Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्युतीय नेटा भी र केवाईसी भ्यानको शोरुम वीरगञ्जमा खुल्यो

२० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा उपलब्ध

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २९, २०८०
विद्युतीय नेटा भी र केवाईसी भ्यानको शोरुम वीरगञ्जमा खुल्यो

वीरगंज (पर्सा), २९ वैशाख । चौधरी ग्रुप अन्तर्गत सिजी मोटरले नेपालमा पहिलो पटक ल्याएको विद्युतीय कारको आधिकारी विक्री कक्ष (शोरुम) को वीरगंजमा सञ्चालनमा आएको छ । चिनियाँ ब्राण्ड ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ ले उत्पादन गरेको नेटा भी कार र केवाईसी भी – ५ इलेक्ट्रिक भ्यानको वीरगंजस्थित आदर्शनगरमा बिक्रि कक्ष मिनोल्टा इन्भेष्टमेन्ट प्राली सञ्चालनमा आएको हो । शोरुमको बिहिवार हिन्दू धर्म संस्कृति अनुसार पूजापाठ गरेर शुभारम्भ गरिएको छ ।

मधेश प्रदेशको आधिकारीक बिक्रेता मिनोल्टा इन्भेष्टमेन्टका प्रमुखद्वय आकृति अग्रवाल र प्रतीक अग्रवाललगायतले हिन्दू धर्म संस्कृति अनुसार पूजापाठ गरेर बिक्रि कक्षको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख आकृति अग्रवालले वातावरणमैत्री नेटा भी मोडलको कार र केवाईसी भ्यानको  विकल्प नभएको दावी गरीन् । उनका अनुसार अब युगमा विकाससँगै सबैले विद्युतीय सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि विश्वसनीय एवम् गुणस्तरीय नेटा भी नै रहेको अग्रवालको भनाई छ ।

नेटा भी मोडल कारको क्रसओभरमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्ष अर्थात डेढ लाख किलोमिटरको वारेन्टी प्रदान गर्नेछ । फूल चार्जमा ३ सय ८० किलोमिटरभन्दा धेरै  रेञ्ज प्रदान गर्ने प्रमुख प्रतीक अग्रवालको भनाई छ ।

विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री यस कारमा प्रयोग भएको छ । विगत ४ वर्षमा लगातार चार मोडल उत्पादन गरेको होजनको नेटा भी ४ मिटर साइजको इलेक्ट्रीक एसयूभी कार हो । क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टू स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नेटा भीको नयाँ पक्ष हो ।

नेटा भी कारको मूल्य ३७ लाख ९९ हजार रुपैँया रहेको छ । कम्पनी स्रोतका अनुसार फूल अप्सन नेटा भी अहिले बजारमा चल्तीको इलेक्ट्रीक कार नेक्सन इभी भन्दा कम मूल्यमा उपलब्ध छ । नेटा भीको लम्वाई ४०७० एमएम चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यस कारको ह्वीलवेस २४२० एमएमको रहेको छ । नेटा भीको दुबै साइडमा चार्जिङ पोर्ट दिएको छ । एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ । आकर्षक इन्टेरियर रहेको नेटा भीमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ ।

यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने प्रतीक अग्रवाल बताउँछन् । नेटा भी विद्युतीय कारसँगै चौधरी ग्रुपअन्तर्गतकै चांगनको इलेक्ट्रीक भ्यानको पनि शोरुमबाट विक्रीवितरण हुनेछ । कम्पनीले प्यासेन्जर कारमा नेटा भीपछि लाइट कमर्शियल सेग्मेन्टमा माइक्रोबस ल्याएको हो ।

छोटो दूरीमा चल्ने माइक्रोबसको रुपमा सिजी मोटर्सले चांगन भी–५ बाट माइक्रोबस विक्री शुरु गरेको हो । केवाइसी भ्यान छोटो दूरीमा सञ्चालनका लागि उपयुक्त छ, त्यस्तै विद्यालय र विभिन्न फर्महरुले आफ्नो कर्मचारीलाई ओसारपसार गर्न पनि प्रयोग गर्नका लागि केवाइसी भ्यान उत्तम उपाय हुन सक्ने बजार प्रभारी सञ्ज्य रौनियारले बताए । रौनियारकाअनुसार अहिले केवाइसी भ्यान वीरगञ्जदेखि हेटाडासम्म सञ्चालन पनि भइरहेको छ ।

चांगन भी–५ मा ४१.८६ किलोवाट आवर क्षमताको सिएटीएलले उत्पादन गरेको ब्याट्री दिइएको छ । यसलाई फुलचार्जमा ३ सय किलोमिटर चलाउन सकिने सिजीले जनाएको छ । ११ जना यात्रुले आरमदायी यात्रा गर्न सक्ने यो माइक्रोबसको सञ्चालन लागत अत्यन्त न्यून पर्ने छ । चांगन भी–५ मा स्टाण्डर्ड चार्जरको रुपमा ३.३ किलोवाट क्षमताको नर्मल चार्जर रहेको छ । साथै, कम्पनीले ग्राहकलाई ६.६ किलोवाटको चार्जर पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ । यसले डिसी फास्ट चार्जपनि सपोर्ट गर्नेछ । यसमा सीसीएसटु चार्जिङ पोर्ट दिइएको छ । अधिकतम १ सय किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्ने यो माइक्रोबसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

सिजी मोटर्सले ४४ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री सुरु गरेको छ । साथै, एक वर्षको बीमा र एक वर्षको वार्षिक कर पनि कम्पनीले दिने मिनोल्टा इन्भेष्टमेन्ट प्रालीकी प्रमुख आकृती अग्रवालले बताइन् । उनकाअनुसार अहिले २० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा पनि नेटा भी कार र केवाइसी भ्यान उपलब्ध छन् ।

नेपालमा भित्रिएको छोटो समयमै यि दुवै गाडी धेरै रुचाइएका छन् । ग्राहकहरुको सकारात्मक प्रतिक्रियाले नै वीरगञ्जमा पनि शोरुम खोलेरै सञ्चालन गर्ने ऊर्जा पलाएको सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवाल बताउँछन् । उनकाअनुसार मधेश प्रदेशमा दुवै गाडी धेरै रुचाइएको छ । साथै यहाँ विद्युतीय नेटा भी कार र केवाइसी भ्यानको आवश्यकता पनि रहेको अग्रलाले बताए । यसको डिजाइन र विशेषता पनि यहाँको बजारको आवश्यकता लाई पूर्ति गर्ने हिसाबले बनाइएको उनको दावी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि