Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरी र राजस्वको रवैयाका कारण वीरगंजबाट हुने ढुवानी सेवा अनिश्चितकालका लागि बन्द

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०८०
प्रहरी र राजस्वको रवैयाका कारण वीरगंजबाट हुने ढुवानी सेवा अनिश्चितकालका लागि बन्द

वीरगंज (पर्सा), ७ असार । ट्रान्सपोर्ट व्यवसायीले वीरगंजबाट हुने खुद्रा तथा फुलट्रीप ढुवानी अनिश्चितकालका लागि बन्द गरेको छ । ढुवानीको क्रममा हुने विभिन्न समस्याको समाधानको पहलमा सम्बन्धित निकायले उदासिनता देखाएको भन्दै ट्रान्सपोर्ट व्यवसायीहरुले मंगलबारदेखि ढुवानी सेवा बन्द गरेका हुन् । ट्रान्सपोर्ट व्यवसायीहरुले ढुवानीको क्रममा हुने समस्याबारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै किसिमको पहल नभएपछि सेवा बन्द गरि साँचो पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाएका हुन् ।

वीरगंजको आदर्शनगर स्थित ट्रान्सपोर्ट एशोसिएशनको कार्यालयमा बसेको बैठकले सामान ढुवानीको क्रममा उत्पन्न हुने समस्याहरु हल गर्न स्थानीय प्रहरी प्रशासन र राजस्व अनुसन्धान विभागले कुनै पहल नगरेकोले खुद्रा तथा फुलट्रीप ढुवानी सेवा बन्द गरिएको ट्रान्सपोर्ट व्यवसायीहरुको भनाई छ । ढुवानी समस्या समाधानका लागि व्यवसायीहरु गत शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझाएकै दिन एशोसिएशनले पत्रकार सम्मेलन गरि राजस्व र प्रहरीले दिदै आएको अनावश्यक दुःखको समाधान नगरे ढुवानी सेवा बन्द गर्ने चेतावनी समेत दिइएको थियो । तर हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको पहल नभएपछि बाध्य भएर अनिश्चितकालका लागि ढुवानी सेवा बन्द गरिएको उनीहरुको भनाई छ ।

उनीहरुका अनुसार सामानहरु कानूनसम्मत रुपमा ढुवानी गर्दै आएपनि प्रहरीले अनावश्यक रुपमा बिलबिजक नै नभएको जस्तो दुव्र्यवहार गरि अनुसन्धानका नाममा राजस्व तथा भन्सार कार्यालयमा पठाउने गरेको बताए । बिलबिजक भएका सामान समेत राजस्व अनुसन्धानमा चेकजाँच गराउँदा १० देखि १२ दिनसम्म लाग्ने गरेको छ । यसबाट व्यवसायीहरुले अनावश्यक रुपमा झनझट खेप्नु परेको उनीहरुको भनाई छ ।

एउटा मालवाहक ट्रकमा खुद्रा सामानका कम्तिमा ४० देखि एक सय सम्म पार्टीहरु हुन्छन्, सबै पार्टीको श्रोत ल्याउनु, केहिको खाता ल्याउनु, पार्टी बोलाउनु, अडिटर बोलाउनु जस्ता अनेकौं विषयको झनझन राजस्व अनुसन्धान कार्यालयमा हुने गरेको उनीहरुको भनाई छ । बिल बिजक भएका पार्टीको सामान पनि चेकजाँचको नाममा १० देखि १२ दिनसम्म थन्किरहन्छ, जसको कारण ट्रक डिटेन्सन हँुदा प्रतिदिन चालक र सहचालकलाई ५ हजार रुपैयां खर्च दिनुपर्ने कारण व्यवसायीहरु मर्कामा परेको बताए ।

भीसीटीएसको माध्यबाट सरकारको अनलाईन कम्प्युटरमा प्रविष्टिकरण भई पठाइएको माल सामान तथा पार्टीको सम्पूणर् लेखाजोखा कम्प्युटरमा हुँदाहुँदै त्यसको उपयोग नगरी ढुवानी व्यवसायीहरुलाई मात्र अप्ठ्यारोमा पार्ने काम भइरहेको ढुवानी व्यवसायीहरुको भनाई छ । अनुसन्धान प्रक्रिया छरितो पार्नुपर्छ, गलत गर्नेलाई कारवाही गर्नुपर्छ, तर सही काम गर्दा गर्दै पनि प्रहरी र राजस्वको रवैयाले अधिकांश ढुवानी व्यवसायी मर्कामा परि रहेको उनीहरुको आरोप छ ।

समास्या समाधान नहुन्जेलसम्म ढुवानी सेवा ठप्प रहने ट्रान्सपोर्ट एशोसिएशनले जनाएको छ । ‘ट्रान्सपोर्ट हब’ को रुपमा रहेको वीरगंजमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आवद्ध छन् । वीरगंजका दुईवटा भन्सार र औद्योगिक क्षेत्र बाहेक ट्रान्सपोर्ट एशोसिएसनमा आवद्ध व्यवसायीहरुले दैनिक एक सयको हाराहारीमा ट्रकमा विभिन्न माल सामान लोड गरि मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि