Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनियमित बिद्युत कटौतीले बीरगंजबासी हैरान, बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई सास्ती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ४, २०८०
अनियमित बिद्युत कटौतीले बीरगंजबासी हैरान, बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई सास्ती

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ४ असार । मुलुकले विधुत निर्यात गरेर अर्बौ रुपैया आम्दानी गरिरहेको बेला देशको औधोगिक तथा आर्थिक नगरीको रुपमा चिनिने बिरगंजमा अनियमित बिधुत आपूर्तिको कारण स्थानीयबासी निकै कष्टकर जीवन बिताई रहेकाछन । नेपालमा मनसुन प्रवेश गरेपनि बारा र पर्सामा अझै पानी पर्न सकेको छैन, त्यसमाथि पटकपटकको विधुत कटौतीले सर्वसाधारण थप मारमा परेका छन ।

पर्सामा जेठको पहिलो सातादेखि गर्मी बढेसंगै अनियमित विधुत कटौतीले सर्वसाधारणको जिवन थप कष्टकर बन्दै गइरहेको छ । पटकपटक हुने गरेको विधुत ट्रिपीङले बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई सास्ती भोग्न बाध्य छन भने विधुतिय उपकरणहरुमा समेत क्षति पुगेको छ । बढदो प्रचण्ड गर्मी त्यसमाथि लो भोलटेजका कारण अस्पतालमा कुरुवाहरुले आफ्ना विरामीलाई सहज होस भन्दै आफै विधुतिय पंखा खरिद गरी राखेका छन ।  छिनछिनमा विधुत आउने जाने समस्याले उद्योग कल कारखानादेखि कार्यालयमा काम गर्ने कर्मचारीसम्मलाई सास्ती छ । गर्मीयाममा विधुत कटौति हुने, ट्रिपीङ हने समस्या कुनै नौलो कुरो होईन । तर नेपाल विधुत प्राधिकरणले दिर्घकालिन सामाधानतर्फ खासै चासो नदेखाएको कारण तराई क्षेत्रका बासिन्दाहरुले प्रत्येक वर्ष अघोषित लोडसेडिङको समस्या झेल्दै आइरहेका छन ।

अहिले वीरगञ्जमा २ सातादेखि रातको समयमा विधुत कटौती हुने गरेको छ । राती सुत्ने समयमा घण्टौँसम्म विधुत काट्नाले बिरगंजबासी निकै मर्कामा परेका छन् । एकातर्फ खानेपानीको अभावले सताइरहेको पर्साबासीलाई अनियमित विधुत कटौतीले थप पिडा थपेको छ । दैनिक हुने अघोषित लोडसेडीङ्गले आफूहरुको दैनिकी जीवननै प्रभावित भएको स्थानीयको गुनासो छ । विधुत ट्रिपीङको समस्याले यहाँका संचारमाध्यम समेत अछुतो रहन सकेन । दिनमा १०÷१५ पटक बिजुलीको लाइन आउनेजाने समस्याले कतिपय संचारकर्मीहरु समयमा समाचार सम्प्रेषण गर्न सकेका छैनन भने कतिपयको विधुतिय उपकरणहरुमा क्षति पुगेको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी बताउँछन् ।

प्रचण्ड गर्मीको बेला यसरी लाईन जानुले उपभोक्ताहरु मारमा परेको भन्दै विभिन्न राजनीतिक दलहरुले ज्ञापन पत्र बुझाई आनदोलन गर्ने चेतावनी समेत दिएका थिए । तर, विधुुत कटोतीको समस्या भने ज्यूको त्यू छ । अघोषित लोडसेंडीङले यहाँका उद्योगी व्यवासीहरु समेत हैरान छन् । पटक पटक लाईन जाने समस्याले उत्पादनमा कमी आएको वीरगञ्ज उद्योग वाणिज्य संघका अधयक्ष अनिल अग्रवालको गुनासो छ । गर्मीयाममा उद्योग कलकारखाना सहित पर्सामा २ सय २० मेगावाट भन्दा बढी विधुतको माग रहेको छ । तर विधुत प्राधिकारण वीरगञ्ज वितरण केन्द्रले जम्मा १ सय ७० मेगावाट आपूर्ति गरिरहेको छ । वीरगञ्जमा मात्रै दैनिक ६० मेगावाट विजुली आपूर्ति भइरहेको छ ।अघोषित लोडसेडिङको समस्याको सम्बन्धमा विधुत प्राधिकरण वीरगञ्जले रेडिमेड जवाफ दिएको छ । माग र आपूर्तिको असन्तुलका कारण विधुत ट्रिपीङको समस्या छ, उक्त समस्याको समाधानका लागि नगरका विभिन्न ठाउँमा ट्रान्सफमर लगाउने कार्य शुरु हुने नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार झा बताउछन् । नेपाल सरकारले पेट्रोलियम पदार्थलाई बिस्थापित गर्दै विधुतिय सवारीसाधन र चूलोको प्रयोगलाई प्रोत्साहित गर्ने भनेपनि पटकपटकको अनियमित विधुत कटौतीले विधुतिय सामाग्रीको प्रयोग प्रति सर्वसाधारणको आकर्षण घट्दै गईरहेको छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि