Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समाजका विकृत्ति हटाउन युवाहरु राजनीतिमा आउन जरुरी छ : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ४, २०८०
समाजका विकृत्ति हटाउन युवाहरु राजनीतिमा आउन जरुरी छ : मेयर सिंह

वीरगंज (पर्सा), ४ जेठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा रहेका विकृति विसंगति हटाउन पनि युवाहरुले राजनीतिमा सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिएका छन् । रेडियो वीरगंजले बिहिबार मुनलाईट स्कुलमा आयोजना गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर सिंहले वीरगंजलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफू लागि परेको बताए । उनले वीरगंजलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको बताउँदै महानगरले अहिलेसम्म गरेका कामहरुको मुल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औँल्याइदिन पनि आग्रह गरे । नगर प्रमुख सिंहले वीरगंजकाे मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा महानगर जुटेको बताउँदै मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने योजना महानगरको रहेको पनि बताए ।

महानगर अन्तर्गतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउँदै उनले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागि परेको जानकारी दिए । निजी विद्यालयको महंगो शुल्क तिर्नु भन्दा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट महानगरले निःशुल्क पठन पाठनको व्यवस्था मिलाएको हुँदा बालबालिकालाई सरकारी विद्यालयमा पढाउन आग्रह समेत गरे । मेयर सिंहले राम्रो उद्देश्यले कतिपय काम गर्दा मुद्दा मामिलामा अल्झिनु परेको गुनासो गर्दै नगवा पोखरीको सौन्दर्यकरणको काम प्रदेश सरकारले शुरु गरी अलपत्र छाडेकोमा गुनासो गरे ।

उनले प्रदेश सरकार र केन्द्र सरकारले अधिकांश काम वीरगंजमा अधुरै छाड्दा यसको अपजस महानगरले खेप्नु परेको भन्दै नगरवासीलाई महानगरको बाध्यता बुझि दिन आग्रह समेत गरे । विद्यार्थीसँग प्रत्यक्ष संवाद गरी रहेका नगर प्रमुख सिंह विद्यालयमा ठूलो संख्यामा बालबालिकाको आमा, हजुरआमा लगायतका अभिभावकहरु उपस्थित भएपछि बालबालिकालाई खाजा खुवाई रहेको स्थानमा पुगेर उनिहरुको गुनासो समेत सुनेका थिए । अधिकांशले निजी विद्यालयमा पढाउँदा पनि ट्युशन तथा कोचिङ्ग क्लास लिन विद्यालयले बाध्य पार्ने गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएको लगायतका गुनासो गरेका थिए ।

मुनलाईट माविका प्राचार्य श्याम केसीको अध्यक्षतामा सम्पन्न ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमको सहजिकरण रेडियो वीरगंज एवं टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि