Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र क्याम्पसमै राख्न राजनीतिक दलहरु पहल गर्ने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३१, २०८०
ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र क्याम्पसमै राख्न राजनीतिक दलहरु पहल गर्ने

वीरगंज (पर्सा), ३१ असार । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलाई लिएर उत्पन्न समस्याका बारेमा शनिवार सर्वपक्षीय बैठक बसेर छलफल गरिएको छ । वीरगंजकाे होटेल मकालुमा बसेको सर्वपक्षीय बैठकले परीक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलगायत ठाकुरराम बहुमुखी क्याम्पसमा देखिएको अन्य सम्पूर्ण समस्या समाधानका लागि संयुक्त पहल गर्ने निर्णय गरेको छ ।

बैठकले त्रिभुवन विश्वविद्यालयले अन्य जिल्लामा सारेको परीक्षा केन्द्र पुनः ठाकुरमा बहुमुखी क्याम्पसमै फिर्ता ल्याउन त्रिभुवन विश्वविद्यालयका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको बैठकमा सहभागी क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवले जानकारी दिए । त्यसअघि बैठकमा भएको छलफलका क्रममा बोल्दै नेपाली काङ्ग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले नेपालकै शैक्षिक धरोहरका रूपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र अन्यत्र सारेर त्रिभुवन विश्वविद्यालयले हेपाहा प्रवृत्ति देखाएको आरोप लागे । उनले कुनै एउटा कालखण्डमा भएको घटनालाई नजिर बनाएर ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्यत्र सार्नु खेदजनक भएको टिप्पणी गरे ।

बैठकमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बाल गोपाल थापाले स्नातकोत्तर तहको परीक्षा ठाकुरराम क्याम्पसमै हुने तर अन्य तहको परीक्षा अरू जिल्लाको क्याम्पसमा तोक्ने त्रिभुवन विश्वविद्यालयको कदम गलत भएको धारणा राखे । उनले परीक्षा केन्द्र अन्य जिल्लामा सारेर त्रिभुवन विश्वविद्यालयले पर्साका राजनीतिक दलहरूलाई हेपेको पुष्टि भएको बताए । बैठकमै सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष राम नरेश प्रसाद यादवले पनि त्रिभुवन विश्वविद्यालयले ठाकुरराम क्याम्पस र यहाँ अध्ययनरत विद्यार्थीसँग विभेद गरेको बताए । त्यसका विरुद्धमा जिल्लास्थित राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता भएको उनले औँल्याए ।

बैठकमा नेकपा एमालेका जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा, लोसपाका नेता निजामुदिन समानी, जसपाका जिल्ला सचिव तबरेज अहमद, नागरिक उन्मुक्ति पार्टीका जिल्ला सहसचिव अमित गौरो, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल, ठाकुरराम बहुमुखीका क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव, सहायक क्याम्पस प्रमुख अनिल कुमार रमण लगायतको पनि सहभागिता रहेकाे अनेरास्ववियु ठाकुर राम बहुमुखी क्याम्पस कमिटी अध्यक्ष एवम् वीरगंज महानगर अध्यक्ष आशिफ अहमदले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि