Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अग्रवालको अध्यक्षतामा एनवाइइएफ वीरगंजको नयाँ कार्यसमिति गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ४, २०८०
अग्रवालको अध्यक्षतामा एनवाइइएफ वीरगंजको नयाँ कार्यसमिति गठन

वीरगंज (पर्सा), ४ असार । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न एनवाइइएफ वीरगञ्ज च्याप्टरको तेस्रो साधारणसभाले सर्वसहमतिबाट सन्दीप अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यहाँस्थित होटल लर्ड्स दियालो प्लाजामा आयोजित साधारणसभाले आगामी वर्ष २०८०/८१ को कार्यकालका लागि अग्रवालको नेतृत्वमा गठन गरेको कार्यसमितिको प्रथम उपाध्यक्षमा पंकज अग्रवाल र दृतिय उपाध्यक्षमा विश्वास प्रताप साह चयन भएका छन् ।

त्यसतै कार्यसमिति सदस्यमा विकास ठाकुर, अक्षत शाह, मनिषा सुनुवार श्रेष्ठ, मोहित गुप्ता, दीपल खन्ना, किसन केयाल, सूरज रुङ्ग्टा, चन्दन सिंह र राधा हमाल चयन भएका छन् । च्याप्टरको आमन्त्रित कार्यसमिति सदस्यमा मनिष सिस्का र रिकेश साहलाई मनोनित गरिएको छ । निवर्तमान अध्यक्ष राकेश साहलाई पनि एनवाइइएफको प्रावधानअनुसार कार्यसमिति सदस्यमै राखिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिए । त्यसैगरी च्याप्टरको सल्लाहकार समितिमा एनवाइइएफ वीरगञ्जका संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्य, पूर्वअध्यक्ष अनुप अग्रवाल, राहुल अग्रवाल र आशिषकुमार लाठलाई मनोनित गरिएको छ ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले साधारणसभाको सफलताको कामना गर्दै नगर विकासका लागि युवा उद्यमीसँग आफू सधै हात्तेमालो गर्न तयार रहेको बताए । ‘तपाईँ युवाहरु मेरो ऊर्जाका स्रोत हुनुहुन्छ । तपाईँहरुसँग मिलेर काम गर्न म सधै तयार छु, आउनुहोस हात्तेमालो गरौँ, के गर्न सकिन्छ मिलेर गरौँ,’ उनले भने ।

मेयर सींहले वीरगञ्जमा नयाँ किसिमको उद्योग, व्यवसाय र उद्यमको स्थापना गर्नुपर्नमा जोड दिँदै भने, ‘त्यहीँ परम्परागत सिमेन्ट, छडको उद्योग नखोलेर अब युवा साथीहरुले नयाँ किसिमको उद्योगमा लगानी गर्दै स्थानीयहरुका लागि रोजगारीको सृजना गर्नु पर्‍यो ।’ नयाँ उद्योग र व्यवसाय स्थापनाका लागि आवश्यक मैत्रीपूर्ण नीति बनाउन महानगरपालिका सधै तयार रहेको उनले बताउँदै उनले थपे, ‘बोलाएर मात्र आउँछु भन्ने प्रवृति पनि छाड्नुपर्‍यो, महानगर तपाईँ सबैको हो, यसलाई वैभव बनाउँने जिम्मा पनि तपाईँ सबैको । आउनुहोस, हात्तेमालो मात्र नगरेर काँधमा काँध मिलाएर अगाडि बढौँ ।’

उनले वीरगञ्जलाई युवा मैत्री शहर बनाउँन एनवाइइएफबाट आफूले आगामी वर्षमा वर्तमान भन्दा दश गुणा बढी काम र सहकार्यको अपेक्षा गरेको बताए । नवनिर्वाचित अध्यक्ष सन्दीप अग्रवालले सिकाइमार्फत सदस्यहरुको नेतृत्व र उद्यमशीलता विकास गर्ने तर्फ आफ्नो कार्यकाल केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । अघिल्लो नेतृत्वबाट प्राप्त सिकाइलाई लागू गर्दै आगामी वर्ष थप कार्यक्रम आयोजना गर्ने आफ्नो योजना सुनाउँदै उनले भने, ‘नयाँ र पूराना सदस्य विचको सम्बन्धलाई प्रगाढ बनाउने किसिम गतिविधिलाई मैले प्राथमिकतामा राख्ने छु, एक अर्कासँग सिक्दै नेतृत्व र उद्यमशीलता विकास गरेर आफ्नो व्यवसाय र उद्यममा योगदान गर्न सक्ने किसिमको माहोल बनाउने मेरो प्रयास रहन्छ ।’

त्यसतै देशका अन्य स्थानमा रहेका एनवाइइएफ च्याप्टरसँग सम्बन्ध विस्तार, नेपाल उद्योग वाणिज्य महासङ्घ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, व्यापार तथा निकास प्रवर्द्धन केन्द्र, भन्सार कार्यालय, आन्तिरक राजश्व कार्यालय, वीरगञ्ज महानगरपालिकासहित जिल्लाका अन्य स्थानीय तहसँगको सहकार्यमा पनि सिकाइका कार्यक्रमको आयोजना गर्दै उनीहरुसँगको सम्बन्धलाई थप मजबूत बनाउने आफ्नो योजनाका रहेको अग्रवालले सुनाए । यस्तै स्थानीय स्तरमा वित्तीय, सञ्चार संस्था र अन्य सङ्घ संस्थाहरुसँग पनि समन्वय गरेर कार्यक्रमको आयोजना गरिने उनले बताए । ‘विगतका तिन वर्षमा एनवाइइएफले प्राप्त गरेको पहिचानलाई थप उँचाईमा पुर्‍याउने मेरो प्रयास रहने छ,’ अग्रेवालले भने । आगामी दिनमा एनवाइइएफ वीरगञ्जले जिम्मा पाएको वीरगञ्ज रात्री बजार जस्ता कार्यक्रमलाई थप व्यवस्थित ढङ्गले आयोजना गर्दै सहभागिता बढाइने उनले बताए ।

अग्रवालले सङ्घीय सरकारले अगाडि सरेको मेड इन नेपाल अभियानसँग एनवाइइएफको भिजन मिल्दोजुल्दो भएको बताउँदै भने, ‘कोभिड-१९ महामारीका कारण तयारी गरेर पनि आयोजना गर्न नसकिएको मेड इन नेपाल कार्यक्रम आफ्नो कार्यकालमा गर्ने म प्रयासरत रहनेछु । त्यसकासाथै स्टार्टअप कल्चरको विकास, नयाँ उद्यमीहरुको पहिचान, लगानीको अवसर सृजना गर्ने किसिमका कार्यक्रमलाई मैले प्राथमिकतामा राख्ने छु ।’ एनवाइइएफका वीरगञ्जका प्रथम अध्यक्ष अनुप अग्रवाल र निवर्तमान अध्यक्ष राकेश साहको कार्यकाल सफल भएको बताउँदै उनले थपे, ‘पहिलो वर्षमा हामीले विभिन्न सरकारी, निजी र गैह्र सरकारी सङ्घसंस्थासँगको समन्वयमा कार्यक्रमको आयोजना गरेर एनवाइइएफ वीरगञ्जको पहिचान स्थापना गर्दै सम्बन्ध विस्तार गर्‍यौं भने दोस्रो कार्यकालमा पहिलो वर्षको पहिचानलाई थप उँचाईमा पुर्‍याउन सफल भयौं ।’

एनवाइइएफका निवर्तमान अध्यक्ष राकेश साहको सभापतित्वमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहले प्रमुख आतिथ्य गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारी, एनवाइइएफ एनजीसीका अध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष साहारा जोशी, दृतिय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, एनजीसी सदस्य कृष्ण सापकोटा, नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैध, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उद्योगपति एवम् अर्थविद् जगदीश अग्रवाल, वरिष्ठ उद्योगपति रमेश अग्रवाल, लायन्स क्लबका देवकी नन्दन अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहलगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि