Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुरक्षा सावधानी नअपनाउँदा कागज उद्योगमा कार्यरत एक भारतीय मजदूरको मृत्यु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २७, २०८०
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

वीरगंज (पर्सा), २७ वैशाख । वीरगञ्जको कागज उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।उद्योगले सुरक्षा सावधानी नअपनाउँदा मजदुरको मृत्युभएको पीडित पक्षको आरोप छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित दुर्गा पल्स प्रा.लि. कागज कारखानामा कार्यरत भारतीय मजदुरको मृत्यु भएको हो । उद्योगमा काम गरिरहेको बेला माथिबाट कागजको बण्डल खसेर उनको मृत्यू भएको जनाइएको छ ।

भारत उत्तर प्रदेश सिद्धार्थ नगर निवासी ३५ वर्षीय रबिन्द्र रस्तोलीको बन्डल खसेको चुटबाट टाउको, मुख, नाक लगायतका शरीरका अंगहरुमा गम्भीर चोट लागेको थियो । उपचारका लागि वीरगञ्जको गण्डक स्थित नेपाल मेडिसिटी वयोद्या अस्पतालमा लैँजादा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बुढाथोकीकाअनुसार शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।

श्रम तथा रोजगार कार्यालय पर्साका प्रमुख कृष्ण कुमार यादवकाअनुसार उद्योगले श्रमिकको अनिवार्य रुपमा जीवन बिमा गर्नुपर्ने बताए । मृतकका आफन्तले उजुरी दिएपछि बिमा नगरेको भए पनि श्रमिक ऐनमा उल्लेख भए बमोजिम कारवाही र क्षतीपूर्तिको व्यवस्था मिलाउन सकिने प्रमुख यादवको भनाई छ । कार्यालयका सूचना अधिकारी सुन्दर श्रेष्ठले उद्योगमा श्रमिकलाई सुरक्षित तरिकाले काम गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

कागज कारखानामा कागजको बण्डल झर्दा चोट लागेर मृत्यु हुनुपर्ने अवस्था आउनु उद्योगमा असुरक्षित ढंगले श्रमिकले काम गरीरहेको स्पष्ट हुने श्रेष्ठले बताए । उद्योगका सञ्चालक रोहित अग्रवाल मृतक मजदुरको ऐनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने बताउँछन् । उनले भने, ‘हामी श्रमिकलाई मारेर उद्योग चलाउँदैनौँ, अचानक भएको घटनालाई हामीले रोक्न सकेनौँ । हामीसँग भएको नियुक्ती पत्र र बिमाबमोजिम आवश्यक क्षतिपूर्ति उहाँका परिवारलाई उपलब्ध गराउँछौ ।’

त्यही ठाउँमा पाँच वर्षदेखि काम गर्दा केही नहुने र आज अचानक भएको घटनाले उद्योगमा असुरक्षित तरिकाले काम भएको भन्न नमिल्ने सञ्चालक अग्रवालको तर्क छ । उनी भन्छन्, ‘त्यही ठाउँमा पाँच वर्षदेखि काम गर्दा केही भएको थिएन, अहिले अचानक भएको घटनाकै कारण असुरक्षित भन्न मिल्दैन ।’ दुर्गा पल्स प्रा.लि. पटकपटक विवादमा मुछिँदै आएको छ । यसअघि यही उद्योगले नै प्रशोधन नै नगरी प्रदूषित पानी र छाइँ फाल्दा सोही छाइँका कारण ४ जनाको खुट्टा जलेको थियो । साथै २ वटा सुंगुर र २ वटा कुकुरसमेत जलेर मरेका थिए ।

यसका अलावा सिर्सिया नदिलाई प्रदूषित बनाउन पनि यही उद्योगको महत्वपूर्ण हात छ । वीरगञ्ज महानगरले पटक पटक आग्रह गर्दा पनि उद्योगले प्रशोधन बिना नै उद्योगको दूषित पानी सोझै नदिमा मिसाउँदै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि