Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठगी मुद्धाका अभियुक्त यादवलाई जिल्ला अदालत पर्साबाट उन्मुक्ति दिन चलखेल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २९, २०८०
ठगी मुद्धाका अभियुक्त यादवलाई जिल्ला अदालत पर्साबाट उन्मुक्ति दिन चलखेल

वीरगंज (पर्सा), २९ जेठ ।
पर्सा प्रहरी हिरासतमा रहेका भारतीय नागरिकलाई छुटाइदिने भन्दै आफन्तसँग पैसा ठगेको अभियोगमा पक्राउ परेका दुईजना व्यक्तिलाई जिल्ला अदालत पर्साले उन्मुक्ति दिन खोजेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला अदालत तथा सरकारी वकिल कार्यालयको नाममा पैसा असूल गरेको अभियोगमा पक्राउ परेका पकाहामैनपुर गाउँपालिका वडा नं. १ धोरे निवासी मनिष यादव र फारुख मियाँलाई जिल्ला अदालत पर्साले नै उन्मुक्ति दिन खोजेको आरोप लागेको हो ।

जिल्ला अदालत पर्साका सरकारी वकिल र न्यायधीशलाई रकमको प्रलोभनमा पारी यादव र मियाँलाई ठगी मुद्दाबाट धरौटीमा रिहा गर्न चलखेल भइरहेको श्रोतले बताएको छ । श्रोतका अनुसार यादव र मियाँलाई धरौटीमा रिहा गर्नका लागि ३२ लाख रुपैयाँको बार्गेनिङ्ग भएको बताएको हो । उनीहरु विरुद्ध चलाइएको ठगी मुद्दाको थुनछेक सोमबार हुँदैछ । थुनछेक पश्चात यादव र मियाँलाई उन्मुक्ति दिने जिल्ला अदालत पर्साको नै योजना रहेको बताइएको हो ।

पक्राउ परेका दुबैजनालाई पहिला जिल्ला प्रहरी कार्यालय पर्साले नै मुद्दा कमजोर बनाई उन्मुक्ति दिन खोजेको थियो । तर विभिन्न सञ्चारमाध्यमहरुमा समाचारहरु प्रकाशन भएपछि पर्सा प्रहरी उनीहरुमाथि ठगी विरुद्धको मुद्दा चलाएको थियो । प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेर जिल्ला अदालत पर्सामा फाइल बुझाइसकेको छ भने त्यो मुद्दाको थुनछेक सोमबार गरेर उनीहरुलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत पर्साको योजना रहेको श्रोतको दाबी छ ।

गत वैशाख २६ गते पर्साको विन्दवासिनी गाउँपालिका – ५ प्रसौनीभाठ्ठाबाट श्रोत नखुलेको १२ लाख रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक धनञ्जय कुमार गुप्ता र मुसाहेब आलमलाई प्रहरी हिरासतमुक्त गराईदिने भन्दै मनिष र फारुखले उनीहरुको परिवारसँग ३ लाख ४० हजार रुपैयाँ लिएका थिए । हुण्डी कारोबारी आरोपमा पक्राउ परेका धनञ्जय र मुसाहेबलाई छुटाई दिन्छु भन्दै मनिष र फारुखले रकम लिएको पुष्टि पनि भइसकेको छ ।

पैसा दिएपनि हुण्डी कारोबारी आरोपी नछुटेपछि परिवारका सदस्यले पर्सा प्रहरी उपरीक्षक कोमलविक्रम शाहलाई आफूलाई ठगेको बारे जानकारी गराएका थिए । जानकारी पाउनसाथ प्रहरी उपरीक्षक शाहले मनिष र फारुखलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारको मुद्दा चलाएर उन्मुक्ति दिन खोजेको घटना सार्वजनिक भएपछि प्रहरीले उनीहरु विरुद्ध ठगी मुद्दा चलाएको थियो ।

अब प्रहरीबाट उन्मुक्ति पाउन नसकेपछि ठगीका आरोपीहरुलाई अदालतबाट उन्मुक्ति दिलाउन विभिन्न चलखेल भइरहेको बताइएको छ । श्रोतका अनुसार ठगी गर्नेहरु विरुद्ध प्रहरीमा उजुरी परेपछि मनिष र फारुखले धनञ्जयको परिवारलाई पैसा फिर्ता गरिसकेका छन् । धनञ्जय र मुसाहेब बारे सूचना दिनेपनि मनिष र फारुखनै रहको प्रहरी श्रोतको दावी छ । उनीहरुले लामो समयदेखि यसरी नै प्रहरीलाई विभिन्न व्यक्तिका बारेमा सूचना दिने र पछि पक्राउ परेका व्यक्तिका परिवारका सदस्यसँग पैसा लिएर मुद्दा मिलाउने धन्दा गर्दै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि