Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज प्रतिनिधिसभा निर्वाचन पर्सामा चुनावी सरगर्मी उत्कर्षमा रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट प्रतिनिधिसभा उम्मेदवार रास्वपा सभापति रवि लामिछाने पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पूर्व पश्चिम राजमार्गको चन्द्रपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०८०
पूर्व पश्चिम राजमार्गको चन्द्रपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर (रौतहट), ३० जेठ । रौतहटमा कारको ठक्करबाट घाइते भएका एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित पूर्व पश्चिम राजमार्गको मुनलाईट स्कुलअगाडि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कारले ठक्कर दिदाँ गम्भीर घाइते भएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ ठाडाटोल बस्ने ४७ वर्षीय शंकर थापा मगरको मंगलबार उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक विमला कठायतका अनुसार बागमति प्रदेश ०१–०२७ च ८१५६ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ६४ प ३४२१ नम्बरको मोटरसाइकल र ना ४३ प ४२८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उनका अनुसार ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई स्थानीय चन्द्रपुर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पताल लगिएकोमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । मृतक थापा मगरको शरीरको बाहिरी तथा भित्री अंगहरुमा चोट लागेको चन्द्रपुर ४ का वडाध्यक्ष रवि राना मगरले जानकारी दिए ।

त्यसैगरी स्कुटरमा सवार चन्द्रपुर ५ बस्ने नितेश कुमार गुप्ताको पनि देब्रे हात भाँचिनुको साथै ढाड, छाति, खुट्टालगायतमा चोट लागेको छ । उनको स्थानीय चन्द्रपुर अस्पतालमा उपचार पश्चात डिश्र्चाज गरिएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस मधेस प्रचारप्रसार प्रमुख समेत रहेका घाइते गुप्ताको अनुसार लापरवाहीपूर्व चलाएको कार निकै तिब्र अनियन्त्रित गतिमा आइरहेको कारले सुरुमा मोटरसाइकललाई ठक्कर दिएर उनी सवार स्कुटरलाई ठक्कर दिएको थियो । कार चालक सर्लाहीका रामबाबु रायलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिइ म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

माघ ८, २०८२
निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

माघ ८, २०८२
दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

माघ ८, २०८२
‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

माघ ७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि