Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुर गाउँपालिकाले ल्यायो ४१ करोड ८८ लाख बराबरको बजेट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०८०
जगरनाथपुर गाउँपालिकाले ल्यायो ४१ करोड ८८ लाख बराबरको बजेट

वीरगंज (पर्सा), १० असार । पर्साको जगरनाथपुर गाउँपालिकाको ९ औं गाउँ सभाले आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रमहरु सर्वसहमतीले पारित गरेको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षमा सम्पन्न गाउँ सभामा अगामी आर्थिक बर्ष २०८०/०८१ को लागि रु ४१ करोड ८८ लाख १० हजार एक सय एक बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।

प्रस्तुत बजेट अनुसार भौतिक पूर्वाधार तथा विकास कार्यक्रममा ७ करोड ६ लाख, कृषि तथा पुशमा ८५ लाख ५० हजार, समाजिक विकास तर्फ शिक्षामा २ करोड ३५ लाख २० हजार, स्वास्थ्यमा एक करोड १३ लखा, खाने पानी तथा चपाकाल जडानमा ४६ लाख ५० हजार, खेलकुदमा १२ लाख, समाजिक समावेशीकरणमा एक लाख बजेट छुट्याइएको छ । यसैगरी वन तथा विपद व्यवस्थापनमा ४७ लाख ५० हजार, सोलार सौर्यवती तथा विजुली वती जडानमा ४३ लाख, माठ मन्दिर मस्जिद तथा संस्कृतिक सम्पदा जगेर्नेमा एक करोड ४३ लाख, कार्यालय संचालन प्रशासनिक खर्च तथा जनप्रतिनिधहरुको सेवा सुविधा तथा कार्मचारीहरुको तलव भतामा ८ करोड ७९ लाख ९० हजार एक सय एक बजेट छुट्याइएको उपाध्यक्ष बबिता सिंहले वताइन ।

उनले व्यय तर्फ नेपाल सरकारको सर्शत चालु १६ करोड २६ लाख, पुजीगत खर्च ८६ लाख, समपुरक अनुदान ५० लाख, नेपाल सरकारको विशेष अनुदान ८० लाख, प्रदेश सरकारको समपुरक अनुदान २० लाख प्रदेश सरकारको विशेष अनुदान ३० लाख रहेको वताइन । गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षको नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । उनले विद्यालयलाई अपाङ्गता तथा बालमैत्री बनाइने वताए । उनले भने “कक्षा १० का विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिणर् हुने छात्र/छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।” साथै एमबिबिएस अध्ययनको लागि नाम निकाल्नेहरुलाई आर्थिक सहयोग सहित सम्मान समेत गरिने अध्यक्ष यादवले वताए ।

अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्रोसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए । उनले प्रत्येक वडाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडको अस्पताल संचालनको लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए । उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए । श्री ने.रा.मा.वि. संठीको विद्यालय प्राङ्गणमा भएको गाउँ सभाको ९ औं अधिवेशनको प्रदेस सभा सदस्य शंकर प्रसाद चौधरी, गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन रायले संयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको गाउँ सभामा नेपाली कांग्रेस पर्साका सह सचिव नबिन सिंह, महाधिवेशन प्रतिनिधि सहरुम राउत गद्दी, महम्द अफताब आलम, क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्या प्रसाद कुर्मी, गाउँपालिका अन्तर्गतका वडा सचिव, कर्मचारी, शिक्षक, संचारकर्मीसहित स्थानियहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

फाल्गुन २४, २०८२
पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

फाल्गुन २४, २०८२
गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

फाल्गुन २४, २०८२
नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

फाल्गुन २४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि