Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोकाहरूको निरन्तर आगमनले बन्द ‘भरपेट भोजनालय’ पुनः संचालनमा आउने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८०
भोकाहरूको निरन्तर आगमनले बन्द ‘भरपेट भोजनालय’ पुनः संचालनमा आउने

वीरगंज (पर्सा), २२ वैशाख । गरिब विपन्न तथा मजदुरहरुलाई ५० रुपैयाँमै खाना खुवाँउदै आएको ‘भरपेट भोजनालय’ पुनः संचालनमा आउने भएको छ । सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विधार्थीका लक्षित गरि संचालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो । बढ्दो महंगीका कारण खर्च थेग्न नसकेर बन्द गरिएको भरपेट भोजनालय जेठ महिनाको पहिलो सातादेखि पुनः संचालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले बताए ।

भरपेट भोजनालयले शुक्रबार आयोजन गरेको पत्रकार भेटटघाट कार्यक्रममा भरपेट भोजनालय पुनः संचालनमा आउने श्रेष्ठले बताए । उनले भने ‘चार महिनादेखि भोजनालय बन्द छ, तर अहिले पनि गरिब, विपन्न र मजदुरहरु खाना खोज्दै दिनहँु यहाँ आउछन्, बन्द भएको देखेर निराश भएर फर्किन्छन्, त्यसका कारण खर्चको व्यवस्थापन गरेर पुनः जेठको पहिलो सातादेखि भोजनालय संचालनमा ल्याउने तयारीमा जुटेको बताए ।

भोजनालय पुनः संचालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागि परेको भन्दै दाताहरुबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ, अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरुबाटै जुटाउने अभियानमा लागेको श्रेष्ठको भनाई छ । यसका लागि वीरगन्ज महानगरपालिकासँग पनि समन्वय भइरहेको बताए ।

डेढ वर्षपहिले भरपेट भोजनालय संचालन गर्दाकै बखत यसको स्वामित्व स्थानीय सरकारले लिओस् भन्ने हाम्रो चाहना थियो तर त्यसो हुन सकेन भन्दै श्रेष्ठले अहिले मेयरसाबसँग कुरा भएको छ, उनी सकरात्मक हुनुहुन्छ, अब यसको दीर्घकालीन संचालनको व्यवस्था हुनेमा विश्वस्त रहेको श्रेष्ठको भनाई छ । उनका अनुसार वीरगंज महानगरपालिकाको मुर्लीमा २०७८ साउन ३१ गतेदेखि ५० रुपैयामा एक छाक खाना खुवाउने गरि भरपेट भोजनालय संचालनमा ल्याइएको थियो ।

व्यपारभन्दा पनि सेवामुखी उद्देश्यले संचालित भोजनालय बढ्दो महंगीका कारण खर्च थेग्न नसकेर घाटामा गएको भन्दै सानो पाइलाले उक्त भोजनालय २०७९ पुस ११ गतेदेखि बन्द गरेको थियो । मासिक १ लाख ६२ हजार ९ सय रुपैया घाटामा जान थालेपछि भोजनालय बन्द गर्नु परेको श्रेष्ठको भनाई छ । भोजनालयको मासिक खर्च ५ लाख ६ हजार ६ सय ६७ रुपैया हुँदै आएपनि आम्दानी भने ३ लाख ५८ हजार ७ सय ५० रुपैयाँ मात्रै थियो ।

हामीले प्रति व्याक्ति ५० रुपैयाँमा खाना खुवाउँदै आएका थियौं, तर त्यो खानाको लागत भने ८५ रुपैयाँ पथ्र्यो, ३५ रुपैयाँ घाटामा सेवा भावनाले हामीले भोजनालय संचालन गरि रहेका थियौं भन्दै श्रेष्ठले दाताहरु वा स्थानीय सरकारबाट सहयोग पाइन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर कतैबाट सहयोग नपाएपछि निरन्तर भइरहेको घाटा संस्थाले थेग्न नसकेर बन्द गर्नु परेको उनले बताए ।

भोजनालय संचालनमा रहेको १७ महिनाको अवधिमा संस्थाले २८ लाख ७४ हजार रुपैयाँ घाटा व्यवहोर्नु परेको र त्यो घाटा रकम संस्थाको कोषबाट पुर्ति गर्नु परेको संस्थाका संस्थापक एंव सल्लाहकार कञ्चन झाले जानकारी दिए । संस्थाको कोषपनि रित्तिएपछि अन्त्यमा केहि विल्कप नभएपछि भोजनालय बन्द गर्नुपर्ने अवस्था सृजना भएको बताए ।

आर्थिक नगरी वीरगंजमा विशुद्ध सेवाको भावनाले गरिब विपन्नका लागि संचालित भोजनालय बन्द भएको ४ महिना भइसक्दा समेत यसलाई पुनः संचालनका लागि कसैले चासो नलिएको भन्दै दुःखेसो समेत पोखे । भोजनालय संचालन भएदेखि नै हामीले यसको स्वामित्व र अपन्तव स्थानीय सरकार वा प्रदेश सरकारले लिओस् भन्ने हाम्रो अपेक्षा र चाहना थियो, तर ती दुवैमध्ये कोहि पनि अगाडि सरेरनन्, जसका कारण चार महिनादेखि भोजनालय बन्द छ ।

स्थानीय सरकार र प्रदेश सरकारले चासो नदिएपनि गरिब, विपन्न र मजदुरको आशाको केन्द्र बनेको भोजनालय पुनः संचालनका लागि अब सँस्था आफैले दाताहरु खोजिरहेको झाको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि