Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल भित्रिरहेको भारतीय १० अर्ब रुपैया ‘कसको र कस्तो’ ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २१, २०८०
नेपाल भित्रिरहेको भारतीय १० अर्ब  रुपैया ‘कसको र कस्तो’ ?

• अनिल तिवारी
वीरगंज (पर्सा), २१ असार । लगातार तिन महिना देखि सिमावर्ती बजारमा भारतीय रुपैयाको अवमूल्यन जारी छ । जसले दुबै देशका सुरक्षा अधिकारीलाई चिन्तीत बनाएको छ । अप्रत्यासित रुपमा नेपाल भित्रि रहेको  भारतीय रुपैयाको ‘कसको र कस्तो’ हो ? भन्ने  ठम्याउन दुबै देशका सुरक्षा अधिकारीहरुलाई गाह्रो बनाएको छ । समाचार सुत्रको अनुसार विगत तिन महिना देखि  नेपाल भित्रीने भारतीय रुपैया अझ दशैसम्म चलिरहने छ । कालो धनको रुपमा भारतबाट नेपाल  १० अरब भारतीय रुपैया आउने योजना रहेको छ । जसले गर्दा भारतीय रुपैयाको तुलनामा नेपाली रुपैया लगभग ५ देखि १० प्रतिशतले मंहगो भएको छ । सिमावर्ती बजारमा १ सय ५३ नेपालीमा भारतीय १ सय रुपैयाको कारोबार भइरहे को । नेपालका सिमावर्ती बजारमा भने भारतीय रुपैया चलिरहेको छैन । खाचो टार्ने धेरै आवश्यक भएको व्यक्तिहरुलाई भारतीय ५ सयको रुपैया नेपाल ७ सयमा लिने गरिएको छ । यता सिमावर्ती बजारहरुबाट सटहि भएर नेपाली रुपैयाको रुपमा हुन्डी कारोवारीहरुद्धारा उक्त भारतीय कालो रुपैया भित्राउने क्रम जारी छ ।

‘वीरगन्ज– रक्सौल नाकाबाट मात्र २ अर्ब भारतीय रुपैया ६ महिनामा भित्र्याउन योजना कारोवारीहरुले राखेको समाचार सुत्रको दाबी छ, ‘बाकी ८ अर्ब रुपैया अरु नाकाबाट भित्र्याइदै छ,रक्सौलबाट प्रत्येक दिन भित्रीरहेको हुन्डीको रुपैया वीरगन्ज, हेटौडा भएर पोखरा पुर्याइदै छ । प्रत्येक महिनामा ५० करोड रुपैया गरेर आउने दशैसम्म सबै रुपैया पोखरा पुगी हाल्छ । ’यो हुन्डीको अबैद्य कारोवारीमा वीरगन्जका कतिपय बैंकहरुले पनि सघाइ रहेको समाचार सुत्रको भनाइ थियो । ‘हुन्डीको कारोवारको लाइन जनपथको एसपि साहबले नदिएको कारण अपठ्यारो भएको हो’ । जिल्ला प्रहरी कार्यालय पर्साले लगातार हुन्डीका अवैध रुपैयाहरु बरामद गर्दै आएको छ । पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमर शाहले आफु आए देखि नै सिमामा हुने अवैध कारोवारीमा कडाइ गरेको बताए । उनले भने म आए देखि १ करोड भन्दा बढी हुन्डीका रुपैयाहरु बरामद गरि कार्यवारी अगाडि बढाइएको छ ।’ सिमामा हुने सबै खाले तस्करी र अपराधका कार्यहरुलाई कडाइका साथ नियन्त्रण गरिएको उनको भनाइ थियो ।

हुन्डीको माध्यमबाट भित्री रहेको भारतीय रुपैयाले गर्दा सिमावर्ती बजारको आर्थिक अवस्थामा ठुलो अस्थितरता आएको छ । नेपाल भारतीबिच रहेको व्यापारको ठुलो खाडलले गर्दा सिमामा सधै भारतीय रुपैया महगो हुदै आएको थियो । तर विगत ३ महिना देखि सुरु भएको भारतीय रुपैयाको गीरावटले गर्दा नेपाल आउने भारतीय पर्यटकहरुलाई ठुलो समस्या उत्पन्न हुने गरेको छ । सिमावर्ती क्षेत्रहरुमा सटही बैकको व्यवस्था नभएको कारण भारतीय रुपैया लिएन नेपाल भित्रिने पर्यटकहरुलाई कठिनाइ भइरहको रक्सौलका व्यापारी महेश अग्रवालले बताए । उनले भने जनपुर र काठमान्डौ तथा पोखरा जाने पर्यटकहरुलाई ठुलो कठिनाइ हुने गरेको छ, नेपाली व्यापारीहरुले भारतीय रुपैयाको दर मनोमारी रुपमा लिइरहेको पर्यटकहरु फर्किदा गुनासो गर्ने गरेका छन ।’ आधिकारिक रूपमा १०० भारुको विनिमय दर १६० रुपैयाँ छ। नेपाल राष्ट्र बैंकले भारुसँग स्थिर विनिमय दर तोकेको हुनाले अन्य देशको जस्तो परिवर्तन हुँदैन। तर, अनौपचारिक विनिमयमा सीमावर्ती शहरमा औपचारिक विनिमय दरभन्दा ५–६ रुपैयाँ कममा सटही भइरहेको छ। राष्ट्र बैंकले जनाएअनुसार भारतीय रुपैयाँसँग नेपालको विनिमय दर २०५० सालदेखि स्थीर छ ।

प्रहरीको कारवाही ‘हुन्डीमा कडाइ सुनमा जिरो’
देशको अर्थतन्त्र नै ध्वस्त पार्नेगरी यतिबेला मधेश प्रदेशका विभिन्न जिल्लाबाट हुण्डीको  कारोबार फस्टाएको छ । नेपालबाट भारत तर्फ काम गर्ने सबै सुनकार कारोवारी भारतबाट नेपाल तर्फको हुण्डी कारोवारमा लागेका छन । मधेश प्रदेशका राजधानी जनकपुरलाई केन्द्र बनाएर सुनको अवैध कारोबार र हुण्डीको कारोबारलाई सक्रियता दिइएको छ । वीरगञ्जका अन्तर्राष्ट्रिय सुन र हुन्डीको ठुला कारोवारीहरु अफ्ना विभिन्न एजेन्टहरुका माध्यमबाट मधेश प्रदेशका आठ वटै जिल्लाबाट सुन र हुन्डीको कारोवारलाई परिचालन गरि नगद रकमको ओसार पसार साथै सुनको समेत कारोबारलाई निरन्तरता दिएका छन ।

भारत सरकारले पटक पटक गरेको नोटबन्दीका कारण भारतीय काला व्यापारी एवं राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरूले आर्जित गरेको अवैध रकमलाई सुरक्षित गर्न सुनको रुपमा परिणत गर्नका पनि दुबै कारोवारमा गति आएको आकलन समेत गरिएको छ । सीमा क्षेत्रमा अत्याधुनिक हतियार एवं बन्दोवस्तीका सामानसहित परिचालित सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिका बीच पनि अन्तर्राष्ट्रिय अपराधी आर्थिक समूहहरु निर्धक्कता साथ कारोबार गरिरहनुले पनि सुरक्षा निकाय माथिको विश्वसनीयता माथि प्रश्न चिन्ह खडा भएको छ । नेपालबाट संगठित रूपमा भइरहेको सुन तस्करीको कारोवारमा  कहि महिना देखि गुणात्म रुपमा बढेको व्यवसायीहरु बताउछन । तर नियन्त्रण गर्ने निकाय नेपाल प्रहरी र शस्त्रप्रहरी भने अनभिग छ ।सिमामा हुन्डीको कारोवारमा केहि हदसम्म कार्यवाहि देखिए पनि सुनको तस्करीमा खासै बरामद देखिएको छैन ।

‘नेपाल हुँदै तस्करी हुने सुनको मुख्य बजार भारत नै हो,विगतमा ठूलो परिमाणमा समातिएका अधिकांश सुनको गन्तव्य भारत नै रहेको थियो र अहिले पनि छ । ‘वर्ल्ड गोल्ड काउन्सिल’ को रिपोर्ट अनुसार सन् २०२१ मा भारतमा ७९७.३ टन सुन खपत भएको विवरण छ । सन् २०२० को तथ्यांकको तुलनामा ७८.६ प्रतिशतले सुनको खपत भारतमा बढेको थियो । भारतको राजस्व अनुसन्धान विभाग (डीआरआई) को आर्थिक वर्ष २०२१÷२२ को वार्षिक प्रतिवेदन अनुसार भारतमा पहिले हवाई मार्गबाट हुने सुन तस्करी उच्च थियो । तर, कानुन कार्यान्वयन गर्ने निकायको सतर्कताका कारण तस्करहरूले नयाँ शैली प्रयोग गरेर सुन तस्करी गरिरहेको उल्लेख छ । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भिलेन्स बढेपछि स्थलमार्गबाट सुन आउन थालेको छ’ प्रतिवेदनमा भनिएको छ : ‘उत्तरपूर्वी क्षेत्रमा रहेको बंगलादेश, नेपाल, म्यानमारबाट सुन आइरहेको छ ।’

राजस्व छली सम्बन्धी अनुसन्धान गर्ने डीआरआईले फागुन पहिलो साता चलाएको अपरेशन ‘गोल्डेन डाउन’मा नेपाल हुँदै गएको १०१ किलो सुन पटनामा बरामद भएको थियो । डिआरआईले बढाएको अनुशन्धानमा त्रिभुवन विमान स्थलका कतिपय कर्मचारीहरु समेतको सहभागीता देखिएको छ । त्यसले पनि नेपाल भएर सुनको तस्करीको  संकेतलाई थेरथोर बल पु¥याउँछ । डीआरआईका अनुसार, झण्डै ५१ करोड भारतीय रुपैयाँ बराबरको सुन बरामद हुँदा यसमा संलग्न १० जना बिदेशीहरु पक्राउ परेका थिए । तीमध्ये ७ जना सुडानी नागरिक थिए । नेपाली रुटबाट गएर भारत बिहारको पटनामा बरामद भएको १०१ किलो सुन , पेस्ट बनाएर तस्करहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म पु¥याएको अनुसन्धानले देखाएको छ ।

सुन र हुन्डीको कारोवारमा चिनिया पाटो
सुन वैधानिक बाटोबाट भित्र्याउँदा र तस्करीबाट ल्याउँदा हुने नाफाबीच ठूलो भिन्नता हुनु र सुन आयातमा निश्चित किलोको मार्जिन तोकिनुले तस्करी नरोकिएको बताइन्छ । बैधानिका रुपमा चलेका न्यूरोडका अधिकांश सुन पसलले विस्थापित भएका छन । तर ठमेल भने अहिले सुनको अबैद्य कारोवारको केन्द्रबिन्दु नै बनेको छ । चिनबाट आउने अधिकांस सुनहरु चिनीका कारोवारीले नेपालीहरुलाई ठमेलके होटल, रेष्टुरेन्टमा दिन सजिलो मान्ने गरेका छन । विगतमा नेपालको सरकार खसाउने र बनाउने डिकम्पनीको नेपाल भएर हुने सुनको कारोवार प्रहरीले विमानस्थलबाट  -याकेट  ध्वस्त पारेपछि तस्करीको रुट स्थलमार्ग बनेको हो । विगतमा बिमान स्थलभएर यूएईबाट नेपाल हुँदै भारतसम्म सुन लैजाने गरेकोमा केहि बर्षदेखि यूएईबाट चीनसम्म पु-याएर रसुवामार्फत काठमाडौं हुँदै भारतसम्म लगेको पनि भेटिएको थियो । रसुवाबाट आएको सुनमा यूएईको सुनको ट्रेडमार्क पाइएपछि यसबारे छानबिन गर्न नयाँ रुटबारे खुलेको थियो ।

भारतमा नेपालबाट सुन, गाँजा र चरेशको अवैध निर्यात बढेर ठूलो परिमाणमा भित्रिएको भारतीय रुपैयाँका कारण सीमावर्ती बजारमा नेपाली रुपैयाँ बलियो भएको हुनसक्ने सीमा जागरण मञ्च विहार प्रदेश अध्यक्ष  रक्सोलका व्यापारी महेश अग्रवालको अनुमान छ । उनका अनुसार चीन र अन्य देशबाट भित्रिएर नेपाल हुँदै भारततर्फ निकासी हुने सुन, गाँजा तथा चरेशको तस्करीले नेपाल आउने भारतीय मुद्रा अनौपचारिक बजारमा पर्याप्त भएको हुनसक्छ । त्यस्तो भारु भारत फर्काउन नेपाली मुद्राको माग बढेको हुनसक्ने उनको भनाइ छ । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमान स्थल वरिपरि चिनिया व्यापारीहरुले रहस्यमय रुपमा गरिहेको लगानिमा उक्त हुन्डीको रुपैया गइरहेको भारतीय व्यापरी अग्रवालको दाबी छ । उनले भने, ‘चिनले नेपालको सामरिक महत्वका स्थानहरुलाई कब्चामा लिन लागी परेको छ, उसले ऋण दिएर बनाएको पोखराको हवाइ अडा कब्चा गर्ने सुनको कालोधन पोखरामा लगानी गरिदै छ ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि