Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ नेतृत्व आएसँगै वीरगंज महानगर सुन्दर र हरित सहरको रुपमा चिनिँदै

सौन्दर्यकरणलाई पहिलो प्राथमिकतामा राख्दै सरसफाई अभियानमा विशेष जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३२, २०८०
नयाँ नेतृत्व आएसँगै वीरगंज  महानगर सुन्दर र हरित सहरको रुपमा चिनिँदै

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३२ जेठ । कुनैबेला लामखुट्टे र फोहोर सहरको रुपमा चिनीने पर्साको वीरगञ्ज नगर अहिले सफा र चिटीक्क देखिन थालेको छ । बीरगंज महानगरपालिकामा नयाँ नेतृत्व आएसंगै लामो समयदेखि अस्तब्यस्त सडक र खुल्ला नालाको कारण दुर्गन्धित बनेको नगरमा अकल्पनिय सुधार भएको छ । महानगरपालिले बीरगंज नगर क्षेत्रको सौन्दर्यकरणलाई पहिलो प्राथमिकतामा राख्दै सरसफाई अभियानमा विशेष जोड दिएको छ ।

मधेश प्रदेशको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगञ्ज यतिवेला व्यवस्थित सहरको रुपमा परिचित हुन थालेको छ । वीरगञ्जलाई हरियाली, सफा र हेर्न लायक बनाउन वीरगञ्ज महानगरपालिकाले विकासका विभिन्न कार्यहरु गर्दे आएको छ । एक वर्षंको अवधिमा सरसफाई क्षेत्रमा फड्को मारेको वीरगञ्जलाई सुन्दर बनाउने अभियान लिएर महानगर अघि बढेको छ । दैनिक तीन पटक हुने सरसफाइको कारण सुन्दर बनेको बीरगंज साझपख विभिन्न ठाँउमा जडान गरिएको झिलिमिली बत्तीले झन सुन्दरता थपेको छ ।

वीरगञ्ज महानगरपालिकाले सरसफाईमा नो कम्प्रोमाईज भन्दै सडकमा जथाभावि फोहोर फ्याक्नेलाई ५ सय देखि ५० हजारसम्मको दण्ड जरिवाना समेत गर्दै आएको छ । गत २०७९ पुष १७ गतेदेखि हालसम्म महानगरपालिकाले जथाभावि फोकोर फयाकने ४ सय ९० जनालाई कारवाही गरे बापत १२ लाख ६७ हजार ५ रुपैयाँ राजश्व संकलन गरेको छ । जरिवाना पश्चात पनि पुन फोहोर फ्याकेर अटेरी गर्नेलाई सार्वजनिक मुद्दा चलाउने महानगरपालिकाले तयारी अगाडी बढाएको छ ।

नगरको सरसफाईको लागि १० वटा टयाकटर मार्फत दैनिक ३ पटक फोहोर संकलन गर्ने गरिन्छ, त्यसको लागि ३ सय ३ जना सरसफाईकर्मी परिचालन गरिएको छ । वीरगञ्ज महानगर अन्तरगत ३२ वटै वडामा फोहोर संकलन गर्न सहज हुने भन्दै प्रत्येक वडामा ट्रयाक्टर प्रदान गरिएको वीरगञ्ज महानगरपालिकाका सरसफाई अधिकृत सर्फुद्दीन मियाँले बताएका छन् । अहिले महानगरपालिकाले विगत ३ दशकदेखि फोहोरले जाम भएको नालाहरु सरसफाई गरिरहेको छ ।

यस्तै नगरलाई हरित सहर बनाउने उदेश्यले हालसम्म २ हजार विरुवा रोपेको छ भने आगामी असारसम्म थप १५ सय विरुवा रोप्ने लक्ष्य लिएको वीरगञ्ज महानगरका वृक्षारोपण तथा सरसफाई संयोजक प्रकाश खेतानले बताएका छन् ।  अव्यवस्थित तरिकाले झुण्डेको नेटका तारले महानगर कुरुप देखिएको भन्दै महानगरपालिकाले हालसम्म १० हजार किलो प्रयोग बिहीन तारहरु निकालेको छ भने सो कार्य जारी रहेको छ । कुनैबेला फोहोर र दुर्गन्धका कारण वीरगञ्ज आउन नरुचाउनेहरु अहिले नगरको मुहार परिवर्तन भए संगै प्रशंसा गर्न थालेका छन् ।

वीरगञ्जलाई धार्मीक पर्यटकिय नगरीको रुपमा विकास गर्न गहवामाई मन्दिर लगायत धार्मीकस्थल सौन्दर्यकरण गरिनुका साथै घण्टाघर, शंकराचार्य गेटको रंगरोगन गरी श्रृगार्ने कार्य भइरहेकोे वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह जानकारी दिए । उनले बालबालिकाहरुको मनोरञ्जनका लागि कृत्रिम जनावर तथा अन्य मुर्तिहरु राखिएको भन्दै  वीरगंजलाई मैत्री शहरको रुपमा विकास गर्ने योजना अनुरुप भारतीय पर्यटकबाट अशुल गरिने वार्षीक साढे ६ करोडको सवारी व्यवस्थापन कर खारेज गरिएको बताए ।

कोभिडका कारण थलिएको बजार चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर रात्रि बजार सुरुवात गरिएको गरी  हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजारलाई अघि बढाइएको नगर प्रमुख सिंहले बताए । अहिले महानगरपालिकाले माइस्थान नजिकै रहेको मिना बजार क्षेत्रको सडकमा पेभर्स लगाएर चिटिक्क पार्ने काम गरिरहेको छ भने विर्ता माई मन्दिर क्षेत्रलाई पनि सौन्दर्यकरण गर्न मन्दिर परिसरमा  पेभर्स लगाउने काम सुरु गरिएको छ ।

नेपालको प्रवेशद्धार तथ आर्थिक नगरीको रुपमा चिनिने बीरगंज शहरलाई हरियाली बनाउनुको साथै धार्मीक पर्यटकलाई भित्राउने योजना अगाडी सारेको छ । महानगरपालिकाले पर्यटन गतिविधि बढाउने उद्धेश्य लिई बीरगंजको ऐतिहासिक गहवामाई मन्दिरको प्राङ्गण, घण्टाघर, शकराचार्य गेटलाई विशेषरुपमा सजाउने अभियान अघि बढाएको छ । यसले वीरगञ्जको अर्थ व्यापारलाई चलायमान बनाउने महानगरपालिकाको विश्वास छ ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि