Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समाजले नस्वीकारेको कारण बाच्नका लागि यौनकर्मी बन्नुपर्ने बाध्यता हो : तेश्रोलिङ्गी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १४, २०८०
समाजले नस्वीकारेको कारण बाच्नका लागि यौनकर्मी बन्नुपर्ने बाध्यता हो : तेश्रोलिङ्गी

वीरगंज (पर्सा), १४ असार । सहयात्री समाज नेपाल पर्साका कार्यक्रम संयोजक सुरज लिम्बुले तेश्रोलिङ्गीहरुलाई समाजले नस्वीकारको कारण बाध्य भएर यौन पेशमा लाग्नु परेको गुनासो पोखे । यौनपेशामा लाग्दा प्राणघातक विभिन्न रोगको सिकार बन्नु परेकोले रहरले नभई समाजले नस्वीकारेको कारण बाध्य भएर तेश्रोलिङ्गीहरु यौन पेशामा लाग्नुपरेको दुःखेसो पोखे । यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था सहयात्री समाज नेपालका अनुसार समाजमा खुलेर आएका तेश्रोलिङ्गीको संख्या पर्सा जिल्लामा ५ सय भन्दा बढी छ भने समाजमा खुलेर नआउनेहरुको संख्या अझ त्यो भन्दा बढि नै रहेको छ । ती मध्ये व्यवसायिक रुपमै यौनपेशामा करिब २ सयको हाराहारीमा संलग्न छ । तर हाल आफु यौनपेशामा रहेको खुलेरै बताउनेहरुको संख्या भने १०/१२ जना मात्रै रहेको लिम्बु बताउछन् ।

समाज र घरपरिवारले समेत पहिचान नस्वीकारेकाले तेश्रोलिङ्गीहरु जीवन यापन गर्नका लागि काम वा रोजगारी माग्दा तेश्रोलिङ्गी भएकै कारण रोजगारी नपाएपछि बाध्य भएर कतिपय तेश्रो लिंगीहरु यौनकर्मी बन्न बाध्य हुने गरेको तेश्रो लिंगी महिला सन्जु बताउँछिन् । ‘एक त आफ्नै घरपरिवारले हामीलाई स्वीकार्दैन, समाजमा पनि छक्का, हिजडाँ भनेर हेला गर्छन्’ बाँच्नका लागि काम गर्नुपर्ने हुन्छ तर तेश्रोलिङ्गी भएकै कारण काम पनि पाउँदैन, त्यसैले बाध्य भएर कतिपय साथीहरु बाँच्नकै लागि यौन पेशा अगाँल्छन् । अर्की तेश्रो लिंगी महिला दिपिका भन्छिन् ‘ठूला आलिशान होटलमा हुने गोष्ठी-सेमिनारमा भाषण गर्नेहरुले नै रोजगारी दिदैन’ । ठूलठूलो भाषणको क्रममा ‘यौन पेशा गलत हो, यसले समाज बद्नाम हुन्छ, यौन पेशा छोड्नुस्, अरु काम वा जागिर गर्नुस्’ भन्छन् तर ति नै व्यक्तिसँग जागिर माग्न जाँदा तेश्रोलिङ्गी भनेर जागिर नदिने गरेको गुनासो पोखिन् ।

सहयात्री समाजमा कार्यरत समेत रहेकी दिपिका यौन पेशामा लागेका तेश्रो लिंगीहरुलाई पेशा छाडेर अरु कुनै काम गर्न आफुहरुले निरन्तर काउन्सिलिङ गर्दै आएको बताउछिन् । तर उनिहरुले कि त हामीलाई अरु कुनै काम वा जागिर खोजी देउ होइन भने बाँच्नका लागि कुनै आधार देउ भन्छन्, हामी रहरले होइन बाध्यताले यौनकर्मी बन्नु परेको पनि बताउछन्, दिपिकाले भनिन् । नेपालमै काठमाडौंपछि पर्सामा सबै भन्दा बढी तेश्रोलिङ्गीको संख्या रहेको सहयात्री समाज नेपाल पर्साका कार्यक्रम संयोजक सुरज लिम्बु बताउँछन् । अधिकांश तेश्रोलिङ्गीहरु विभिन्न विहे, भोजभेतर जस्ता उत्सव र समारोेहमा हुने आर्केष्टा (नाँचगान) समुहमा काम गरेर जीवन गुजारा गरिरहेको लिम्बु बताउँछन् । उनी भन्छन्, ‘पर्सामा समाजमा खुलेर आएका ५ सय भन्दा बढि तेश्रोलिङ्गी छन्, उनीहरु मध्ये ६ जनाले मात्रै सहयात्री समाजमा जागिर पाएका छन्, अरु सबै जना काम वा जागिर नपाएकाले आर्केष्टामा नाँचेर जीवन चलाई रहेका छन् भने कतिपय यौनकर्मी बनेर जीवन यापन गरि रहेका छन् ।

तेश्रो लिंगी ममता कहिले काँही प्रहरीबाट पनि आफुहरु दुव्र्यवहारमा पर्ने गरेको दुःखेसो पोखिन् । उनि भन्छिन्, ‘म यौनकर्मी होइन तर विहे भोजभतेरमा हुने आर्केष्टा नाँचेर अबेरराति घर वा डेरामा फर्किदा बाटोमा भेटिने प्रहरीले यौनकर्मी होस् भनेर गाली गर्ने, नराम्रो वचन लगाउँछन् ।’ कहिलेकाही त पक्राउ गरेर रातभर थुनेर भोलिपल्ट बिहान मात्रै छाड्ने गरेको बताउँछिन् । नेपालमा तेश्रोलिङ्गीहरुको जीवन यापनका लागि सरकारले आजसम्म केही नगरेको ममताको गुनासो छ । उनी भन्छिन्, ‘अहिलेसम्म् जेजति काम भएको छ त्यो सबै विदेशी दाताले गरेका हुन्, तर नेपाल सरकारबाट हाम्रो लागि केही पनि भएको छैन । समाजबाट बहिष्कृत तेश्रोलिङ्गीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सहयात्री समाज नेपालले गत बैशाखमा पर्साका १४ वटै पालिकामा पुगेर सीपमुलक तालिमका लागि ज्ञापनपत्र बुझाएको संयोजक लिम्बुले जानकारी दिए ।

उनका अनुसार त्यति गर्दा पनि पालिकाहरुबाट अहिलेसम्म त्यसको कुनै जवाफ आएको छ । सीपमुलक तालिम पाएमा तेश्रोलिङ्गीहरु काम वा जागिरका लागि अन्यत्र धाउनुपर्ने वा यौन पेशामा लाग्नुपर्ने बाध्यताको अन्त्य हुने लिम्बुको विश्वास छ । लिम्बुका अनुसार पर्सा जिल्लामा एच.आइ.भी. एड्सबाट संक्रमित भइ नियमित औषधी सेवन गर्नेको संख्या ६ सय भन्दा बढि छ, ती मध्ये तेश्रो लिंगीको संख्या मात्रै १ सय छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि