• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १५ जेठ । मानव अधिकार तथा शान्ति समाज पर्साले सोमबार साँझ वीरगञ्जस्थित घण्टाघरमा दिप प्रज्वलन गरी १६ औँ गणतन्त्र दिवसको मनाएको छ । गणतन्त्र प्राप्तीका लागि आफ्नो प्राणको आहुती दिने विर सहिदहरुको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरिएको मानव अधिकार तथा शान्ति समाज पर्साका सभापति पे्रम पटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा वक्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने, तिन तहको सरकारले सुसाशन, पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने र लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गनुपर्ने जस्ता विषयलाई जोड दिएका थिए । शान्ति समाज पर्साका सभापति प्रमे पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !