Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज – २१ मा वडा कार्यालयकाे भवन शिलान्यास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०८०
वीरगंज – २१ मा वडा कार्यालयकाे भवन शिलान्यास

वीरगंज (पर्सा), २० जेठ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ मा निर्माण हुने वडा कार्यालय भवनको शुक्रवार शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा हिन्दू धर्म संस्कृति अनुसार पूजापाठ गर्दै वडा कार्यालय भवनको शिलन्यास गरेका हुन् ।

शिलान्यास गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) यादवले भवन निर्माणसँगै वडा कार्यालयबाट हुने सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे । आफ्नै भवन भएपछि हाल पूरानो पूर्वाधारसहितको साँघुरो भवनबाट सञ्चालित वडा कार्यालयबाट सेवाग्राहीले भोगिरहेको सास्तीको पनि अन्त्य हुने उनको विश्वास छ ।

जनतासँग प्रत्यक्ष रुपमा काम गर्ने सरकार भनेकै स्थानीय तह भएको बताउँदै उनले भने, ‘गुणस्तरीय र जनअपेक्षा अनुसार सेवा प्रदान गर्न कार्यालयको ठूलो भूमिका हुन्छ । हालको वडा कार्यालयमा कुनै पनि सुविधा छैन । सेवाग्राहीका लागि राम्रोसँग बस्ने ठाउँको समेत व्यवस्था छैन,’ उनले भने, ‘नयाँ भवन बनेपछि सबै समस्याको समाधान हुने मैले विश्वास लिएको छु ।’

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले एक फरक प्रसङ्गमा बोल्दै सङ्घ सरकारले वीरगंज महानगरलाई हेपेको आरोप लगाए । ‘मधेश प्रदेशको एक मात्र महानगर वीरगंज हो । तर सङ्घ सरकारले वीरगंजका लागि पठाएको बजेट पर्याप्त छैन । बढी राजश्व उठ्ने र पूर्वाधार निर्माणको आवश्यकता रहेको वीरगंजलाई ठूलो अनुदान दिनुपर्नेमा काठमाडौँलाई धेरै अनुदान दिने सरकारको नीति गलत छ,’ उनले भने । वीरगंजकाे विकासका लागि विशेष प्याकेज ल्याउन आफू लागिपरेको उनले सुनाए ।

शिलान्यास कार्यक्रमका विशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छिट्टै महानगरका प्रत्येक वडाले आफ्नै भवनबाट कार्यालय संचालन गर्ने बताए । बाँकी रहेका वडाहरुमा पनि पर्याप्त सुविधासहितको वडा कार्यालय भवन बनाउन बजेट व्यवस्थापनमा आफूहरु लागेको उनले बताए ।

“वैभव वीरगंज” को सपनालाई साकार पर्न आफूलाई नगरवासीको साथको खाँचो रहेको बताउँदै उनले भने, ‘मेरो कल्पना अनुसारको वैभव वीरगंज बनाउन मलाइ नगरवासीको साथको खाँचो छ । विगतका एक वर्षमा मैले महानगरमा रहेको नीतिगत एवम् संरचनागत समस्यालाई समाधान गरे । अब विकास निर्माणको कामलाई गति दिन्छु । परवानीपुरसहितका सम्पूर्ण ग्रामिण वडालाई प्रमुख बजारसँग जोड्न सडकदेखि अन्य आवश्यक पूर्वाधारको काम पनि छिट्टै अगाडि बढ्छ ।’

कार्यक्रममा वडाका वडाध्यक्ष राधाकृष्ण साह रौनियार, निवर्तमान वडाध्यक्ष हबिब मियाँ लगायत स्थानीय बुद्धिजीवी, अग्रज, समाजसेवी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो । महानगरको नगरस्तरीय १ करोड ७ लाख रुपैयाँ बजेटमा बन्न लागेको वडा कार्यालय भवन निर्माणको ठेक्का दिव्य सूर्योदी आस्था जेभी, वीरगंजले पाएको छ । शिलन्यास भएको मितिदेखि ९ महिना भित्र निर्माण सम्पन्न हुने दुई तल्ले भवनमा १२ कोठा हुनेछन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि