Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मेरो शरिरको आधा भाग ‘नेपाल’ हो भने आधा ‘भारत’ : पूर्वमन्त्री शर्मा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ४, २०८०
मेरो शरिरको आधा भाग ‘नेपाल’ हो भने आधा ‘भारत’ : पूर्वमन्त्री शर्मा

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ४ जेठ । मधेश प्रदेशका पूर्व खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले नेपालमा भारतीय रु ५ सय एक हजारको नोटमा प्रतिबन्ध गरिनुमा नेपाल – भारत सरकारको समर्थन रहेको बताएका छन् । नेपाल – भारत उद्योग वाणिज्य सघ, वीरगंज च्याप्टरलाई उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री शर्माले नेपालमा भारतीय नोट प्रतिबन्ध लगाएको कारण पर्यटन क्षेत्र प्रभावित बनेको बताए । आतँकवादीलाई पैसा पठाउने होस् अथवा हुण्डी कारोबारलाई बढावा दिने कार्यलाई निरुत्सहित गर्न सरकारले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो, तर यसबाट भारतीय पर्यटकहरु मर्कामा परेको उनको भनाई छ । विगतमा पर्यटकहरुले रु २५ हजारसम्म भारतीय नोट लिएर नेपाल आउन सक्ने प्रवधान रहेकोमा केही वर्षदेखि नेपालमा भारतीय नोट प्रतिबन्ध लगाइनुले पर्यटकहरुको आवागमनमा कमि आएको उनको भनाई छ ।

निजी क्षेत्रले गर्न सक्ने काम सरकारले गर्न सक्दैन, उद्योगी व्यवसायीहरुसँग सम्बन्धित जतिपनि संघ संस्थाहरु छन्, एकजुट भए जस्तोसुकै समस्यालाई पनि समाधान गर्न सकिने भन्दै पूर्वमन्त्री शर्माले यो भन्दा अघि उद्योगीहरुको समस्या समाधानका लागि भारत सरकार समक्ष ध्यानाकर्षण गराइएको छ, तर निरन्तरता पाउन नसकेको कारण समस्याको दीर्घकालीन समाधान हुन नसकेको बताए । नेपालमा व्यवसायिक, स्वास्थ्य एवं शिक्षा सम्बन्धी धेरै समस्याहरु छन्, यो सबै समस्या भारतमै गएर सुल्झिने भएकोले यस्ता समस्याहरु समाधानको लागि यो संघले महत्वपूणर् भूमिका निर्वाह गर्ने विश्वास लिइएको बताए ।

पूर्वमन्त्री शर्माले नेपालको सच्चा मित्र भारत नै रहेको दाबी गरे । भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध मात्रै छैन्, मेरो शरिरको आधा भाग ‘नेपाल’ हो भने आधा शरिर ‘भारत’ हो र यो भन्न आफू कहिलेपनि न हचकचिने बताए । नेपालमा कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा एयरपोर्टमा सरद यादव आई भट्टराईको खुट्टा छोएर ढोगेको स्मरण गराउँदै मन्त्री शर्माले भने ‘अहिले कुनै भारतीय नेतालाई नेपाली नेताले खुट्टा ढोग्दा राष्ट्रियता नै खतरामा पर्ने आवाज उठ्छ’, यो भेदभाव किन ? ‘भारतमा वि.पि. राजमार्ग नामाकरण हुन सक्छ, तर वीरगंजमा एम.जि. रोड नामाकरण किन हुन सक्दैन’ ? दोहोरो मापदण्ड किन ? भने ।

कार्यक्रममा सहभागी सहभागी नेपाल भारत उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष सृजना राणाले नेपाल भारतबीचको प्राकृत्तिक साझेदार सम्बन्धलाई लगानी, व्यापार, पारवाहन, पर्यटन लगायतका माध्यमबाट थप मजबुत पार्न वीरगंज च्याप्टरले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताइन् । उनले सन् १९९० को दशकमा नेपाल भारत बीचको वाणिज्य सन्धी तथा पारवाहन सन्धी पछि नेपालमा औद्योगिक लहर आएको स्मरण गराउँदै निर्यातका लागि नेपालको सबैभन्दा नजिक, ठूलो, सजिलो र भरपर्दो बजार पनि छिमेकी मुलुक भारत नै रहेको बताइन् ।

उनले भारतका उद्योगी व्यवसायीहरुले अन्य देशमा गरेको भारतीय बाह्य लगानीसँग तुलना गर्दा शुन्य दशमलव शुन्य छ (०.०६%) मात्रै देखिएकोले नेपालमा भारतबाट वास्तविक लगानी आउन बाँकी नै रहेको भन्दै सन् २००२ पछि व्यापार घाटा निरन्तर बढेर धान्न मुस्किल भएकोले नेपालको औद्योगिक आधारलाई बलियो बनाउन र निर्यात प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्ससँग समन्वय गरि सन् १९९६ मा भएको ७ वर्षे वाणिज्य सन्धीलाई नवीकरण गर्नमा सहयोग पुर्‍याउनुपर्ने बताइन् ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले नेपाल भारत उद्योग वाणिज्य संघले द्विपक्षीय व्यापार विस्तार, नेपाल भारत बीचको व्यापारका अवरोधकहरुको न्यूनीकरण, पर्यटन प्रवद्र्धन, भारतीय लगानी आकर्षित गर्ने कार्य सह्रानीय रहेको बताए । उनले आजदेखि वीरगंज च्याप्टरको स्थापनाले सिमाञ्चल क्षेत्रको विकास एवं समस्या समाधानमा थप भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । वीरगंज उद्योग वाणिज्य संघले यस क्षेत्रको उद्योग, व्यापारको प्रवद्र्धन नेपाल सरकारको सम्बन्धित निकायहरु समक्ष पैरवी गर्दै आएकोमा नेपाल भारत उद्योग वाणिज्य संघको स्थापनाले आपसी सहकार्यलाई अझ प्रगाढ र कसिलो बनाउनेमा आफू विश्वस्त रहेको बताए । उनले नेपाल भारतबीचको व्यापार घाटा प्रतिवर्ष बढ्दै गइरहेकोले च्याप्टरको स्थापनाले यस क्षेत्रमा भित्रिने एवं भारतमा निर्यात हुने वस्तुहरुमा वृद्धि हुने बताए ।

कार्यक्रममा सहभागी बरिष्ठ उद्योगपति एवं नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यले नेपाल भारतबीचको सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने कुरामा जोड दिए । उनले व्यापार विस्तारको लािग पर्यटन तथा सडक सञ्जाल विस्तारको आवश्यक रहेको बताए । उनले भने ‘दिल्लीले आफैलाई भारत सम्झन्छ भने काठमाडौंले आफैलाई नेपाल सम्झन्छ’ तर समस्या भने सिमा क्षेत्रमा छ, रक्सौलमा सन् १९६२ मा स्थापना भएको एयरपोर्ट अलपत्र अवस्थामा छ, यसतर्फ पनि भारत सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताए । नेपाल र भारतबीचको सम्बन्ध जति नै बलियो हुन्छ, व्यापार पनि त्यति नै विस्तार हुने भएकोले नेपाल भारतलाई जोड्ने फास्ट ट्रयाक ट्रेनको पनि निर्माण आवश्यक रहेको बताए ।

यसैगरि कार्यक्रममा सहभागी उद्योगी व्यापारीहरुले खुल्ला सिमानाको कारण नेपाल भारतबीचको व्यापारमा देखिएको समस्या समाधानका लागि यस सँस्थाले उल्लेख्नीय भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनीहरुले खुल्ला सिमानामा बस्ने स्थानीयहरु शिक्षा एवं रोजगारीबाट बञ्चित रहेको कारण दिनचर्या विताउन तस्करी गर्ने गरेको र यसबाट राज्यदेखि उद्योगी व्यापारीहरुलाई पनि घाटा हुने गरेकोले त्यसलाई रोक्न दुबै देशले रोजगारीको व्यवस्था गर्नुपर्ने बताए । नेपाल भारत उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष सृजना राईको सभापतित्वमा आयोजित कार्यक्रममा वीरगंज महानगरका मेयर राजेशमान सिंह, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुबोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रमम वीरगंज च्याप्टरका अध्यक्ष पदाधिकारीहरुलाई प्रमाण पत्र एवं मायाको चिनो प्रदान गरिएको थियो । नव गठित च्याप्टरको अध्यक्षमा अभिषेक चौधरी, बरिष्ठ उपाध्यक्षमा निरज अग्रवाल, उपाध्यक्षमा अभिषेक पुजारी, सचिवमा आकाश सर्राफ, सह सचिवमा धिरज अग्रवाल, कोषाध्यक्षमा अवधेश कुमार सरावगी, सह-कोषाध्यक्षमा कृष्ण कुमार अग्रवाल रहेका छन् भने सदस्यहरुमा अनिक टिवडेवाल, सौरभ साह, अरविन्द कुमार खेतान, दिपक कुमार अग्रवाल लगायत रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि