वीरगंज (पर्सा), १८ जेठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणका लागि संस्थागत रुपमा सहयोग गर्न महानगर तयार रहेको बताएका छन् । रेडियो वीरगंज, टिभि वीरगंज र मधेशदृष्टिकाे संयुक्त आयोजनामा भएकाे उद्घोषण तथा आधारभूत पत्रकारिता विषयक तालिमको बिहीबार समापन कार्यक्रममा बोल्दै मेयर सिंहले यस्तो बताएका हुन् । उनले भने,,‘ वीरगंजकाे पत्रकारीता र पत्रकारहरुलाई सशक्त बनाउन के के सहयोग चाहिन्छ ? त्यसकालागि तपाईहरु प्रस्ताव लिएर आउनुस्, महानगर सहयोग गर्न तयार छ ।’
मेयर सिंहले कुनै व्याक्ति वा दल विशेषको लागि नभई समाजका लागि पत्रकारिता गर्न आग्रह पनि गरे । उनले पत्रकारीतामा पनि केहि विकृति रहेको औंल्याउदै उनले त्यसलाई सुधार गर्नु पर्नेमा जोड दिए । रेडियो वीरगंज, टिभि वीरगंज र मधेशदृष्टिका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएको तालिमको ससमापन कार्यक्रममा तालिममा भाग लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक समेत रहेका वरिष्ठ साहित्यकार एंव पत्रकार डाक्टर नवराज लम्साल र मधेसदेष्टि पत्रिकाका प्रधान सम्पादक रामकुमार एलनलाई दोशल्ला ओढाएर सम्मानित पनि गरिएको थियो ।
समापन कार्यक्रममा ममधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य, नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , उद्योगपति अशोक बैद्य, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साह लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमको सहजीकरण रेडियो वीरगंज समाचार प्रमुख ध्रुब अधिकारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !