Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘यादगार’ सहकारी पुनः संचालनमा, बचतकर्ताहरुको रकम फिर्ता गरिने कोषाध्यक्षको भनाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०८०
‘यादगार’ सहकारी पुनः संचालनमा, बचतकर्ताहरुको रकम फिर्ता गरिने कोषाध्यक्षको भनाई

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २४ वैशाख । वीरगंज महानगरपालिका वडा नं. १७ रानीघाट स्थित ‘यादगार’ बचत तथा ऋण सहकारी सँस्था आइतबारदेखि पुनः संचालनमा आएको छ । सहकारीका संचालक एवं अध्यक्ष वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी हरिन्द्र सिंहका छोरा राहुल सिंह र श्रीमती शान्ति चौधरीले बचतकर्ताको रकम लिई फरार भएपछि चैत १५ गतेदेखि सहकारी बन्द भएको थियो ।

सहकारीका कोषाध्यक्ष वीरगंज महानगरपालिका वडा नं. ९ रानीघाट निवासी बलिराम साहको पहलमा भागेका अध्यक्षलाई पुनः बोलाई हिसाब किताब फर्छयौट गर्ने र सहकारीमा बचत गरेका बचतकर्ताहरुको रकम फिर्ता पनि दिइने सहमति भएपछि सहकारी पुनः संचालनमा आएको हो । सहकारीको खातामा भएको ५/६ करोड रकम लिएर अध्यक्ष र उनकी श्रीमती अझै फरार छन् ।

अध्यक्ष सिंहले कोषाध्यक्षलाई गुमराहमा पारी यहाँबा अन्यत्र जान सुझाव दिई उल्टै उनीमाथि २ करोड रकम हिनामिना गरेको भनेर जिल्ला अदालत पर्सामा मुद्दा हाली आफै रकम लिएर फरार भएका थिए । कोषाध्यक्ष स्थानीय भएको कारण बचतकर्ताहरुले उनलार्ई बोलाएर समस्या समाधान गर्न भनेपछि आइतबारदेखि सहकारी संचालनमा आएको हो । सहकारीमा बचतकर्ताहरुको रकम बराबर सँस्थाले बजारमा कर्जा लगानी पनि गरेको कारण त्यो कर्जालाई संकलन गरि बचतकर्ताहरुको रकम फिर्ता गरिने सँस्थाका कोषाध्यक्ष बलिराम साहले जानकारी दिए ।

कोषाध्यक्ष : बलिराम साह

उनका अनुसार सँस्थाका अध्यक्षको चलाखीले सहकारीमा यस्तो समस्या उत्पन्न भएको हो, अब सँस्थाका अन्य सदस्य पदाधिकारीहरुसँग छलफल भई पुनः संचालन गर्ने निर्णय भएको हुँदा बचतकर्ताहरुलाई नआत्तिन आग्रह समेत गरे । उनले बचतकर्ताहरुको एक एक रुपैया हामी फिर्ता गर्छौ, अध्यक्ष सम्पर्क विहीन रहेपनि सँस्थाले बजारमा ठूलो कर्जा लगानी गरेको छ, त्यो कर्जा संकलन गरि विस्तारै विस्तारै बचतकर्ताहरुलाई रकम फिर्ता गरिने बताए ।

आइतबार सँस्था खोल्न जाँदा बचतकर्ताहरुले आफ्नो पैसा दिन दबाब समेत दिएका थिए । तर प्रहरी प्रशासनदेखि बचतकर्ताहरुको रोहबरमा छलफल भई कर्जा लगानी संकलन गरि विस्तारै बचतकर्ताहरुका रकम फिर्ता गर्ने सहमति भएपछि सँस्था संचालनमा आएको हो । अहिले पनि सँस्थाको खाता, हिसाब किताब सबै अध्यक्ष सिंहले आफ्नो निगरानीमा राखेका छन् । त्यो हिसाब किताबलाई शुरुदेखि फर्छयौट गरि विधिवत रुपमा संचालन गरिने बचतकर्ताहरुलाई विश्वस्त गराए ।

लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता अन्यौलमा परेका थिए । गरिब निमुखा परिवारका सदस्यहरुले दैनिकी खर्चबाट कटौती गरि दैनिक ५ सय देखि १ हजार रुपैया गरेर ५० हजारदेखि ९ लाखसम्म जम्मा गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि