वीरगंज (पर्सा), १६ जेठ । पर्साकाे बिन्दवासिनी गाउँपालिकाले एक सामुदायिक विद्यालयलाई कम्प्युटर उपलब्ध गराएकाे छ । गाउँपालिकाकाे वडा नं. ३ झाैवामा रहेकाे श्री राम स्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालयलाई मंगलबार गाउँपालिकाले १२ थान कम्प्युटर उपलब्ध गराएकाे हाे ।
विद्यालय मै पुगेर गाउँपालिका अध्यक्ष प्रमाेद तिवारी र प्रमुख प्रशासकिय अधिकृत राजु साहले विद्यालयका प्रधानाध्यापक रामचन्द्र महताेलाई साे कम्प्युटर हस्तान्तर गरेका हुन् ।
विद्यालयमा अध्ययनरत छात्र/छात्राकाे प्राबिधिक ज्ञानलाई मध्य नजर गर्दै कम्प्युटर उपलब्ध गराइएकाे गाउँपालिका अध्यक्ष तिवारीले बताए । उनले आफ्नाे कार्यकालमा बिन्दवासिनी गाउँपालिकाकाे शिक्षा क्षेत्रलाई आधुनिकिकरण गरि सम्पुर्ण विद्यार्थीकाे पहुँच सम्म प्राबिधिक शिक्षा पुर्याउँने आफ्नाे लक्ष्य रहेकाे बताए ।
प्रतिक्रिया दिनुहोस् !