Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा पहिलो दिन जन्मसिद्ध नागरिकका १२१ सन्तानले वंशजको नागरिकता लिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ११, २०८०
पर्सामा पहिलो दिन जन्मसिद्ध नागरिकका १२१ सन्तानले वंशजको नागरिकता लिए

वीरगंज (पर्सा), ११ असार । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानहरूको भीड बढेको छ । नयाँ नागरिकता ऐन अनुसार पहिलो दिन पर्साबाट जन्मसिद्ध नागरिकका १ सय २१ जना सन्तानले वंशजको नागरिकता लिएका छन् भने नागरिकता प्राप्तिका लागि हालसम्म ३ हजार ६ सयभन्दा बढीले आवेदन दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो दिन आइतबार जन्मसिद्ध नागरिकका सन्तान १ सय २१ जनाले बंशजको नागरिकता प्राप्त गरेको कार्यालयका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । लामो समयदेखि अड्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपनि जेठ १६ गते सर्वोच्च अदालतमा रिट परेको थियो । रिट परेपछि सर्वोच्चले अन्तरिम आदेश गरेको थियो । त्यसपछि जेठ ७ मा भएको अन्तिम सुनुवाइमा अन्तरिम आदेश खारेज भएपछि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्ने बाटो खुलेको हो । अल्पकालीन आदेश जारी नगर्ने अन्तरिम आदेश जारी गरेसँगै उक्त ऐन कार्यान्वयनमा आएको हो ।

नयाँ नागरिकता ऐन अनुसार आइतबारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न सुरु गरिएक्े पौडेलले बताए । नागरिकता लिनेहरूको भीडलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय पर्साले अनलाइन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको पौडेलले बताए । ’सेवाग्राहीहरूलाई कार्यालयमै आएर लाइन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् र सास्ती तथा हैरानी खेप्न नपरोस् भन्नका लागि अनलाइन टोकन प्रणालीबाट सेवा दिन थालिएको हो,’ पौडेलले भने । अनलाइनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भए बमोजिमको मितिमा आएर सेवा लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय पर्साको वेबसाइटमा गएर अनलाइन टोकन लिन सक्नेछन् ।

सोमबार दिउँसो १ बजेसम्म जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ६८४ वटा टोकन वितरण भइसकेको पौडेलले जानकारी दिए । पर्सा जिल्लामा २०६३ सालमा खटेको नागरिकता टोलीबाट जन्मका आधारमा करीब १३ हजारभन्दा बढीले नागरिकता लिएको पौडेलले बताए । अहिले उनीहरूको छोराछोरी १५ हजारभन्दा बढी भएको र त्यही संख्यामा उनीहरूलाई बंशजको नागरिकता वितरण हुने अनुमान गरिएको पनि उनले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

साउन ८, २०८३
जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

साउन ७, २०८३
‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

साउन ७, २०८३
एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

साउन ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि