Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समाज एवं देश शान्तिको लागि गौतम बुद्धले देखाएको मार्गमा हामी सबै हिँड्नुपर्छ : मन्त्री अन्सारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८०
समाज एवं देश शान्तिको लागि गौतम बुद्धले देखाएको मार्गमा हामी सबै हिँड्नुपर्छ : मन्त्री अन्सारी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २२ वैशाख । मधेश सरकारका उद्योग पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले भगवान गौतम बुद्धले देखाएको मार्गमा हामी सबै हिड्नुपर्ने बताए । २५६७ औं बुद्ध पूर्णिमाको पावन अवसरमा धर्म गुरु फ्च्युङ्वा रिन्पोछेको प्रमुख आतिथ्यमा आयोजित ‘धर्म देशना तथा प्रवचन’ कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री अन्सारीले आफ्नो खुशी गौतम बुद्धले देखाएको मार्ग अनुसार मनुष्यले आफ्नो खुशी आफैबाट पाउनुपर्ने बताए । कुनैपनि भौतिक कुराले मनुष्यलाई खुशी दिन सक्दैन, नेपालीहरुको संसारमै अलग पहिचान छ, हामी एक अर्कालाई सम्मान गर्छौ, अरुको दुःखमा दुःखी हुन्छौं र अरुको सुख चाहन्छौं भन्दै बुद्धका आँखाले सबै कुरा बुझ्छ तर आजको समयमा बुद्धको आँखामा आँखा जुद्धाउने अवस्था नरहेको उनको भनाई थियो । भगवान बुद्धले जुन सिद्धान्तका साथ मार्ग देखाएका छन्, त्यो मार्गमा सबैले जिम्मेवारीका साथ बहन गर्नुपर्ने हो, तर त्यसमा अलिकति हामी विचल्ली भएको बताए ।

उनले जीवनको ‘सार’ को बीचमा ठुलो खाल्डो आएको छ, सुख, दुःखका घटनाले हामी कहिँ विचल्लीत भएका छौं, हामीले जीवन बुझ्न नसकेका हौं कि जस्तो लाग्छ भन्दै जीवनको ‘सार’ बुझ्ने हो भने कुनैपनि घटनाले हामी विचलित हुँदैनौ र कुनैपनि दुःखमा विचलित हुँदैनौ भने । अझ पनि भगवान बुद्धको बाणीले प्रेरणा लिँदै जीवन अर्थपूर्ण तरिकाले बाँच्ने सिक्नेछौ भन्दै राज्यमन्त्री अन्सारीले हामी सबैभित्र गौतम बुद्ध रहेको बताए । उनले हामी जुनसुकै धर्म मानेपनि हामी भित्र बुद्ध छन्, तर ति बुद्धलाई हामी चिन्न सकेका छैनौं, आफू भित्रको बुद्धलाई हामीले बाहिर निकाल्न सकेका छैनौं भन्दै जुनसुकै सकारात्मक उद्देश्यका लागि अगाडि बढि रहेको अवस्थामा हामी आफू भित्रका बुद्धलाई चिनौ र आफूभित्रको शान्तिलाई स्थापित राखी समाज, देशलाई शान्ति राख्न सहयोग गर्नुपर्ने बताए ।

बौद्ध धर्मले जीवन बाँच्ने नक्साको साथसाथै ऐना पनि दिएको छ । जन ऐनामा आफ्नो अनुहार हेर्छौ त्यो बेला म भित्रको शान्ति कहाँ छ, म भित्रको नैतिकता कहाँ छ ? म ठीक छु कि छैन ? भन्ने सन्देश दिएकोले यो दुबै सन्देशलाई भरपुर प्रयोग गरि आफु साथसाथै समाज, देशलाई सुधार्दै लगेर हामी बुद्धको बाटोमा हिँड्ने विश्वस्त रहेको बताए । कार्यक्रममा अतिथि ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले तामाङ्ग समुदायको मात्रै नभई नेवार समुदायमा पनि बौद्ध धर्मावलम्बीहरु बढ्दै गएको बताए । हाम्रो समाजमा विभिन्न धर्म गुरुहरु हुनुहुन्छ, सबै समुदायका व्यक्तिहरुले सबै धर्म गुरुहरुको प्रवचन सुन्नुपर्ने उनको भनाई थियो । समाज परिवर्तनको अह्म भूमिका खेल्ने यस्ता कार्यक्रममा पुनः हुनुपर्ने भन्दै बुद्धजयन्तीको अवसरमा पाल्नुहुने सबैको उत्तरोतर प्रगतिको कामना गरेका थिए ।

त्यसैगरि कार्यक्रममा अर्का अतिथि ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पद्मलाल श्रेष्ठ (पि.एल.) ले घ्याङडाँडामा विगत ४५ वर्ष अगाडि थुप्रै धर्म गुरुहरु जम्मा भई ७ दिनसम्म विश्व शान्ति पुजा गरेको स्मरण गराउँदै त्यस बेलादेखि यस ठाउँको नाम घ्याङडाँडा राखिएको र नेपालको सबैभन्दा अग्लो बुद्ध झण्डा यही ठडिएको भन्दै मधेश प्रदेशमै सबैभन्दा ठूलो बौद्ध गुम्बा पनि यही निर्माण गरिएको बताए । यहाँ लामो समयदेखि धार्मिक प्रवचन हुन पाएको छैन, यस पटक यहाँका उर्जावान युवाहरुको प्रयासले गरिएको प्रवचन कार्यक्रमले यस भेगमा धार्मिक गतिविधि संचालन कार्य सह्रानीय रहेको बताए ।

कार्यक्रममा काठमाडौंबाट आएका बौद्ध धर्म गुरु फ्च्युङ्वा रिन्पोछेले गौतम बुद्धले देखाएको मार्ग निर्देशनबारे प्रवचन सुनाएका थिए । उनले प्रवचनको क्रममा विश्व शान्तिको दुत गौतम बुद्ध जन्मिएको, बुद्धत्व प्राप्त गरेको तथा उनले दिएको उपदेशको बारेमा सहभागीहरुलाई प्रवचन सुनाएका थिए । बुद्धले दिएको मार्ग निर्देशनमा हिँड्ने हो भने जीवनमा कहिलेपनि दुःख नहुने, जीवनको क्रममा उत्पन्न हुने विविध बाधा व्यवधानलाई सजिलै तरिकाले समाधान गर्न सकिने, रिस राग नराख्ने, आफूभित्रको गौतम बुद्धलाई कसरी बाहिर ल्याउन सक्ने जस्ता मार्ग निर्देशनबारे प्रवचन सुनाएका थिए । नेपाल तामाङ्ग घेदुङ, ठोरी गाउँपालिका कार्यसमितिले आयोजना गरेको प्रवचन कार्यक्रममा ठोरी गाउँपालिका स्थित बौद्ध समुदाय लगायत अन्य समुदायका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा पालिका भित्रका २१ वटा सामुदायिक विद्यालयका कक्षा ४ देखि १० सम्मका बार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने २ सय ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । नेपाल तामाङ्ग घेदुङ, ठोरी गाउँपालिका कार्यसमितिका अध्यक्ष जितु तामाङ्गको सभापतित्वमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद खाती, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, नेपाल तामाङ्ग जिल्ला समन्वय समिति पर्साका अध्यक्ष प्रताप पाख्रिन, उपाध्यक्ष बुद्धलाल पाख्रिन, नेपाल तामाङ्ग घेदुङ ठोरीका गाउँपालिकाका उपाध्यक्ष बुद्धिमान तामाङ्ग, महिला उपाध्यक्ष कान्छिमाया थिङ्ग,सदस्यहरुमा सागर तामाङ्ग, बुद्ध लामा, दिपेश पाख्रिन, सुरेन्द्र पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि