Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘जबरजस्ती करणी’ जघन्य अपराधको दलदलमा फसाइएका युवक, न्याय खोज्दै बुवा !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०८०
‘जबरजस्ती करणी’ जघन्य अपराधको दलदलमा फसाइएका युवक, न्याय खोज्दै बुवा !

न्यायको खोजीमा हिँडेका आरोपितको बुवा राजदिन मियाँ ।

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २४ जेठ । नेपालमा महिलाको हकमा कडा ऐन कानून छ । महिला विरुद्ध कसुरको मुद्दामा मामिलामा जो ले पनि पुरुषलाई नै कसुरदार सम्झिन्छ । एउटा महिलाले आफूमाथि अन्याय भयो, शोषणमा परियो, पीडित भइयो भन्दा प्रहरी प्रशासन एवं न्यायालयले धरै चाँडो कारवाही प्रक्रियामा जान्छ । त्यो भन्दा पनि जबरजस्ती करणी, हत्या जस्ता घटनामा त कुनै सुनुवाई नै छैन, सिधै कारागार ! तर यो अधिकारको दुरुपयोग पनि हुन सक्छ या कसैले गर्छ, या कसैले यो अधिकारलाई कमाई खाने भाँडो बनाउँछ भन्ने कसैले कल्पना पनि गरेका थिएनन् । तर अहिले तराईका जिल्लाहरुमा महिलालाई ढाल बनाई विभिन्न मुद्दा बनाई आरोपिलाई ब्याकमेलिङ्ग गर्ने गरेको घटनाहरु थुप्रै छन् । फिल्मी शैलीमा एउटा जान्ने व्यक्तिको सहयोगमा महिलाको हक अधिकारलाई दुरुपयोग गर्दै मुद्दा मामिला खडा गरि समाजमा पैसाको बार्गेनिङ्ग गर्ने गरिएको घटना नौलो होइन ।

यहाँ दिनहुँ यस्ता घटनाहरु भइरहन्छ । प्रहरी प्रशासन एवं न्यायालयले विवेक पुर्‍याएन भने कतिजना निर्दोषहरु कारागार पुग्छन्, त्यो अनुमान पनि लगाउन सकिँदैन । हो यस्तै घटना भएको छ पर्साको पटेर्वासुगौली गाउँपालिकामा । ‘जबरजस्ती करणी’ जस्तो जघन्य अपराधको आरोप लगाई एक युवकको जीवनसँग खेलवाड भइरहेको घटना सार्वजनिक भएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं. १ मलोलीटारी टोल बस्ने राजदिन मियाँले राजनीतिक प्रतिशोधले आफ्नो छोरा विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको गुनासो पोखेका छन् । राजनीतिक प्रतिशोधका कारण गाउँका केही व्यक्तिहरुले आफ्नो २६ वर्षीय छोरा सलाबद्दीन मियाँ धुनिया विरुद्ध छिमेकी एक महिलासँग आफ्नो १४ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको भनेर मुद्दा दर्ता गराएको बताए । जिल्ला अदालत पर्सामा धुनिया विरुद्ध नाबालिकलाई जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

स्थानीय तहको निर्वाचनको बखत नै नेकपा एमाले एवं प्रतिपक्ष दलबीच भएको विवादमा आफूले विजयी भएका नेकपा एमाले पार्टीलाई सघाएकै कारण विपक्षी दलका नेता कार्यकर्ताहरुको ग्राइन डिजाइनमा आफ्नो छोरामाथि जबरजस्ती करणको मुद्दा दर्ता गरेर आफूलाई दुःख दिने काम गरिँदै आएको बताए । जबरजस्ती करणी भएको दिन छोरा चितवन जिल्लाको नारायणघाट स्थित आफ्नो कर्मथलोमा रहेको अवस्थामा पनि जबरजस्ती करणी जस्तो जघन्य अपराधको मुद्दा हालेर छोरालाई फसाइएको दुःखेसो पोखे । जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराउँदा बखत जाहेरीकर्ता महिलाले तीनजना साक्षी राखेका छन्, ति व्यक्तिहरुलाई पनि के को मुद्दा हो, किन हस्ताक्षर गराइँदैछ भनेर केही थाहा नभएको पाइएको छ । अदालतमा गरिएको मुद्दामा स्थानीय अलि अहमद मियाँ दर्जी, शंकर प्रसाद यादव र मदन झालाई सरकारी गवाह बनाइएको छ । तर यि तिनैजनामध्ये कसैलाई थाहा छैन कि म कुन कागजातमा हस्ताक्षर गर्दैछु । यसमध्ये त एकजनाको हस्ताक्षर नै छैन । एकजना मदन यादव भन्ने व्यक्ति त जाहेरीदर्ताको दिन नारायणघाट स्थित आफ्नो कर्मथलोमा थिए ।

मदन यादवले आफ्नो नाम राख्नेलाई गाली गर्छन् । उनले आफ्नो नाम कसरी आयो गवाहमा आफैलाई थाहा नभएको र आफू कुनै पनि किसिमको जाहेरी, उजुरीमा हस्ताक्षर नगरेको बताउँछन् । उनले कसले जाहेरी दियो, कसले मुद्दा दर्ता गरायो ? आफूलाई केही थाहा नभएको भन्दै यो घटनाबारे पनि आफूलाई केही जानकारी नरहेको बताए । यसैगरि अर्का गवाहको रुपमा रहेका शंकर यादवले यस घटनामा उजुरीकर्ता महिलाले आफूलाई झुक्याएर जिल्ला प्रहरी कार्यालय पर्सामा लगी हस्ताक्षर गर्न लगाएको बताए । उनले आफु बैंकको किस्ता बुझाउन वीरगंज आएको बेला जोहरीकर्ता महिलाले बोलाएर जिल्ला प्रहरी कार्यालय पर्सामा लगी केही छैन, एउटा सानो सही छ, औँठा छाप लगाईदिनुस भन्दै आफूसँग हस्ताक्षर गर्न लगाएको बताए ।

यो हुँदै नभएको घटना कसरी यत्रो जाल बुनियो ? भन्दै यादवले आफूलाई यस घटनाबारे केही पनि थाहा नभएको बताए । घटनानै नभएको विषयलाई राजनीति प्रतिशोधको लागि घटना बनाई जाहेरी दिई अदालतसम्म पुगेको आफूले भर्खरै थाहा लागेको भन्दै उनले यो घटनामा मियाँलाई फसाउन नै खोजिएको बताए । मियाँलाई प्रहरीले पक्राउ गर्न जाँदा यो घटनाबारे आफूले थाहा पाएको र आफ्नै नाम गवाहमा रहेको थाहा पाउँदै रुखको हाँगाबाट खसेझै महसुस भएको बताए । यो घटनामा आफूलाई जानकारी विना अनावश्यक रुपमा मुछिएको उनको भनाई छ । यता वडा नं. १ का वडाध्यक्ष फरमान मियाँ अन्सारीले पनि यो घटना पुरै ‘फ्रड’ रहेको बताए । उनले हुँदै नभएको घटना बनाई राजदिन मियाँका छोरालाई फसाउन खोजिएको हो, केही व्यक्तिको उक्साहटमा परि ति महिलाले बनावटी जाहेरी दिएको बताए । केही व्यक्तिले आफ्नो राजनीति स्वार्थ सिद्ध गर्नका लागि निदोर्ष व्यक्तिलाई फसाउन खोजिएको हो, यस घटनामा सत्य तथ्य छानविन हुनुपर्ने उनको भनाई छ ।

यता आरोपित युवाले पनि आफूलाई अनावश्यक रुपमा फसाउन खोजिएको बताए । उनले घटना भएको दिन के, त्यो भन्दा तीन चारमहिना अघिदेखि नै आफू यहाँ नरहेको एकै पटक स्थानीय तहको निर्वाचन नजिकिएपछि मात्रै गाउँ आएको बताए । गाउँ आएको बेला निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरुबीच विवाद भएको थियो, आफ्नै घर अगाडि विवाद भएको कारण आफ्नो बुवाले अलि यताउता गरेको कारण त्यही प्रतिशोधको लागि आफूलाई फसाउन खोजिएको बताए । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि केही दिनपछि असारमा यो विभिन्न घटनाको सबुत तयार पारि जाहेरी दिइएको उनको भनाई छ । उनले भने ‘म अहिलेपनि भन्छु, यो घटनाको सत्यतथ्य छानविन होस्, बलात्कृत किशोरी कहाँ छ, उनी आउन्, जन्मिएको बच्चा कहाँ छ, त्यसलाई ल्याई डि.एन.ए. टेस्ट गराइयोस्, म दोषी छु भन्ने पुष्टि हुन्छ भने म सरकारले दिने जुनसुकै सजाय भोग्न तयार छु, तर यसरी एकजना निर्दोलाई ग्राइन डिजाइनमा फसाउनु कहाँसम्म जायज छ’ उनले भने।

मेरो कुरा कसैले सुन्न तयार छैन, म दोषी हुँ, कि निर्दोष कसैले पनि मेरो कुरा सुन्न तयार छैन । ‘खाली अदालतबाट पक्राउ पुर्जीमाथि पुर्जी आउँदैछ, जाहेरी दिएर केटी आफ्नो सुशीयाली जीवन विताई रहेका छन्, तर गर्दै नगरेको अभियोग लगाई मलाई अदालत, प्रहरी प्रशासनबाट हालसम्म दुःख दिने कार्य हुँदै आएको छ, न्यायालयले पनि के हेरि रहेछ, जसले पनि मुद्दा दिएर यसरी दुःख दिन पाइन्छ ? त्यो पनि यस्तो जघन्य अपराध जस्तो अभियोग लगाई मलाई जिउनु न बाँच्नु अवस्थामा पुर्‍याइएको दुःखेसो पोखे । यो घटनामा हामीले आफ्नो ठाउँबाट धेरै खोज पड्ताल गरेका छौं । पीडित नाबालिक पनि भेटिनन्, उनले जन्माएको बच्चा पनि भेटिएन् । त्यति मात्र नभई जाहेरी तयार गर्दा जाहेरीमै उल्लेख गरिएको ‘गवाह’ हरु नै आफूलाई गुमराहमा पारि यो घटनामा मुछिएको भन्ने जस्ता जानकारी पाइयो । सम्बन्धित निकायमा गुहार गर्दा प्रत्येक ठाउँमा पैसा नै माग गरेको देखियो । यसरी फ्रड मुद्दा खडा गरि कसैको जीवनसँग खेलवाड गर्नु महिला अधिकारमाथिको खेलवाड बाहेक अरु केही होइन ।

जिल्ला अदालत पर्सामा दर्ता गरिएको मुद्दाको मिसिलमा पटेर्वासुगौली गाउँपालिका वडा नं. १ स्थित भतौडा रेन्जर पोष्ट जंगल झाडीमा २०७८ मंसिर २९ गतेका दिन अन्दाजी ४ बजेको समयमा १४ वर्षीय नाबालिक बाख्रा चराई घर फर्कि रहेको अवस्थामा मियाँले पैसाको प्रलोभन दिई जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ । जबरजस्ती करणी गरेको ३१ हप्तापछि नाबालिकको दुबै खुट्टा सुनिएर हिँड्न गाह्रो भएपछि नारायणी अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले रगत र पिसाव समेतको जाँच गर्न भन्दा रकमको व्यवस्थापन हुन नसकेकोले कलैया स्थित ‘आलम हेल्थ क्लिनिक अस्पताल’ कलैयामा अल्ट्रासाउण्ड जाँच गर्दा नाबालिकक ३१ हप्ताको गर्भवती रहेको पत्ता लागेको त्यस पश्चात किशोरीको जबरजस्ती करण भएको रहस्त खुलेको भनेर मिसिलमा भनिएको छ ।

त्यस पश्चात २०७९ असार ८ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा १० गते जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएको र उपचारकै क्रममा २०७९ असार १७ गते ति किशोरीले स्त्री बच्चाको जन्म दिएको एवं पालन पोषण गर्न नसक्ने अवस्था रहेकोले बैकल्पिक व्यवस्थाको लागि बालकल्याण समिति वभििरगंज महानगरपालिका कार्यालय पर्सामा निवेदन समेत दिएको मिसिलमा उल्लेख गरिएको छ । राजनीतिक प्रतिशोधका लागि यति ग्राइन डिजाइन बनाई मुद्दा दर्ता गरिएको छ । गाउँका राजनीतिक दलमा आबद्ध केही व्यक्तिहरुको उक्साहटमा ति महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिई आफ्नी छोरीलाई नाबालिक अवस्थामै विवाह गरि भारतमा पठाएकी छिन् । बलात्कृत किशोरी विवाह गरेर कहाँ गएकी छिन्, कसैलाई अत्तोपत्तो छैन, जन्माएकी बच्चा कहाँ छ, त्यो पनि अत्तोपत्तो छैन, मात्र जिल्ला अदालत पर्साले पटक पटक मियाँ विरुद्ध पक्राउ पुर्जी जार्दै गर्र्दै आएको छ ।

घटनाको छानविन नै नगरी नाबालिकलाई पाएको अधिकारको दुरुपयोग गरिएको पाइएको छ । आफ्नो छोरीलाई ढाल बनाएर ति महिलाले अहिलेसम्म मुद्दा फिर्ता लिन पैसा माग्दै आएको ओपितको बुवाको भनाई छ । उजुरीकर्ता देखि सबै ठाउँमा पैसा नै मागी रहेकोले आफू कसरी न्याय पाउने भन्दै उनलाई चिन्ताले सताएको छ । दैनिक ज्यालादारीमा काम गरि जीवन यापन गर्ने न्यून स्तरका परिवार भएको कारण पनि आफू राजनीतिक चपेटामा पिल्सिएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि