• एस के द्धिवदी
केही वर्ष यता नेपाल–चीन सम्बन्धको स्वरुप परिवर्तन हुन थालेको छ । यसमा नेपालको भूमिका खासै परिवर्तन नभए पनि चीनले अहिले महत्वपूर्ण मानेको नेपालसंगको सम्बन्धलाई दादागीरी रुपमा पुर्ण दबाव मुलक प्राथमिकतामा राख्न थालेको छ । नेपाल र चीनबीच औपचारिक दौत्य सम्बन्ध कायम भएपछि तनावका घटना बिरलै भएका छन् । यसको मूल कारण सम्बन्धलाई अनावश्यकरुपमा निकट र विशेष बनाउन नेपालले नखोज्नु नै हो । तर नेपाल भ्रमणमा आएका चिनिया कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी तथा नेताहरुको नेपाल भ्रमणमा राजनीतिक दलका नेताहरुसगंको भेटघाटले विशेषगरी चीनी कम्युनिस्ट पार्टीसगंको सम्बन्धलाइ जोड दिदै आएको छ । एक दलीय कम्युनिस्ट शासन भएको चीनले नेपालका राजनीतिक दलसग सम्पर्क बढाउने रणनीति अपनाउनु रहस्यमय देखिन्छ ।
हिलोमा माछा मार्नेहरुको लहलहिमा दलका नेताहरु सधै अतालिएर हतारे निर्णय गर्ने परिपाटिनै बसेको छ । तिब्बतलाई चीनको अभिन्न अगं तथा फ्रि–तिब्बत आन्दोलनको बहानामा नेपालमा चिनको चहलखेल क्रमश बढदै गएको हो । चिनि ठुला नेता र राजनैतिक टोली नेपाल आउने क्रम बढदोे छ । यसमा चिनले तत्कालीन राजा बिरेन्द्रको हत्या पछि नेपालमा आफ्नो विश्वास पात्र नेता पाउन नसकेले पनि उसको सक्रियता एक्कासि बढको तर्कहरु पनि दिने गरिएको छ । अहिले सम्म चिनीको युज एन्ड थ्रोको निति र ठिक त्यसतै प्रतिक्रिया दिने माहिर नेपालका कम्युनिष्ट नेताहरु एक अर्का प्रति पुर्ण विश्वास पात्र बन्न सकेका छैनन ।
आफ्नो विश्वास पत्रकै खोजीकोमा चिन छ ,नेपली नेताहरु ‘मुसो–बिरालो’को झुक्याउने खेल खेल्दै आएको छन ।त्यसमा पनि ओली र प्रचन्ड बिचको प्रतिस्पर्धा पनि यस्तौ उस्तै छ । सत्तामा नपुगुन्जेल कहिले कालापानी, सीमा अतिक्रमण र नेपाल भारत बिचको १९५० को सन्धिको बिषयमा बिभिन्न नारा तथा बिरोधात्मक कुरा गर्ने नेता तथा दलका राजनैतिक मुद्दा नेपाली जनताको मनोबिज्ञानले ओझेल पार्नको देखेर नेताहरु नया–नया चटके दाउहरु खोजने अभियानमा लागेका छन ।
मुलुक सघीयंतामा गएपनि एक तर्फ मधेसी , दलीत तथा जनजातिका केतिपय मांगहरु ओझेलमा परेको गुनासाहरु पनि धेरै छन ।जसको ज्वलन्त उदाहरणको रुपमा गन्डप्रदेशको नामाकारण पछि प्रदेशको नाम परिवर्तनको लागी चलिरहेको पहिचानको आन्दोलन पनि एक हो । भारतसगं जोडेर नेपाल बिरोधी अर्थात बिखन्डन कारी , राष्ट्रघाती बनाउने फैसन सामय नहुदै अहिले तिनटै तहमा देखिएको अत्यास लागदो भ्रष्ट्रचारले बर्तमान सविधान प्रति गजबले बितृष्णा फैलाउदै गएको छ ।दिनै पिच्छे नेताहरुले व्यक्त गर्दै आएको समय सापेक्षको भाषण र वक्तव्यले पनि बुढ्यौली नेताले चलाएको पार्टि प्रतिको बिश्वास प्रति नेपाली जनमतको गुनासा बढेको यो चुनावले प्रमाणित नै गरको छ ।
केहि बर्ष अगाडि सरकार बनाउन सांसद खरिद बिक्रिको कुरालाई लिएर माओवादी नेता कृष्णबहादुर महरा र चिनिया लब्जमा बोल्ने व्यक्तिबीचको सम्बाद ,उनले गरको महिला बलात्कार कारण देखि लिएर अहिले उठेको नेपालीलाई भुटानी सरणार्थी बनाइ बिदेश पठाउने भ्रष्ट्रचार कान्डले मुलुकमा धुम मचाएको छ ।मुलुक संघीयतामा गएपछि दल र नेताहरुले देखाएका यी सबै क्रिया प्रतिक्रियाको कारण जनताको मनमा चिसो पसेको छ ।
अर्को तर्फ समयको फायदा उठाउदै नेपाली धमिलो पानिमा चिनद्धारा माच्छा मार्ने काम मात्र नभइ अभियान नै चलाइएको छ ।परिणाम स्वरुप चिनिया सामरिक स्वार्थमा नेपाली भूमि प्रयोग हुनुले आउने समयमा हामिले त्यसको मूल्य चुकाउनु पर्ने कुरालाई बिर्सनु हुदैन । नेपालीमा बढको चिनिया कुटनैतिक गतिविधि, चिनको लगानि र चिनिया नागरिकको हजारौ सख्यामा नेपाल प्रवेश जस्ता कुराहरु स्वार्थसगं जोडिएको देखिन्छ , के यो नेपालको लागि प्रत्युत्पादक छ ? स्वयं चीनकै हितमा पनि त्यो हानिकारक हुनेछ ।
अपराधमा बढदो चिनीया सहभागीता
केहि समय यताको चिनिया गतिविधि परम्परागत कूटनितिक मित्रता भन्दा अलि बढी नै सक्रिय देखिएको छ । नेपालमा चिनको आर्थिक,राजनैतिक र कुटनैतिक चहलखेगसंगै चिनीया नागरिकको आपराधिक गतिविधि शृंखलाकै रुपमा देखिएको छ ।चिनिया नगरिकहरुले राजधानीमा साइबर अपराध देखि जुवा र ठगीको धन्दाहरु संगठनात्मक रुपले चलाएको कारण नेपाल प्रहरी ठेलो चुनौती थपदै गएको छ । सयौँ चिनियाँ नागरिकहरू दर्जनौ आपराधिक घटनामा मुछिएका छन् ।
२०७६ सालमो, त्रिभुवन विमानस्थलबाट ४९ वर्षीय वाङ चुन यान एक लाख नेपाली रुपैयाँ, १३ हजार अमेरिकन डलर र ८ हजार भारतीय रुपैयाँ सहित पक्राउ पर्नु, २०७६ पुष १० गते (सीआइबी) को टोलीले एकैदिन १ सय २२ जना चिनियाँ नागरिकलाई काठमाडौँका विभिन्न ९ वटा घरबाट नियन्त्रणमा लिनु , २०७९ साल वैशाख १२ गते काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले फेरि १० जना पुरुष र १२ जना महिला सहित २२ जना चिनियाँलाई पक्राउ गर्नु जस्ता नेपालको परम्परागत घटना भन्दा पनि फरक र अभियानकै रुपमा चलाइएको देखिएको छ ।कतिपय चिनीया नागरिकहरु पर्यटकका रुपमा नेपाल आएर गैरकानुनी काम गरिरहेको पनि खुलेको छ । अध्यागमन विभागका अनुसार भिसा अवधि सकिएको र अनलाइन जुवा खेलाउने लगायत काममा संलग्न चिनियाँहरू अहिले जेलमा छन् ।
यस लगत्तै गत जेष्ठ २४ गते नागढुंगा प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली ड्राइभरलाई पक्राउ ग¥यो । प्रहरीका अनुसार चिनियाँ नागरिक वर्ष ५० वर्षका अङ जाइ किङसहित ४ जना चिनियाँ पर्यटक बी.ए.बी ५७१० नम्बरको गाडीमा उपत्यका बाहिर सञ्चालित कल सेन्टर तथा अनलाइन जुवा घरमा संकलन भएको स्रोत नखुलेको पैसा लिएर काठमाडौँ फर्किरहेका थिए ।
यस्तै २०७८ साल १ फागुनमा चार केजी आठ सय ४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ लि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । पर्यटकका रुपमा नेपाल आएका ३६ वर्षीय लि विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै जाँच गर्ने क्रममा पक्राउ परेका थिए । २०७८ साल कार्तिक १२ गते संखुवासभा प्रहरीले ग्रामीण क्षेत्रमा भेटिएका चीनको सिचुआन निवासी वु छिङ लिङ र सान्दोङ निवासी जाङ फुहेनलाई पक्राउ ग¥यो । उनीहरू रुद्राक्षको फलमा कृतिम आकार सिर्जना गर्ने उपकरण तथा औषधी सहित संखुवासभा पुगेका थिए । उनीहरूले उपकरण र औषधी प्रयोग गरेर लामो समयदेखि एक मुखे अथवा बहुमुखे रुद्राक्ष श्रृजना गर्ने र सोही दाना देखाएर ठग्ने धन्दा गर्दै आएको पुष्टि भयो ।
२०७८ फागुन १० गते काठमाडौको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परे। उनीहरू अनलाइनबाट अवैध कारोबार, कल बाइपास र जुवातास सट्टेबाजी धन्दामा संलग्न थिए । लगत्तै सोही दिन प्रहरीले भक्तपुरको सानोठिमीमा छापा मा¥यो । त्यतिबेला चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परे । उनीहरू पनि अनलाइन ठगी तथा कल बाइपास धन्दामा संलग्न थिए । २०७८ असार २३ गते प्रहरीको टोलीले काठमाडौंको ज्याठा गल्लीमा चीनका नागरिकले सञ्चालन गरेको एउटा होटलबाट दुर्लभ वन्यजन्तुको अखेटोपहारको खपटा पक्राउ ग¥यो । होटलमा छापा मार्दा जुवातास र सट्टाबाजी खेलाइरहेको अवस्थामा थप चार जना चिनियाँ पक्राउ परे ।
निजहरूको साथबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाइनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ७ थान, बाघको छाला जस्तो देखिने वस्तु १ थान, गाईको छालाजस्तो देखिने वस्तु १ थान, कस्तूरीको बिनाजस्तो देखिने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद भएको थियो । निजहरूको साथबाट राहदानी २ थान, चिनियाँ बैकका एटीएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँतजस्तो देखिने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान सोही होटलमा फेला परेको थियो। २०७८ साउन १५ गते काठमाडौँ प्रहरीले चीनको जि–याङ्–सु प्रान्तका ५६ वर्षीय शी झिवीलाई अवैध रूपमा मदिरा उत्पादन गरिरहेको अवस्थामा ठमेलबाट पक्राउ ग¥यो ।
प्रहरीको अनुसन्धान रिर्पोट हेर्ने हो भने, धेरै चिनियाँ सिमा क्षेत्रका नागरिकले पाउने सुविधा दुरुपयोग गरेर काठमाडौसम्म आईपुगेका छन् । धेरै अपराधमा जोडिएका चिनियाँ पर्यटक भिसा अथवा व्यापारीक प्रयोजनका लागि नेपाल आएको र भिसा अवधी सकिएर पनि लुकीछिपी नेपालमा अपराध गतिविधिमा जोडिएको देखिन्छ । यसरी विभिन्न अपराध श्रृंखलामा जोडिएका र पक्राउ परेका चिनियाँहरूको तथ्यांक हेर्दा उनिहरू, सुरुमा सुन तथा रक्तचन्दन तस्करी हुँदै अहिले अवैध डलरको कारोबारमा संलग्न भएका छन् ।
यतिमात्र होइन चिनियाँहरू अहिले सन्तान उत्पादन प्रयोजनका लागि नेपाली युवतीलाई विवाह गरेर चीन लैजाने र सन्तान उत्पादन प्रयोजन सकिए पछि नेपालीहरूलाई देहव्यापार तथा घरेलु श्रमीकका रुपमा बन्धक बनाएर राख्ने धन्दामा पनि जोडिएका छन् । यो क्रम निरन्तर बढेपछि नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले २०७६ सालमा एउटा सूचना नै जारी गरेको थियो । जसमा लेखिएको थियो, दुलही किनबेच गरी मानव तस्करीबाच सचेत हुन जरुरी छ । प्रहरीले लगभग ४ बर्षसम्म चलाएको अनुशन्धानबाट खुलो बैबाहिक सम्बन्ध भित्रको अपराध पछि नेपाली युवतीलाई सजग गराउने उक्त सुचना जनहितमा जारी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् !