Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मापदण्ड विपरित बुझाइएकाे शुद्धीकरणकाे नमावली खारेज गर्न माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २४, २०८०
मापदण्ड विपरित बुझाइएकाे शुद्धीकरणकाे नमावली खारेज गर्न माग

वीरगंज (पर्सा), २४ असार । नेपाल पत्रकार महासंघ पर्सा शाखाले गरेकाे सदस्यता शुद्धीकरणकाे निर्णय प्रति तीन प्रत्रकार संगठनले आपती जनाएका छन् । प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णयले सदस्यता शुद्धीकरणका लागि मापदण्ड बनाएर देशभर शुद्धिकरण, नविकरण र नयाँ सदस्यताको लागि आवेदन खुला गरेको भएपनि पत्रकार महासंघ पर्सा शाखाले अहिलेसम्म त्यसको कुनै आधिकारिक सार्वजनीकरण नगरेकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।

तीनै संगठनले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारालाई ध्यानाकर्षण पत्र बुझाउँदै विधि, प्रकृया, नीति, सिद्धान्त कुनै प्रकृया नमिलाई पठाएको शुद्धिकरणको सूची अमान्य घोषणा गर्न आग्रह गरेका हुन् । महासंघ केन्द्रीय समितिको निर्णय अनुसार वैशाख २५ गतेसम्म आफ्नो सबै सदस्यहरुको नामावली शुद्धिकरणका लागि प्रदेश समितिका महासचिव अनिवार्य रहने समिति तत्काल गठन गरी नम्बर सहितको विवरण सहितको नामावली उपलब्ध गराउनुपर्ने थियाे ।

शाखा समितिले जेठ २५ गते भित्र महासंघको सञ्चार माध्यममा आवद्धताको पूर्ण विवरण शाखाले प्रदेश समितिलाई पठाउनु पर्ने र प्रदेश समितिले उपलब्ध विवरण अद्यावधिक गरेर जेठ ३० गतेसम्म केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्देशन भएको र उपलब्ध नाममा चित्त नबुझेमा उजुरी गर्नका लागि असार १० गते सम्मको समय निर्धारण समेत गरिएकाे थियाे । तर समय सीमा पार गरिसकेपछि पनि शुद्धिकरण र नविकरणसम्बन्धमा पत्रकार महासंघ पर्सा शाखाले कुनैपनि आधिकारिक विवरणहरु सार्वजनिक नगरेर केन्द्रीय निर्देशनलाई अवज्ञा गरेको हाम्राे ठहर रहेकाे प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहानले वताए ।

विधिको शासनको मुख्य वकालत गर्ने संस्थाको रुपमा स्थापित नेपाल पत्रकार महासंघ मातहतकै पर्सा शाखाले गैर जिम्मेवार, अनुशासनहिन र पक्षपाती रवैया देखाई महासंघको गरिमामा गम्भीर आँच पुयाएको तीन संगठनले निष्कर्ष निकाल्दै पर्सा शाखाले उपलब्ध गराएको सूचीको वैधानिकता गुमाईसकेको बुझाइएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ । प्रेस युनियन पर्साका सभापति चाैहान, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतम र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मार्फत उक्त सूचीलाई अमान्य गरी शुद्धिकरणको प्रकृयालाई पुन: सबै विचारधारका पत्रकार संघसंगठनहरुसंगको छलफल, सहकार्य र सहमतिमा नै गर्न आग्रह समेत गरिएकाे छ ।

त्यस्तै प्राप्त उजुरीको आधारमा समितिले आवश्यक छानविन गरी केन्द्रीय कार्यालयलाई असार २५ गतेसम्ममा जानकारी गराउनुपर्ने निर्णय भए बमोजिम हुनुपर्नेमा अहिलेसम्म पनि कुनै आधिकारिक विवरणहरु जिल्लाको कार्यालयमा टास नगरेको, सामाजिक सञ्जालहरुमा सार्वजनिक नभएको, जेठ ३० गतेसम्म प्रदेश समितिले अद्यावधिक गरेर केन्द्रमा पठाउनुपर्ने भएपनि अहिलेसम्म कुनै विधि प्रकृयाको अवलम्बन नगरेको तीन संगठले जनाएका छन् ।

न्यायको मूल सिद्धान्त समेतलाई ख्याल नगरी सफाईको अवसरबाट समेत बञ्चित गरी नियतवश निर्धारित समयपछि मात्रै शुद्धिकरण सूची तयार गरिएको पत्रकार संगठनहरुकाे ठहर रहेकाे छ । साे ध्यानाकर्षण पत्र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र पर्सा शाखालाई समेत बोधार्थ गरिएकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि