वीरगंज (पर्सा), २६ वैशाख । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे शैक्षिक क्षेत्र मजबुत बनाउन कुनै कसर बाकि नराख्ने बताएका छन् । वीरगंज महानगरपालिकाको आर्थिक सहयोग र आर्या एजुकेशनको आयोजनामा आजबाट सुरु भएकाे दुई महिने निशुल्क नर्सिङ तयारी कक्षाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
यसै शैक्षिक सत्रबाट ४ वटा सामुदायिक विद्यालयमा निशुल्क अंग्रेजी माध्यकाे पठनपाठन सुरुवात गरेको भन्दै उनले आउँदा दिनमा आवश्यकता हेरि यो संख्या बढाउँदै लगिने बताए । महानगरले यहाँका युवा दक्ष बनाउन विभिन्न किसिमका तालिम तथा तयारी कक्षाहरु संचालन गरिरहेको भन्दै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा सहभागिहरुलाई मेयर सिंहले ध्यान लगाएर अध्ययन गर्न आग्रह पनि गरे । आजदेखि सुरु निशुल्क नर्सिङ तयारी कक्षामा ३५ जनाको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !