वीरगंज (पर्सा), ३० वैशाख । सशस्त्र प्रहरी बल गण नं. १३ हेड्क्वाटर पर्सामा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविर सम्पन्न भएको छ । स्पर्ष मल्टि स्पेशलिटि हस्पिटल वीरगंजको सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविरमा १ सय २० जना पुरुष तथा ३० जना महिला गरि १ सय ५० जनाको निःशुल्क चेकजाँच गरिएको थियो ।
स्वास्थ्य जाँच शिविरमा बरिष्ठ फिजिसियन डा. महेश्वर कुर्मी, फिजिसियन डा. पवन चौरसिया, कार्डियोलोजिष्ट डा. मधु गुप्ता कुर्मी, अर्थोपेडिक डा. सुशिल साह, गाइनोलोजिष्ट डा. बबिता चौधरी, मेडिकल अफिसर डा. राज पटेलको टोलीले शिविरमा सहभागीहरुलाई स्वास्थ्य परीक्षण गरेका थिए ।
सशस्त्र प्रहरी बल गण नं. १३ वीरगंजका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको प्रमुख आतिथ्यमा आयोजित स्वास्थ्य जाँच तथा परामर्ष शिविरमा उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्ने, स्पर्ष मल्टि स्पेशलिटि हस्पिटलका संचालक डा. महेश्वर कुर्मी, डा. मधु गुप्ता कुर्मी लगायतको उपस्थिति रहेको स्पर्ष मल्टि स्पेशलिटि हस्पिटल वीरगंजका प्रशासन प्रमुख सुनिल पटेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !