Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अतिक्रमित जग्गा खाली गराउने अभियान तिब्र, १६२ विघा भन्दा बढि जग्गा अतिक्रमणमुक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १८, २०८०
वीरगञ्ज १५ मा सडक अतिक्रमण गरेर बनाइएको संरचना हटाइयो

• मुस्कान श्रेष्ठ 
वीरगंज (पर्सा), १८ असार । वीरगंज महानगरपालिकाले सार्वजनिक अतिक्रमित जग्गालाई खाली गराउने अभियानलाई तिब्र पारेको छ । विभिन्न बहानामा फर्जी कागजहरु तयार पारी सार्वजनिक जग्गा अतिक्रमण गरि भोगचलन गर्दै आएको सार्वजकि जग्गाको खोजविन गरि अतिक्रमण मुक्त गराउने अभियानलाई तिब्रता दिइएको हो । लामो समयदेखि विभिन्न बहानामा गुठी सँस्थानको नाममा सार्वजनिक जग्गा अतिक्रमण गरि अर्थात हालसाविकको नाममा किर्ते कागज खडा गरि अतिक्रमण गरेको जग्गालाई आफ्नो स्वामित्वमा ल्याउने कार्यलाई महानगरपालिको तिब्रता दिएको हो । हालसम्म वीरगंज महानगरपालिकाले १६० विघा भन्दा बढि सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराईसकेको छ ।

वीरगंज महानगरपालिकाले ऐलानी तथा सार्वजनिक सम्पत्ति संरक्षण समिति गठन गरि सार्वजनिक सम्पत्ति अतिक्रमण मुक्त गराउने अभियान नै चलाएको छ, पहिलो चरणमा ३२ वटै वडाका सार्वजनिक जग्गा पहिचान गरेर अतिक्रमणमुक्त गराउने कार्यलाई तिब्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सार्वजनिक जग्गाको पहिचान गर्न पनि चुनौति रहेको भन्दै विभिन्न कालखण्डमा विभिन्न कानूनहरुको प्रयोग गरेर सार्वजनिक सम्पत्तिलाई निजीकरण गरिएको छ, त्यसलाई पुनः सार्वजनिकरण गर्न चुनौति रहेको तर सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराउने  कार्य तिब्र रुपमा चलि रहेको बताए ।

वीरगंज महानगरपालिकाले नगरक्षेत्रको १९ विघा ७ कठ्ठा क्षेत्रफलको २६ वटा अतिक्रमित पाखरी आफ्नो स्वामित्वमा लयाउन सफल भएको छ भने माईराम पोखरी खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा केवल सर्वसाधारण मात्र नभई स्थानीय जनप्रतिनिधिहरु समेत रहेको पाइएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १७ र १९ मा अतिक्रमणमा परेको करिब २७ विघा जग्गा मध्ये ७ विघा जग्गा वडा नम्बर १७ का वडा सदस्य अमोद यादवले भोगचलन गर्दै आएका थिए । उक्त जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएपछि महानगरपालिकाले खोजतलास गर्ने कार्यलाई तिब्रता दिएको हो । सार्वजनिक पोखरी, उद्यान, मठमन्दिर लगायतको सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले निजी सम्पतिको रुपमा उपभोग गर्दै आएका थिए । अतिक्रमित जग्गा खोज्न महानगरपालिकाले प्राविधिक टोली नै परिचालन गरेको छ । साथै सार्वजनिक जग्गाहरुमा स्थानीयले बनाएको संरचनालाई डोजरको मार्फत भत्काउने गरेको छ । महानगरको यो अभियानबाट वीरगंजबासी खुसी भएका छन् ।

वर्षौैदेखि हुन नसकेको काम यस पटकको जनप्रतिनिधिले गर्न सफल भएको भन्दै महानगरको कार्यप्रति स्थानीयहरु सन्तुष्ट छन् । यो अभियान आवश्यक नै थियो तर एक ठाउँमा मात्रै तोडेर हुँदैन, जति पनि सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर संरचनाहरु बनाइएको छ, त्यो सबै ठाउँको अतिक्रमित जग्गा खाली गराउनुपर्ने उनीहरुको भनाई छ । महानगरले गुठी संस्थानको ८० विघा भन्दा बढि जग्गा अतिक्रमणमुक्त गराएको छ भने २० विघा पोखरी र ६२ विघा सार्वजनिक जग्गा गरि करोडौं मूल्य पर्ने १ सय ६२ विघा भन्दा बढि जग्गा अतिक्रमणमुक्त गराएको महानगरपालिकाका ंप्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।

महानगरले सार्वजनिक जग्गाको खोजतलास संगै, माटो उत्खनन् गर्ने कार्यमा संलग्नलाई पनि पक्राउ गरी कारवाही अगाडी बढाएको छ । महानगरले अहिलेसम्म ३ वटा टिपरलाई ५०÷५० हजार रुपैयाँ र एउटा स्काभेटरलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । अतिक्रमित जग्गाहरुमा केहीेले घरटहरा बनाएका छन् भने केहीले सामूहिक कृषिखेती गर्दै आएका छन् । वीरगंज महानगरपालिकाको उदशिनतालाई अतिक्रमणकारीले आफ्नो शक्ति बनाएर महानगरभित्र रहेको करोडौं रुपैयाँ बराबरको जग्गा अतिक्रमण गरी प्रयोग गर्दै आएका थिए । वीरगंज महानगरपालिकाको यो अभियान पश्चात अन्य पालिकाहरुले समेत अतिक्रमित जग्गा खाली गराउने कार्यको थालनी गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि