Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुख्य नालामाथी बनेको क्लासिक होटल र कर्पोरेड बैंक भवन हटाउन ५ वटा डोजर लगाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३, २०८०
मुख्य नालामाथी बनेको क्लासिक होटल र कर्पोरेड बैंक भवन हटाउन ५ वटा डोजर लगाइयो

वीरगंज (पर्सा), ३ साउन । वीरगञ्जको मुख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको क्लासिक होटल र कर्पोरेट बैंक रहेको भवन हटाउन डोजर लगाइएको छ । वीरगञ्ज सहरको मूख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको क्लासिक होटल मंलगबारदेखि हटाउन सुरु गरिएको र बुधबारबाट कर्पोरेट बैंक रहेको भवन पनि हटाउन थालिएको हो । महानगरपालिकाले मुख्य नाला माथि बनेको दुबै संरचना हटाउन बुधबार ५ वटा डोजर लगाएको छ ।

मुलुकी देवानी संहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्था बमोजिम मुख्य नाला माथि बनेको संरचना हटाउन डोजर लगाइएको महानगरले जनाएको छ । पटक पटक सूचना दिँदा पनि अटेर गरि अवैध रुपमा निर्माण गरिएको संरचना नहटाएकाले बाध्य भएर महानगरले सार्वजनिक नाला माथिको संरचना हटाउन डोजर लगाउनु परेको महानगरपालिकाका मेयर राजेशमान सिंहले बताउनुभयो । महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ ।

४० फिट चौडाईको मुख्य नालामाथि बनेको संरचनाका कारण वर्षातको पानी बग्न नसकी पूरा महानगर नै डुबानमा परि नगरवासीको तथा महानगरको जनधनको अपुरणीय क्षति पुग्ने अवस्था देखिएकाले अवैध रुपमा निर्माण गरिएका ती सबै संरचना हटाउन महानगरले अभियान नै चलाएको हो । यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाई सकेको छ । मालपोत ऐन २०३४ को दफा २४ मा सरकारी सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता वा आवाद गर्न गराउन नहुने र यदी कसैले कुनै पनि समयमा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ भन्ने व्यवस्था छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २(क) १ को ‘ट’ मा नगरपालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार महानगरलाई दिएको छ । सोही अनुरुप महानगरले आदर्शनगरमा निर्माण भएको दुबै संरचना हटाउन डोजर लगाएको हो ।

अवैध संरचना खाली गराउन महानगरबाट गठित सार्वजनिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा टोली परिचालन भएको छ । टोलीमा नगर प्रहरीका साथै नेपाल प्रहरी, ससस्त्र प्रहरी तैनाथ रहेको छ । भवन हटाउने क्रममा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै बारुण यन्त्र, एम्बुलेन्स, विद्युत लगायतको टोली समेत सँगै तैनाथ गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि