Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सखुवाप्रसौनी गाउँपालिका : अध्यक्ष र अधिकृतको नातेदार-कार्यकर्ता भर्तीकेन्द्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ४, २०८०
सखुवाप्रसौनी गाउँपालिका : अध्यक्ष र अधिकृतको नातेदार-कार्यकर्ता भर्तीकेन्द्र

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ४ असार । पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले ऐन नियम मिचेर आफन्त नातेदारलाई कार्यालयमा जागिर लगाएका छन् । गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले ऐन नियम मिचेर आफन्त, नातेदार एवं पार्टीका कार्यकर्ताहरुलाई जागिरे बनाएका हुन् । अध्यक्ष यादवले पालिकामा विभन्नि शिर्षकमा खुलेयाम भ्रष्टाचार गरेका छन् भने त्यसमा अधिकृत साहले साथ दिएका छन् र मौकामा चौका हान्दै आफ्नो सालीलाई जागिरे बनाएका छन् ।

अध्यक्ष यादवको ऐन नियमको धज्जी उडाउँदै पालिकाको कार्यालयदेखि वडाको कार्यालयसम्म विभिन्न पदमा आफन्त, नातेदार, पार्टीका कार्यकर्ता भर्ति गरेका छन् भने आफ्ना सालीलाई भर्ती गरेर प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले साथ दिएका छन् । पालिकामा कार्यरत अदितप्रसाद यादव पालिका अध्यक्ष यादवका नातेदार हुन् । यस्तै, ६ नम्बर वडा कार्यालयमा कार्यरत दीपराज प्रसाद यादव पार्टीका कार्यकर्ता हुन् । कृपा सिन्धु गौरो पनि पार्टी कार्यकर्ता हुन् । अरु त अरु, रमाइलो त यो छ कि, जोशजाँगर भएका र आशा गरिएका युवा अध्यक्षले मालपोत कार्यालय वीरगंजमा लेखनदास बनेर बसिरहेको भेटिने कन्जन सहनीलाई पनि जागिर दिएका छन् ।

मालपोत कार्यालयमा भेटिए पनि उनको खातामा पालिकाले ३२ हजार ५ सय २१ रुपैयाँ ५० पैसा तलब पठाइरहेको छ । सुपरभाइजर पदमा राखिएका नागेन्द्र प्रसाद यादव पनि पालिका अध्यक्षका मान्छे हुन् । अध्यक्ष जसवन्त यादवले आफ्ना साला सुनिलकुमार यादवलाई कम्प्युटर शाखामा जागिर दिएका छन् । उनलाई कम्प्युटरको ज्ञान भने छैन तर उनले मासिक ३४ हजार ३ सय ८२ रुपैयाँ ७० पैसा तलब खान्छन् । यस्तै, सन्नीप्रसाद महतो पनि अध्यक्ष यादवका नाता पर्ने कर्मचारी हुन् ।

यहाँ पढेलेखेका युवाहरु कामको खोजीमा भौतारि रहेका छन् तर राजनीति दलको आडमा पालिका प्रमुख एवं कार्यकारी अधिकृत हुने वित्तिकै जुनसुकै नियम कानूनलाई लत्याउँदै अनभिज्ञ व्यक्तिहरु पनि जागिर हुने रैछन भन्ने उदाहारण हो । भर्तिकेन्द्र बनाउनमा साथ दिने प्रमुख प्रशासकीय अधिकृत पनि चतुर छन् । जुन पालिकामा गएपछि विवाद गराएको कुनैपनि पालिका छैन । खुलेयाम भ्रष्टाचार गर्न पल्केका अधिकृत साह मौका छोपी र अध्यक्षको भ्रष्टाचारीमा साथ दिदै आफ्नै सालीलाई रोजगार सहायकमा नियुक्त गरी खातामा पैसा पठाइदिएको पाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

भदौ ७, २०८३
सप्तरीमा दुई वर्षीया खुशीको शंकास्पद मृत्युः घरअगाडिबाट हराइन्, घरपछाडिको झाडीमा शव

सप्तरीमा दुई वर्षीया खुशीको शंकास्पद मृत्युः घरअगाडिबाट हराइन्, घरपछाडिको झाडीमा शव

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि