Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला प्रहरी कार्यालय बारा : आफ्नो ब्रचश्य कायम राख्न प्रहरी अधिकृतमाथि राजनीतिकरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०८०
जिल्ला प्रहरी कार्यालय बारा : आफ्नो ब्रचश्य कायम राख्न प्रहरी अधिकृतमाथि राजनीतिकरण

प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साह ।

• हरिशंकर शर्मा
कलैया (बारा), ५ साउन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई बद्नाम गर्ने कार्य भइरहेको छ । आफ्नो निहीत स्वार्थ सिद्ध गर्न एवं राजनीति ब्रचश्व कायम गर्ने मनसायले राजनीति कार्यकर्ताहरुले प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहलाई बद्नाम गर्ने कार्य भइरहेको हो ।

दुई पक्षबीच भइसकेको सहमतिलाई गत साउन २ गते मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा छलफलको क्रममा नेपाली काँग्रेसँगका जिल्ला सचिव भैयाराम यादले आफ्नो अनुकुल सहमति गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । उत्पन्न विवादलाई प्रहरीले साम्य पार्न खोज्दा प्रहरीमाथि नै कुटपिट हुन सक्ने अवस्था भएपछि सबैलाई जिल्ला प्रहरी कार्यालय हाता बाहिर निकालिएको थियो । सोही क्रममा राजनीतिकर्मी यादवले आफूमाथि हातपात भएको र प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले आफूमाथि हातपात गरेको भन्दै वीरगंज स्थित स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा भर्ना भई नौटंकी सुरु गरेका थिए ।

प्रहरीले उनले भने जसरी नगरेको कारण प्रहरी अधिकृत जस्तो कर्मचारीहरुको चरित्र हत्या गर्न राजनीतिकरण सुरु भएको छ । विवाद पश्चात नेपाली काँग्रेसका कार्यकर्ताहरु प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन समेत गरेका थिए तर स्थानीयहरुले भने प्रहरीले गरेको कामको वाहवाही गरि रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा पीडित र पीडक भन्दा पनि विचौलियाहरुको विगविगी बढि हुन्छ । दिनहुँ विभिन्न घटनाका छलफलहरु भइरन्छ र विचौलियाहरुले घटना मिलाउने, मुद्दा मिलाउने बहानामा जिल्ला प्रहरी कार्यालयको ओहरदोहर गरि रहेका हुन्छन् । आफू यो पार्टीको नेता, समाजसेवी भनेर पटक पटक आफ्नो अनुकुल घटनालाई मोड्नु र घटना मिलाउनु विचौलियाहरुको दिनचर्या नै छ ।

सोही क्रममा राजनीतिकर्मीले भनेजस्तो प्रहरी नायब उपरीक्षकले नगरेपछि यो राजनीतिकरण सुरु भएको स्थानीयहरुको बुझाई छ । जिल्ला प्रहरी कार्यालयमा आफ्नो ब्रचश्व कायम राख्नका लागि प्रहरी अधिकृतमाथि राजनीतिकरण भइरहेको उनीहरुको भनाई छ । प्रहरी नायब उपरीक्षक पाण्डे आफै पीडित जनताहरुसँग भेटेर गुनासो सुन्ने र न्याय दिलाउने कार्य गर्दै आएका छन् तर राजनीतिकर्मीको दबाबमा पीडितलाई अन्यायमा पार्ने काम भने पक्कै गरेका छैनन् । यसैले गर्दा उनीमाथि राजनीतिक प्रतिशोध साध्नको लागि पार्टीका केही सीमित कार्यकर्ताहरुले नौटंकी सुरु गरेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव ।

यता आफूलाई कुटपिट भएको भन्ने राजनीतिकर्मी यादव उपचारको नाममा अस्पतालमा दिन विताई रहेका छन् । आफूमाथि निर्घात कुटपिट भएको आरोप लगाएका राजनीतिकर्मी यादवको मेडिकल रिपोर्टमा भने कुटपिट नभएको देखाएको छ । यादवलाई कलैया अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा कुनै किसिमको कुटपिट नभएको रिपोर्टमा उल्लेख छ । प्रारम्भिक मेडिकल रिपोर्टमा ४९ वर्षीय यादवका ब्लड प्रेसर १४०/९०, अक्सिजन ९५, पल्स ९०, आरआर २०, बडी टेम्प्रेचर ९७ डिग्री देखिएको छ ।

निजले मापसे नगरेको र निजको मानसिक अवस्था ठीक रहेको कलैया अस्पतालले उपलब्ध गराएको रिपोर्टमा उल्लेख गरिएको छ । यस मेडिकल रिपोर्टको आधारमा चिकित्सकसँग परामर्ष गर्दा यादवलाई कुनै किसिमको हातपात नभएको देखिन्छ । तर यादवले राजनीतिकरण गर्न र पार्टीको नाममा जिल्ला प्रहरी कार्यालय बारामा आफ्नो दबदबा बनाउनका लागि विभिन्न प्रपञ्च रचि रहेका छन् । उनले आफैलाई ५० झाडप र बुटैबुटले हानेको भनेर सञ्चारकर्मीहरु समक्ष बयान दिएका छन् तर मेडिकल रिपोर्टमा भने उनीमाथि कुनै किसिमको हातपात नभएको पुष्टि भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले यादवमा आफू लगायत कुनै प्रहरीले कुटपिट नगरेको दाबी गरेका छन् । उनले गत असार १२ गते रोकेर राखिएको पिकअप भ्यानमा पछाडिबाट मोटरसाइकलले ठोकेको थियो र मोटरसाइकल चालक घाइते भएका थिए । मोटरसाइकल चालकसँग लाइसेन्स नभएको कारण उपचार खर्च मोटरसाइकल चालकले ३० प्रतिशत र पिकअप भ्यान साहुले ७० प्रतिशत खर्च तिर्ने सहमति भएको थियो । विवाद समाधानकै क्रममा पटक पटक छलफल गर्दा घाइतेको उपचारमा बढि पैसा खर्च देखिएपछि पिकअप साहुले पैसा नतिर्ने भनेपछि जिल्ला प्रहरी कार्यालय परिसरमै छलफलकै क्रममा विवाद उत्पन्न भएको थियो ।

विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै जाइलागेपछि विवादलाई साम्य पार्न यादवलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको प्रहरी नायब उपरीक्षक पाण्डेको भनाई छ । छलफल हुने बेलामा आफू त्यहाँ नरहेको तर कार्यालयमै ल्याएर डिएसपीले कुटेको लगाइएको आरोप निराधार रहेको डिएसपी पाण्डेको भनाई छ । यादवलाई कुनै किसिमको कुटपिट भएको छैन भन्दै डिएसपी पाण्डेले बढि होहल्ला भएपछि विवादलाई साम्य पार्नको लागि तिनीहरुलाई बाहिर निकालिएको हो, तर यो कुरालाई राजनीतिकरण गरिएको छ, र अनावश्यक रुपमा प्रहरीलाई बद्नाम गर्न खोजिएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि