Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरी नायब निरीक्षक यादवको अवैध कमाइ भारतीय बैंकमा जम्मा, छानबिन सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १९, २०८०
प्रहरी नायब निरीक्षक यादवको अवैध कमाइ भारतीय बैंकमा जम्मा, छानबिन सुरु

रौतहट, १९ असार । नेपाल-भारत सीमा नाका क्षेत्रमा कार्यरत एक प्रहरी नायब निरीक्षकले अवैध आर्जन गरेको रकम भारतीय बैंकमा अर्कैको नाममा जम्मा गर्ने गरेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय बन्जरहामा कार्यरत प्रहरी नायब निरीक्षक मदन प्रसाद यादवले अवैध कमाइ भारतीय बैंकमा जम्मा गर्ने गरेको खुलासा भएको हो । उनले नेपालमा आर्जन गरेको अवैध कमाइ भारतीय आफन्त वा निकटका मानिसहरु बैंक खातामा जम्मा गर्ने गरेको बुझिएको छ। यद्यपि उनले पठाउने रकम उनका आफ्नै आफन्तको बैंक खातामा भने नभएको पाइएको छ ।

उनले आफ्नो अवैध कमाइ लुकाउन रौतहटका केही स्थानीयहरुको भारतीय आफन्तहरुको बैंक खाता प्रयोग गर्ने गरेका थिए । निरीक्षक यादवले रौतहटको ईशनाथ नगरपालिका १ का ओम प्रकाश साह, उमेश प्रसाद तथा फुलबरिया ढाकाका राजाबाबु कुमारका भारतीय आफन्तहरुको खाता प्रयोग गरेका थिए । भारतको पूर्वी चम्पारण जिल्लाको फुलबरिया ढाकास्थित बस्ने ती भारतीय आफन्तहरुको बैंक खातामा अवैध रुपमा लाखौँ रुपैयाँ जम्मा भएपछि भारतीय बैंकले ती आफन्तहरुको खाता नै रोक लगाइदिएको छ । स्रोत नखुलेको अवैध रकम बैंक खातामा जम्मा हुन आएपछि सबैको खाता रोक्का गरिएको बुझिएको छ । बैंकको खाता रोक्का भएपछि खाता खुलाउन यता नेपालमा रहेका उनीहरुका आफन्त ओम प्रकाश साह र उमेश प्रसाद र राजाबाबु कुमारले आफन्तका बैंक खातामा अवैध रुपमा रकम जम्मा गर्ने नायब प्रहरी निरीक्षक यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरीसमेत दिएका छन् ।

ओम प्रकाश साह र उमेश प्रसाद र राजाबाबु कुमारले छुट्टाछुट्टै निवेदन दिई आफन्तको नाममा फुलबरिया ढाकामा रहेको एसबिआई बैंकको खातामा प्रहरी नायब निरीक्षक यादवले रकम जम्मा गरेको बताएका छन् । यसरी बैंक खातामा रकम जम्मा भएपछि बैंकले खाता नै बन्द गरिदिएको भन्दै कारबाहीका लागि प्रनानि यादवलाई पक्राउ गरी कारबाही गर्न र खाता खुलाउने मार्ग प्रशस्त गरिदिन उनीहरुले निवेदनमा उल्लेख गरेका छन् । ओमप्रकाश साहले दिएको निवेदनमा नातेदार भाइ सुकरित कुमार चौधरीको नाममा रहेको खातामा प्रनानि यादवले ३ लाख ९६ हजार, मसरुफ आलम र जफिर आलमसमेतको नाममा रहेको खातामा २ लाख ९८ हजार, जफिर आलमको खातामा ४ लाख रुपैयाँ पठाएको उल्लेख गरिएको छ ।

यसै गरी उमेशप्रसादले दिएको निवेदनमा प्रनानि यादवले भारतस्थित आफन्तको खातामा रकम जम्मा गरेको उल्लेख गरेका छन् । प्रनानि यादवले कमलेश पटेलको खातामा २ लाख र ललन प्रसादको खातामा पनि २ लाख रुपैयाँ पठाएको जम्मा गरेको निवेदनमा उल्लेख गरिएको छ । भारतीय नागरिक बरेवा फुलबरियाका राजाबाबु कुमारले दिएको निवेदनमा प्रनानि यादवले ३ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरेको उल्लेख गरेका छन् । लामो समयदेखि विभिन्न भन्सार तथा प्रहरी युनिटमा इन्चार्ज रहँदै आएका प्रनानि यादवले तस्करीबाट हुने कमाइलाई आफन्तको नाममा जम्मा गर्दै आएको देखिएको छ । नेपालका आफन्तको नाममा पनि प्रनानि यादवले अवैध रकम जम्मा गरेको हुन सक्ने अनुमान गरिएको छ । नेपालमा अवैध कमाइ पचाउन असजिलो हुने भएपछि भारतका विभिन्न आफन्त तथा नजिकका विश्वासपात्रका नाममा रकम जम्मा गर्ने गरेको उक्त निवेदनबाट रहस्योद्घाटन भएको हो ।

हाल निवेदकहरु सबैको बैंक खाता रोक्का गरिएको जनाइएको छ । प्रनानि यादवले आफ्नो अवैध आर्जनलाई वैध बनाउन विभिन्न व्यक्तिको नाममा रकम जम्मा गराई प्रक्रिया पुर्‍याएर आफ्नो घरको सदस्य तथा आफन्तको नाममा वैध रकम बनाउने गरेको पनि बुझिएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रनानि यादवविरुद्ध लिखित निवेदन परेपछि छानबिन प्रक्रिया अगाडि बढिसकेको बताइएको छ । घटनाको विषयमा पीडितले जानकारी गराए लगतै प्रहरी चौकी बन्जरहाका इन्चार्ज सई मदन यादवलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरीले कार्यालय रौतहटमा झिकाएको एसपी वीर बहादुर बुढामगरले बताए । साभार : नागरिकबाट

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि