Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिकामा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०८०
छिपहरमाई गाउँपालिकामा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा

वीरगंज (पर्सा), १० जेठ । पर्साको छिपहरमाई गाउँपालिकामा अख्तियारले छापामारी गर्दै कागजात नियन्त्रणमा लिएको छ । गाउँपालिकाको काम कारवाही र विकास निर्माणमा गरिएको भ्रष्टाचार विरुद्ध परेका उजुरी सम्बन्धि कागजात माग गर्दापनि उपलब्ध नगराएपछि अख्तियार टोलीले गाउँपालिका कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले मङ्गलबार गाउँपालिका कार्यालयमा छापामारी गर्दै उजुरी परेका योजना सम्बन्धि फाइल र कागजातहरु नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा लगायतका जनप्रतिनिधि र कर्मचारीले मिलोमतोमा विभिन्न योजना, कर्मचारी नियुक्ति, सामग्री खरिद लगायतमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले सम्बन्धित योजनाहरुको कागजात माग गरेको थियो । तर, अध्यक्ष गुप्ताको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत ओझाले कागजात उपलब्ध गराउन आलटाल गर्दै आएका थिए ।

पटकपटक आग्रह गर्दापनि गाउँपालिकाले कागजात उपलब्ध नगराएपछि अख्तियार टोलीले कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । ‘हामीले कयौँ पटक कागजातहरु माग गर्‍यौं तर छिपहरमाईका कर्मचारी र जनप्रतिनिधिले विभिन्न बहाना बनाउँदै फाइल दिन आनाकानी गर्दै आइरहेका थिए’, सूचना अधिकारी सापकोटाले भने, ‘अत्ती भएपछि हामी आफै गाउँपालिका पुगेका हौँ, आवश्यक कागजात र फाइलहरु नियन्त्रणमा लिएर आएका छौँ ।’

सूचना अधिकारी सापकोटाका अनुसार गाउँपालिकाका अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत ओझा विरुद्ध कम्तिमा पनि १५ वटा उजुरी परेको छ । फाइलहरु छिपहरमाई विरुद्ध परेका उजुरीका विषयमा छानविन गरिरहेका अनुसन्धान अधिकृतलाई बुझाइएको सापकोटाको जानकारी दिए । अनुसन्धानका क्रममा भ्रष्टाचार ठहर भए अख्तियारले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।

यता, गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले छापामारी नभएको दावी गरे । परेको उजुरी सम्बन्धि कागजातहरु अध्ययनका लागि अख्तियार टोलीले कागजातहरु लगेको बताउँदै उनले भने, ‘छापामारी नै भएको होइन । ‘करारमा नियुक्त गरिएका कर्मचारीको विषयमा कसैले उजुरी दिएको रहेछ, सोही सम्बन्धि आवश्यक कागजात अध्ययनका लागि अख्तियार टोलीले लागेको मात्र हो ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि