Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सखुवाप्रसौनी गाउँपालिका : गाडी मर्मतको नाममा लाखौं घोटाला, एम्बुलेन्समा पनि छाडेनन्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १८, २०८०
सखुवाप्रसौनी गाउँपालिका : अध्यक्ष र अधिकृतको नातेदार-कार्यकर्ता भर्तीकेन्द्र

वीरगंज (पर्सा), १८ असार । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाडी मर्मतको नाममा लाखौ घोटाला गरेका पाइएको छ । अध्यक्ष जसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको मिलोमतोमा पालिकाका गाडी मर्मत सम्भारको नाममा लाखौ घोटाला भएको पाइएको हो ।

गाउँपालिकामा युवाले नेतृत्व लिएपछि अब विकास हुन्छ भन्ने पालिकाबासीको आशामा निराशा छाएको छ । एक वर्षको कार्यकाल सम्हालेका अध्यक्ष जसवन्त यादवको कार्यकाल अत्यन्त विवादित रह्यो । उनले भ्रष्टाचारमा पिएचडी गरेका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको मिलोमतोमा अन्धाधुन्द घोटाला गरेका छन् । इन्धन खर्चदेखि नातेदार भर्तिकेन्द्र हुँदै पालिकामा रहेको गाडी मर्मतको नाममा लाखौं घोटाला गरेको पाइएको छ । पालिकामा रहेको स्कर्पियो, एम्बुलेन्स, टिपर, दमकल, जेसिबी तथा अन्य गरि ४३ लाख ७२ हजार ८७५ रुपैया खर्च गरिएको पाइएको छ ।

स्कर्पिओ मर्मतमा पालिका अध्यक्ष जसवन्त यादवले गरेको खर्च आँकडा हेर्दा जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ । स्कर्पियो मर्मतको नाममा एक वर्षको अवधिमा मात्रै १३ लाख ६६ हजार ६४१ रुपैयाँ खर्च गरिएको छ । यसरी मर्मत सम्भारको नाममा मात्रै वर्षेनी साढे १३ लाख रुपैया बढि खर्च गर्ने हो भने ५ वर्षमा नयाँ स्कर्पियो आउँछ । स्कर्पिया मर्मतको नाममा पालिकाबाट २०७९ जेठ १६ गते १ लाख ९१ हजार १६ रुपैयाँ, २०७९ असार १९ गते २ लाख ७ हजार ९० रुपैयाँ, २०७९ भदौ २० गते २ लाख ४० हजार ४५१ रुपैयाँ, २०७९ पुस ९ गते ३ लाख ८१ हजार ५७५ रुपैयाँ, २०७९ पुस १० गते ४६ हजार २४९ रुपैयाँ, २०७९ माघ १२ गते १ लाख ७९ हजार ७७५ रुपैयाँ, २०८० जेठ १४ गते ६० हजार २१० रुपैयाँ तथा २०८० जेठ १७ गते ६० हजार २७५ रुपैयाँ निकाशा गरिएको छ ।

कुनै महिनामा एक दिनको अन्तरालमा मर्मत गरिएको पाइएको छ । स्कर्पिया मर्मतमा अनुमानित खर्च कति हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ तर एक दिनको अन्तरालमा मर्मत गरिएको छ । यो कुन मर्मत हो ? मर्मत हो कि मर्मतको नाममा घोटाला हो ? सहजै अनुमान लगाउन सकिन्छ । पुस महिनाको ९ र १० गते दुई दिन लगातार मर्मत गरिएको तथ्याँकले देखाएको छ । यसबाट अध्यक्षको करतुत र प्रमुख प्रशासकीय अधिकृतको सहयोग छर्लङ्ग भएको छ ।

यति मात्रै कहाँ हो र अध्यक्ष एवं अधिकृतको मिलोमतामो एम्बुलेन्स खर्चको नाममा पनि घोटाला भएको छ । एम्बुलेन्स खर्चको नाममा पालिकाबाट १० महिनाको अवधिमा १९ लाख ३९ हजार ८६७ रुपैयाँ पास गरिएको छ । सखुवाप्रसौनी गाउँपालिकामा दुईवटा एम्बुलेन्स छन्, जसको मर्मत खर्च १० महिनाको अवधिमा १९ लाख बढि छ । यस्तो अनुपातमा मर्मत खर्च लाग्ने हो भने दुई तीन वर्षमा नयाँ एम्बुलेन्स आउँछ । यतिको निर्लज्ज भ्रष्टाचार भएको पालिकामा । खुलेयाम अध्यक्ष र अधिकृतको मिलोमतामो अन्धाधुन्ध मर्मतको नाममा पैसा निकासा गरिएको छ ।

दुईवटा एम्बुलेन्स खर्च विस्तृत रुपमा प्रस्तुत गरिएको छ । महुवन एम्बुलेन्समा २०७९ भदौ १७ गते ५८ हजार ६६१ रुपैयाँ, २०७९ असोज ५ गते ८९ हजार १९६ रुपैयाँ, २०७९ असोज २६ गते ८९ हजार १९६ रुपैयाँ, २०७९ मंसिर २३ गते १ लाख ४९ हजार ९८७ रुपैयाँ, २०७९ चैत ३० गते २२ हजार, २०८० जेठ ७ गते २ लाख ६३ हजार ९७६ रुपैयाँ, यसैगरि मधुवन मथवल एम्बुलेन्समा २०७९ असोज ५ गते ७२ हजार ६१७ रुपैयाँ, २०७९ मंसिर २३ गते १ लाख ३० हजार ४९४ रुपैयाँ, २०७९ पुस १९ गते ७ लाख ४७ हजार ६५० रुपैयाँ, २०७९ फागुन १७ गते २६ हजार ८ सय रुपैयाँ, २०८० जेठ ७ गते १ लाख ३९ हजार २९० रुपैयाँ तथा व्यक्तिगत खर्च २०७९ असोज ३० गते १ लाख ५० हजार रुपैया निकाशा भएको छ ।

यसैगरि टिपर मर्मतको नाममा २०७९ जेठ १६ गते १ लाख ३० हजार २०० रुपैयाँ, २०८० जेठ ७ गते ३३ हजार रुपैयाँ निकाशा गरिएको छ । दमकल मर्मत खर्चको नाममा २०८० वैशाख ५ गते १ लाख ३७ हजार ६९० रुपैयाँ, जेसिबी मर्मत खर्चको नममा २०७९ असोज ५ गते ४ लाख ८ हजार ९ रुपैयाँ, २०७९ पुस १२ गते ७० हजार ३४२ रुपैयाँ, २०८० वैशाख ५ गते ७५ हजार ९६९ रुपैयाँ, २०८० वैशाख ७ गते २७ हजार ७ सय रुपैयाँ, २०८० वैशाख २५ गते १ लाख १५ हजार ४९७ रुपैयाँ तथा २०८० जेठ १२ गते ४८ हजार १६० रुपैयाँ निकाशा गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि