Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणले शीर्ष नेतामा बेचैनी, हालसम्म १२ जना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २७, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणले शीर्ष नेतामा बेचैनी, हालसम्म १२ जना पक्राउ

काठमाडौं, २७ वैशाख । नक्कली शरणार्थी प्रकरण पेचिलो बन्दै गएपछि दलका शीर्ष नेताहरु नियमित भेटवार्तामा जुट्न थालेका छन् । संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल चलेको बताउने गरेका दलका नेताहरुले भित्रि रुपमा भने नक्कली शरणार्थी प्रकरणले ल्याएको तरङ्गलाई नियालिरहेको बुझ्न कठिन छैन् । तर, शीर्ष नेताहरु एकपछि अर्को गर्दै पक्राउ पर्ने देखिएपछि हालका भेटलाई थप अर्थपू्र्ण मानिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेले यहि प्रकरणमा जोडिएको भन्दै पार्टी जिम्मेवारीबाट निलम्बन गरिसकेको छ । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण समेत पक्राउ परिसकेका छन् । खाँण पत्नी मञ्जु भने वेपत्ता भएकी छन् ।

यो प्रकरणमा अन्य शीर्ष नेताहरुको समेत नाम जोडिएपछि पछिल्लो समय नेताहरुबीचको भेटवार्ता वाक्लिन पुगेको हो । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँगको भेटवार्तालाई तीब्रता दिएका छन् । यसरी नै कांग्रेस सभापति शेरबहादुर देउवाले समेत भेटलाई निरन्तरता दिएका छन् । देउवा पत्नी आरजु राणाको नाम समेत यो प्रकरणमा जोडिएपछि उनले प्रहरीको साइबर ब्यूरोमा निवेदन नै दिएर अडियो प्रकरणको छानविनको माग गरेकी छन् ।

नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताहरु नै तानिने देखिएपछि दौडधुप बाक्लो बनाइएको सतहमै देखिन्छ । सिंहदरबारमा एमाले, कांग्रेसका शीर्ष नेता र प्रधानमन्त्रीबीच कुराकानी भयो । यसमा रक्षा मन्त्रीदेखि गृहमन्त्री सम्म सहभागी बने । तर, बाहिर संसदलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भएको भन्दै कांग्रेस नेता रमेश लेखकले दाबी गरे ।

लेखकले यस्तो दाबी गरेपनि उनको भनाईलाई पत्याउने आधार भने देखिन्न । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीसँग अनुसन्धानबारे सहयोग मागेको निर्दोश नफस्ने, दोषि नउम्कने गरि काम गरिने बताएको भनि जानकारी दिनुले पनि शीर्षहरु यसै प्रकरण केन्द्रित छन् भन्ने प्रष्ट हुन्छ । यस्तै प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा प्रहरीलाई हस्तक्षेप नगर्ने सहमति जुट्यो भन्नुले पनि नेताहरु यस प्रकरणले तरंगित छन् भन्ने कुरामा बल पु-याएको छ ।

संसदमा बजेटको विषयमा छलफल चलिरहेको बेला नेताहरुको जमघट सिंहदरबारमा नभई नयाँ बानेश्वरमा हुनु पर्ने हो । तर, उनीहरु सिंहदरबारमा केन्द्रित बन्न पुगेका छन् । यस किसिमका निरन्तरका भेटवार्ताले नक्कली शरणार्थी प्रकरणमा राजनीतिक सौदाबाजी हुने त होइन ? भन्ने आशंका बढेको छ । यद्दपि, आशंकाकैबीच सरकारले चालेको कदमको भने जनस्तरबाट ठूलो समर्थन देखिन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि