Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरी समायोजन गरिदिए २४ घण्टामा अपराध नियन्त्रण गर्छौँ : मुख्यमन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २०, २०८०
प्रहरी समायोजन गरिदिए २४ घण्टामा अपराध नियन्त्रण गर्छौँ : मुख्यमन्त्री यादव

चन्द्रनिगाहपुर (रौतहट), २० वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीय सरकारले प्रहरी तथा कर्मचारी समायोजन गरिदिए २४ घण्टामा अपराध नियन्त्रण गर्ने दावी गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कमिटीको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न नचाहेको गुनासो व्यक्त गरे ।

उनले प्रदेश सरकारसँग आफ्नो कुनै संयन्त्र नभएकाले कार्य सम्पादन गर्न निकै गाह्रो भइरहेको गुनासो गर्दै संघीय सरकारले भ्रष्टचार नियन्त्रण गर्न नसक्ने दावी गरे । ‘संघीय सरकारबाट यो देशमा कहिल्यै भष्ट्रचार नियन्त्रण हुँदैन्, यो मेरो दावा छ’ उनले ठोकुवा गर्दै भने, ‘तर प्रदेश सरकारले नियन्त्रण गरेर छाड्छ । प्रहरी समायोजन, कर्मचारी समाजोजन गरिदिनु २४ घण्टाभित्र म अपराध नियन्त्रण गर्छु ।’

उनले प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्र जनअपेक्षा बमोजिक काम गर्न सक्ने बताउँदै संघीय प्रहरी र कर्मचारीले प्रदेश सरकारलाई वेवास्ता गर्ने गरेको अनुभव सुनाए । ‘हामी आज यो कार्यक्रममा आयौं , एसपी, सिडियोलाई मिटिङ्ग परिहाल्यो’ उनले गुनासो गर्दै भने , ‘जुनसुकै कार्यक्रममा एसपी , सिडियो बसेको हुन्छन् तर मुख्यमन्त्री पुगेपछि उनीहरुको जरुरी मिटिङ्ग परिहाल्छ । उनीहरु बस्न चाहँदैनन् ।

अर्को एक प्रसंगमा उनले प्रदेश सरकारले पत्रकारहरुलाई चाहिएको सहयोग गर्न सदैव तयार रहेको जनाउँदै पत्रकारहरुले पनि तथ्यमा आधारित भएर समाचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव श्याम बञ्जाराले संचालन गरेको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना, प्रदेश सभा सदस्य युवराज भट्टराई ‘समिर’, कनिष पटेल , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष राजेश कुमार कर्ण लगायत मधेस प्रदेशका ८ वटा जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि