोज्दा यादवको साथमा भएको कार्यकार्यकर्ताहरुले प्रहरीमाथि नै जाइलागेपछि यादवलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको बताए । छलफल हुने बेलामा आफू त्यहाँ नरहेको तर कार्यालयमै ल्याएर डिएसपीले कुटेको लगाइएको आरोप निराधार रहेको डिएसपी पाण्डेको भनाई छ । यादवलाई कुनै किसिमको कुटपिट भएको छैन, बढि होहल्ला भएपछि विवादलाई साम्य पार्नको लागि तिनीहरुलाई बाहिर निकालिएको हो, तर यो कुरालाई राजनीतिकरण गरिएको र अनावश्यक रुपमा प्रहरीलाई बद्नाम गर्न खोजिएको डिएसपी पाण्डेले बताए ।

यसबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले आफ्नो अनुपस्थितिमा प्रहरी र राजनीतिकर्मीबीच भएको घटनाप्रति दुःख व्यक्त गरे । उनले दुर्घटनाको क्रममा घाइते भएकालाई उपचारको खर्च मिलाउने क्रममा भनाभन हुँदा डिएसपीको निर्देशनमा बाहिर निकाल्न भन्दा (पहिलादेखि नै मेरुदण्डको समस्या रहेका) जिल्ला सचिव यादव हिँड्न नसक्दा धक्का भएको हुन सकेको बताए । उनले मधेश प्रदेश प्रहरी प्रमुखको कमाण्डमा छानविन समिति गठन भइसकेको छ, त्यसले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कारवाही हुने बताए ।

हामी संयमित हुनुपर्छ, त्यसको साथसाथै घटना मिलाउने पक्षपनि संयमित हुनुपर्ने प्रहरी उपरीक्षक बोगटीको भनाई छ । प्रहरी कार्यालयभित्र यस्ता घटना परिस्थिति हुनु हुँदैन, कानून कार्यान्वयन गराउने प्रहरी नै यस्ता कार्यहरुमा संलग्न हुनु हुँदैन, यदि संलग्न छ भने ढाकछोप पनि गर्नुहुँदैन भन्दै प्रहरी उपरीक्षक बोगटीले यसमा दोषी देखिए गल्ती गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारवाही हुने विश्वास व्यक्त गरे । थप कारवाहीको लागि उहाँहरुलाई प्रदेश प्रहरी कार्यालयमा पठाइसकिएको बताए । जिल्ला प्रहरी कार्यालय भित्र यस्ता परिस्थिति उत्पन्न भए नागरिकको सेवामा खटेका प्रहरीलाई सेवा दिन कठिनाई हुने बताए ।

यता प्रहरीबाट कुटिएको भनिएका नेपाली काँग्रेस जिल्ला सचिव भैयाराम यादवको वीरगंज स्थित मल्टिस्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ । असार १२ गते रोकेर राखिएको पिकअप भ्यानमा पछाडिबाट मोटरसाइकलले ठोकेको थियो र सवारी चालक नभएका मोटरसाइकल चालक घाइते भएका थिए । सो घटनाको विषयमा अप्र चौकी कलैया बसपार्कमा छलफल भई समाधान भइसकेकोमा पुनः जिल्ला प्रहरी कार्यालयमा साउन २ गते बेलुका छलफल हुने क्रममा आफ्नो पक्षमा पार्न दबाब दिन खोज्दा तथा होहल्ला गर्दा विवाद उत्पन्न भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि