Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्माण व्यवसायी हरि ढकालले ठगेको अर्का निर्माण व्यवसायी अशोक कुमारको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०८०
निर्माण व्यवसायी हरि ढकालले ठगेको अर्का निर्माण व्यवसायी अशोक कुमारको आरोप

निर्माण व्यवसायी महासंघका सदस्य हरि ढकाल ।

वीरगंज (पर्सा), १० जेठ । निर्माण व्यवसायी महासंघका एक सदस्यले आफूलाई ठगेको अर्का सदस्यले आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिका – २ स्थित सपना निर्माण सेवा प्रा.ली.का महानिर्देशक हरी प्रसाद ढकालले आफूसँग ठगी गरेको पर्साको बहुदरमाई नगरपालिका – ३ निवासी अशोक कुमार साहले आरोप लगाएका हुन् । ढकालको सपना निर्माण सेवाको मार्फत ठेक्का सकार गरेर काम गरेको तर उनले जालसाजी गरेर एकलौटी भुक्तानी लिँदै आफूसँग ठगी गरेको भन्दै अशोकले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदनसमेत दायर गरेका छन् ।

अशोकले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको निवेदन बमोजिम अशोक र हरी निर्माण व्यवसायी महासंघ काठमाडौँका स्थाई सदस्य हुन् । सोही अन्तरलामा चिनजान भई अशोकले नै पर्सा जिल्लामा पुल, सडक तथा अन्य निर्माण सम्बन्धी कामको ठेक्का हरीप्रसादकै सपना निर्माण सेवाको नाममा सकारेर काम गर्दै आएका थिए । जसकालागि अशोकले ढकालसँग सम्झौता  गरेका छन् ।

काम गर्ने क्रममा सम्बन्ध प्रगाढ हुँदा विश्वासको आधारमा लेनदेन सम्बन्धी काम हुँदै आएको अशोकले निवेदनमा उल्लेख गरेका छन् । जस बमोजिम पर्सा जिल्लाको साविक गाविस मिर्जापुर तुल्सीवर्वा सडकअन्र्तगत औरिया नदिको पुल र वीरगञ्ज महानगरपालिका – २१ अन्र्तगत सिर्सिया नदिमा काशी तिवारी पुल निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौंडाबाट ८ करोडमा सपना निर्माण सेवा प्रालीले ठेक्का प्राप्त गरेको थियो । जसमध्ये औरिया खोलाको पुल भ्याटसहित ५ करोड ३८ लाख ७५ हजार ५७२ रुपैयाँ ६० पैँसामा ठेक्का सकार भएको थियो भने काशी तिवारी पुल भ्याटसहित २ करोड ८२ लाख ४४ हजार ३३२ रुपैयाँ ७६ पैँसामा सकार भएको थियो ।

सपना निर्माण सेवाले ठेक्का पाएपनि निर्माणको सबै काम अशोकले गर्ने ढकालसँग सम्झौता गरेका थिए । निर्माण क्रममा ढकालको कुनै संलग्नताको कुरा थिएन । सडक डिभिजन कार्यालय हेटौंडाद्वारा आर्थिक वर्ष २०७०/७१ मा आह्वान भएको ठेक्का ३२ असार २०७१ मा सम्झौता भएको थियो । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि सडक डिभिजन कार्यालय हेटौंडाको प्राविधिक त्रुटिका निर्माणको माय्द थपिनु परेको अशोकको भनाई छ । निर्माको भुक्तानीका लागि सपना निर्माण सेवा प्रालीको नाममा कुमारी बैंकमा खाता पनि खोलियो । अशोक साह र हरीप्रसाद ढकाल दुवै जना खाताको सञ्चालक हुने गरी र दुवैको हस्ताक्षरबाट मात्रै खाता सञ्चालन भइरहेको थियो ।

अशोकले आफ्नो नाममा दर्ता रहेको जग्गा र घर धितो राखेर खोलेको खाताबाट विभिन्न मितिमा २ करोड ३६ लाख ५६ हजार ६ सय ५ रुपैयाँ निकालेर पुल निर्माणको काममा खर्च गरे । ठेक्का सकारेको भुक्तानी आउने आशमा आफ्नै घरजग्गा धितो राखेको खाताबाट रकम निकालेर खर्च गरेको अशोकको दुखेसो छ । आफ्नै घरजग्गा धितो राखेको पैँसाबाटै वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित सिर्सिया नदिमा काशी तिवारी पुलको निर्माण कार्य सम्पन्न गरेको अशोकको दावी छ । यद्यपि भुक्तानी आउने बेलामा भने सपना निर्माण सेवाका महानिर्देशक हरीप्रसाद ढकालले सपना निर्माण सेवा प्रालीको नामबाट एकल खाता बनाएर भुक्तानी लिएको आरोप अशोकले लगाएका छन् ।

तुल्सीवर्वा सडकअन्र्तगतको औरिया नदिको पुल निर्माणको कार्य पनि ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको हुँदा दुवै जना बसेर काममा भएको खर्चको हरहिसाव गर्नुपर्नेमा हरीप्रसाद ढकालले आलटाल गर्दै गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिने गरेको अशोकको आरोप छ । आफू अन्यायमा परेको उल्लेख गर्दै अशोकले हरीप्रसाद ढकाललाई झिकाएर दुवैको हरहिसाब गरी निर्माणमा भएको खर्च र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

अशोकले ढकाल बारे निर्माण व्यवसायी महासंघमा पनि गुनासो गरेका छन् । महासंघले ढकाललाई छलफलका लागि बोलाउँदा पनि उनले अटेरी गर्दै आएका छन् । ‘हामीले पटकपटक हरि ढकाललाई छलफल गर्न र हिसाबकिताब फर्छ्यौट गर्न बोलाएका छौँ । तर उनि आउँन मान्दैनन्,’ अशोकले भने, ‘निर्माण व्यवसायी महासंघले पनि उनलाई छलफलका लागि कयौं पटक बोलाइसक्यो तर उनि आउँन मान्दैनन् ।’ हिसाबकिताबका निमित्त ढकालको घर पुग्दा उनले आफूहरुसँग सबै फाइल खोसेको अशोकोले बताए । ‘म, मेरो छोरा र महासंघका पदाधिकारीहरु उनिसँग कुरा गर्न गयौं । तर उनले कुरै गर्न मानेनन् । उल्टै हामीलाई गालीगलौज गरेर थर्काए । हामीसँग भएको हिसाबकिताबको फाइल खोसे,’ अशोकले थपे ।

सपना निर्माण प्रालीका हरीप्रसाद ढकालले अशोकले लगाएको आरोपको खण्डन गर्दै उल्टै आफूलाई ठगी गरेको आरोप लगाए । काम गर्ने भनेर जिम्मा लिने तर काम नगर्ने समस्या हुँदा आफूले एकल खाता बनाएर अरु मान्छेलाई जिम्मा दिएर काम गराएको उनले स्विकार गरे । सँगै काम गर्दासम्मको कुनै पनि भुक्तानी बाँकी नरहेको दावी गर्दै उनले प्रमाण भए अदालतमा जान चुनौती दिए । ढकालको सपना निर्माण सेवालाई गतवर्ष भौतिक पूर्वाधार विकास मन्त्रालयले कालुसूचीमा राखेको छ ।

तर, अशोकले भने निर्माणको काम आफूले गरेको दावी गर्छन । हिसाबकिताबको कुरा नमिलेपछि मात्र आफूले काम बन्द गरेको उनको भनाई छ । ‘मैले लगभग ९५ प्रतिशत काम सम्पन्न गरेको थिए, तर पछि हिसाबकिताबको कुरा नमिलेपछि मैले काम रोकेको हुँ । हरि ढकालले दावी गरे जस्तो मैले काम अलपत्र छोडेको छैन । सम्पूर्ण कागजपत्र मिलानको काम पनि मैले नै गरेको हुँ ।’ उनले आफूसँग सबै प्रमाण सुरक्षित रहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि