Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पप्पुसहित २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्ता कालोसूचीमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १७, २०८०
पप्पुसहित २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्ता कालोसूचीमा

वीरगंज (पर्सा), १७ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २८ निर्माण व्यवसायी\आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ ।

कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार कालोसूचीमा परेकाहरुमा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एन्ड न्यौपाने निर्माण सेवा नयाँ वानेश्वर काठमाडौँ, वाइपी कन्स्ट्रक्सन पुल्चोक ललितपुर, सप्तकोशी जलाधार कम्पनी प्रालि काठमाडौँ, ओम साई एन्ड कम्पनी प्रालि काठमाडौँ, आकृति एड्भर्टाइजिङ पोखरिया विराटनगर, थाक ठिनी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन भरतपुर–११ चितवन, एसियन हाइटेक कन्स्ट्रक्सन हात्तीगौँडा–४ मोरङ रहेका छन् ।

यसैगरी, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन फोटा–२ बारा, फैसल एन्ड अफजल कन्स्ट्रक्सन गौर रौतहट, गौतम ऋषि कन्स्ट्रक्सन कटरिया–५ रौतहट, गिताञ्जली निर्माण सेवा जनकपुर–१२ धनुषा, सिंह कन्स्ट्रक्सन जनकपुर–१२ धनुषा, खुसी निर्माण सेवा जनकपुर–१२ धनुषा, कमोद कन्स्ट्रक्सन रौतहट, रुबी कन्स्ट्रक्सन मलङगवा–१ सर्लाही, एचडी इन्टरप्राइजेज विराटनगर–३ मोरङ, हिरालाल कन्स्ट्रक्सन विरगञ्ज–१४ पर्सा, जय माँ वैष्णेदेवी कन्स्ट्रक्सन नवलपरासी, शिरिस कन्ट्रक्सन मध्यपुर ठिमी–६ भक्तपुर, सुभप्रभात–शुभ अविप जेभी कोहलपुर, सर्जिकेम डिस्ट्रिब्युर्टस धरान, टोनिका कन्स्ट्रक्सन विराटनगर, त्रिजोन कन्स्ट्रक्सन एन्ड सप्लायर्स काठमाडौँ तथा युमन निर्माण सेवा बर्दघाट नवलपरासी रहेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलले अधिकांश निर्माण व्यवसायी\आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा रहेको छ । जसअनुसार मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयमा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रालि दुई वर्षसम्म कालोसूचीमा राखिएको छ भने पप्पु र कोशी एन्ड न्यौपाने जेभीलाई सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा र सहिद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

यसैगरी, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिसमा सुरेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको वाइपी कन्स्ट्रक्सन प्राली ललितपुरलाई एक वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएको जनाइएको छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

अशोज ७, २०८३
मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

अशोज ७, २०८३
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

अशोज ७, २०८३
१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

अशोज ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि