Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : गर्मी बढ्ने, दिन लामो हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २१, २०८०
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : गर्मी बढ्ने, दिन लामो हुने

काठमाडौं, २१ असार । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ । यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ । यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले दिएको हो ।

समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ (कक्ष) अण्डाकार छ । जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ । यसलाई सूर्यदुरुस्थ भनिन्छ । पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ र पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भैरहन्छ । परिणाम स्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति अलि कम हुन जान्छ ।

जबकी सबभन्दा नजिक पुग्दा गति छिटो हुन्छ । ‘परिणाम स्वरूप यस समयमा दक्षिण ध्रुवभन्दा उत्तरी ध्रुवको दिन केही लामो हुन जान्छ,’ कार्यकारी निर्देशक डा. शर्माले भने । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू र दक्षिणी ध्रुवमा केवल १० प्रतिशत व्यक्तिहरु बसोबास गर्दछन् ।

पृथ्वी सूर्यबाट टाढा पुग्दा किन गर्मी हुन्छ ?

पृथ्वी सूर्यको सबभन्दा टाढाको विन्दु र सबभन्दा नजिकको विन्दुमा पुग्दा केही लाख किलोमिटरको फरक परे तापनि यसले तापक्रममा त्यति परिवर्तन ल्याउँदैन । तर अनौठो कुरा के छ भने पृथ्वी सूर्यबाट सबभन्दा टाढाको विन्दुमा पुगेको समयमा (असार/साउन महिनामा) सबभन्दा बढी गर्मी हुन्छ ।

यसको कारणबारे प्रष्ट्याउँदै विकास समितिले भनेको छ, ‘यसो हुनुको मुख्यकारण पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनु हो । जसले गर्दा पृथ्वीमा ऋतुहरू परिर्वतन हुने गर्दछन् । जुलाई ६ अर्थात आषाढ २१ गते पृथ्वी सूर्यबाट टाढा रहेतापनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबभन्दा बढी गर्मी अनुभूति हुन्छ ।’

समितिले भनेको छ, ‘उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू बसोबास गर्दछन् भने केवल १० प्रतिशतमात्र दक्षिणी ध्रुवमा बसोबास गर्दछन् । यही समयमा दक्षिणी ध्रुवमा (जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि) सूर्यबाट टाढा झुकेको हुनाले दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।’ साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि