Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डेढ करोड ठगेको आरोपमा पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण पक्राउ, छोरा सुमित फरार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०८०
डेढ करोड ठगेको आरोपमा पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण पक्राउ, छोरा सुमित फरार

वीरगंज (पर्सा), १५ असार । अदालतको आदेशमा रोक्का भएको क्रसर उद्योग विक्री गरि ठगेको आरोपमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव पर्सा क्षेत्र नंं ३ का पूर्व सांसद हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. १४ बस्ने शोभाराम यादवले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार विरुद्ध १ करोड ६५ लाख रुपैयाँ ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका थिए । यादवको उजुरीको आधारमा प्रहरीले हरिनारायण रौनियारलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो ।

रौनियार बाबु छोराले कोहलपुर बस्ने शोभाराम यादवलाई २०७६ साल माघमा बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. ६ मा रहेको जयभोलेबाबा क्रसर उद्योग १ करोड ६५ लाखमा विक्री गरी लेनदेनको कागज गरेका थिए । रौनियारले उक्त क्रसर उद्योग यादवलाई विक्री गर्नुभन्दा २ महिना अघि नै जिल्ला अदालत बाँकेले विक्री नगर्नु भनेर आदेश दिएको थियो । अदालतले विक्री नगर्नु भनेर आदेश दिएको थाहापाएपछि झुक्काएर हरिनारायण रौनियारले क्रसर उद्योग शोभाराम यादवलाई विक्री गरी १ करोड ६५ लाख रकम बुझेका थिए । कोहलपुर निवासी शोभाराम यादवले पटक पटक आफूसँग लिएको रकम फिर्ता गर्न पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई ताकेता गर्दा रौनियार बावु छोराले लामो समयसम्म रकम नदिएपछि २०८० बैशाख ३ गते शोभाराम यादवले बाबु छोरा विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगी मुद्धामा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।

यादवले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले रौनियार बावुछोरालाई पक्राउ गर्न जिल्ला अदालत बाँकेसँग अनुमति मागेको थियो । प्रहरीको माग बमोजिम जिल्ला अदालत बाँकेले २०८० बैशाख १० गते पप्पु कन्स्ट्रक्सनका सञ्चालकद्धय हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई पक्राउ गर्न आदेश दिएको प्रहरी उपरीक्षक राठौरले बताए । रौनियार बावुछोरा बाँके निवासी नभएकोले उनीहरु पर्सा र काठमाडौंमा बस्ने गरेको सूचनाका आधारमा खोजतलास गरी बाँके प्रहरीलाई बुझाउन बैशाख ११ गते जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरिएको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए । पप्पु कन्स्ट्रक्सनका सञ्चालकद्धय हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारको खोजतलास भइरहेको अवस्थामा प्रहरी वृत्त, बानेश्वरको टोलीले बाबु हरिनारायण रौनियारलाई शुक्रबार पक्राउ गरेको हो भने छोरा सुमित रौनियार अझै फरार रहेको प्रहरी उपरिक्षक राठौरले बताए ।
काठमाडौंमा प्रहरीले पक्राउ गरेका हरिनारायण रौनियारलाई शनिवार जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाइने बाँकेका प्रहरी उपरीक्षक राठौरको भनाई छ । फरार सुमित रौनियारलाई प्रहरीले खोजतलास गरिरहेको छ । २०७४ सालको निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभासदस्यमा निर्वाचित भएका रौनियार विरुद्ध जब्दीघाट पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको कारण पुल भाँच्चिएको आरोपमा अख्तियारले २०७५ असोज १९ गते विशेष अदालतमा मुद्धा दायर गरेपछि निलम्बनमा परेका थिए । अख्तियारले पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायत आरोपमा तत्कालीन सांसद हरिनारायाण रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि