Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रेडियाे वीरगंजकाे आयाेजनामा आधारभुत पत्रकारिता तालिम सुरु

सबै संचारकर्मी एक ढिक्का भएर अघि बढेको हेर्न चाहन्छु : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १४, २०८०
रेडियाे वीरगंजकाे आयाेजनामा आधारभुत पत्रकारिता तालिम सुरु

वीरगंज (पर्सा), १४ जेठ । रेडियाे वीरगंजले एक हप्ते उदघाेषक तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरेकाे छ । वीरगंजस्थित हाेटल पुजनमा आइतबारदेखि सञ्चालित तालिमको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले आफ्नो याे कार्यकालमा यहाँका सबै पत्रकारहरु एकढिक्का भएर अगाडि बढेकाे हेर्न चाहेकाे बताए । वीरगंजका पत्रकारहरुलाई लक्षित गर्दै उनले भने, यदि मेरा कमिकमजाेरि भए निर्धक्क भएर लेख्नु हाेस्, मलाई कुनै आपत्ति छैन, त्यसले मलाई सच्चिने अवसर दिन्छ । तर यदि राम्रो काम गरेकाे छु भने त्यसबारे पनि निष्पक्ष भएर  लेख्न आग्रह गर्छु ।’

वीरगंजकाे पत्रकारितामा पनि केही सुधारकाे आवश्यकता रहेकाेले यसमा ध्यान दिन पत्रकार सम्बद्ध संघ/संगठनका अगुवाहरुकाे ध्यानाकर्षण पनि उनले गराए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहानले मुलुकमा आर्थिक मन्दीसंगै मिडिया क्षेत्र पनि संकटमा परेकाे बताए । पत्रकारिता क्षेत्रमा पनि केही विकृति भित्रीएकाेमा चिन्ता व्यक्त गर्दै उनले यसमा शुद्धीकरणकाे अपरिहार्यता रहेकाे बताए । पित्त पत्रकारिता नगर्न आग्रह गर्दै उनले भने, ‘पत्रकारिता क्षेत्रमा भविष्य छ, त्यसका लागि समुदायका लागि पत्रकारिता गर्नुपर्छ ।’

तालिमका मुख्य प्रशिक्षक डाक्टर नवराज लम्सालले जागिरकाे लागि मात्रै पत्रकारिता नगर्न वा याे क्षेत्रमा नआउन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले रेडियाे र रेडियाे कर्मीहरु खतराकाे माेडमा रहेकाे वताउँदै खतराबाट बच्न नयाँ दखल र प्रयासमा लाग्नु पर्ने वताए । रेडियाे वीरगंजका अध्यक्ष ध्रुब साहले वीरगंजका सञ्चार गृहमा अहिले जनशक्ति अभाव भएकाे बताए । त्यसैलाई मध्यनजर गरि तालिमकाे आयाेजना गरिएको बताउँदै उनले तालिममा सहभागि १५ जना प्रशिक्षार्थीहरु मध्ये ६ जनालाई रेडियोमा राेजगारी दिने याेजना रहेकाे वताए ।

साहकै अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, बानका पूर्व मधेस प्रदेश महासचिव आर सी यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, नेपाल प्रेस युनियन पर्साका निर्वतमान अध्यक्ष रामनारायण कुर्मी, उपाध्यक्ष क्रान्ति शाह,  मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, मधेसदृष्टी पत्रिकाका प्रधान सम्पादक रामकुमार एलन, रेडियाे पाेखरियाका अध्यक्ष छठु साह लगायतकाे पनि उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण संचारकर्मी ध्रुब अधिकारीले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३
खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि