Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२० वर्ष पश्चात बार्षिकोत्सव, सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्न प्रजिअको सुझाव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १९, २०८०
२० वर्ष पश्चात बार्षिकोत्सव, सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्न प्रजिअको सुझाव

बारागढी (बारा), १९ वैशाख । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बाल विवाह जस्ता कृप्रथालाई अन्त्य गर्न समाजको सहकार्य आवश्यक रहेको बताएका छन् । बारागढी वडा नं. १ पिपरा स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको २० औ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रजिअ सापकोटाले बालविवाह जस्ता कृप्रथालाई अहिलेपनि समाजले स्वीकारेको अवस्थामा त्यसलाई अन्य गर्न समाजबाटै सहयोग र सहकार्यको आवश्यकता रहेको बताए ।

उनले अहिलेका बालबालिकाहरु सानैदेखि सामाजिक सञ्जालमा सक्रिय रहेको कारण पनि बालविवाह, उमेर नपुग्दै भागेर विवाह गर्ने जस्ता घटनाहरुमा वृद्धि भएको बताए । अभिभावकहरुले सानै उमेरदेखि बालबालिकाहरुलाई मोबाइल फोन दिन्छन्, तिनीहरु सामाजिक सञ्जालमा अल्झिएर आफ्नो समय विताएर आफ्नो भविष्य नै अन्ध्कारमा धकेल्ने गरेकोले यसतर्फ अभिभावकहरु पनि सतर्क हुनुनर्पे प्रजिअ सापकोटोले सुझाव दिए ।

विद्यालय उमेरका बालबालिकालाई मोबाइलको किन आवश्यकता ? विद्यालयबाट घर एवं घरबाट विद्यालय आउ जाउ गर्ने बालबालिकाहरुलाई मोबाइलको आवश्यकतै छैन तर अभिभावकहरुले मोबाइल दिने गरेको कारण विद्यालय उमेरका बालबालिकामा सामाजिक सञ्जालको प्यास अत्यधिक भेटिएको उनको भनाई छ । सामाजिक सञ्जालले गर्दा गलत एवं विकृतिजन्य सामाजिक सञ्जालका विषय वस्तुहरु बालबालिकाहरुको ध्यान बढि केन्द्रित हुने गरेको कारण आफ्ना बालबालिकाहरुलाई मोबाइल फोनबाट टाढा राख्न सुझाव दिए ।

मोबाइल तथा सामाजिक सञ्जालमा पहुँच हुने बालबालिकाको बानी बिग्रेपछि अध्ययनबाट टाढिंदै जाने, कुलतमा फस्ने घटनाक्रम बढ्दै गएपछि यस्तो अपिल गर्नुपरेको उनको भनाई थियो । केही दिन अघिकै त्यही गाउँका घटनालाई स्मरण गराउँदै प्रजिअ सापकोटोले भने “केही दिन अघि मात्रै यही गाउँका उमेर नपुगेका केटाकेटी भागेका थिए, तिनीहरुलाई प्रहरी प्रशासनको सहयोगमा खोजेर ल्याई दुबैका अभिभावकको जिम्मा लगाएका छौ, यस्ता घटनाहरु वृद्धि हुनुका मुख्य कारण नै सामाजिक सञ्जाल, मोबाइल फोन रहेकोले आफ्ना बालबालिकाहरुलाई सामाजिक सञ्जाल एवं मोबाइलबाट टाढा राखे मात्रै देशलाई चाहिने जनशक्ति उत्पादन हुन सक्ने बताए ।

अहिले १६ वर्षमुनिका बालबालिकामा मोबाइलबाट माया प्रेममा फस्ने, केटाले केटी भगाउने, पछि प्रशासनले केटी खोजेर ल्याएपछि अभिभावकको जिम्मा लगाउने, केटामाथि अपहरण तथा जबरजस्ती करणीको मुद्दा चलाउने, केटी पक्षले आफ्नो रिसिवी साध्न विभिन्न मुद्दा बनाएर जाहेरी दिने जस्ता विकृत्तिहरु बढ्दै गएका छन्, यसमा मोबाइल तथा अभिभावकको हेलचक्र्याई भइरहेको बुझेका छौं भन्दै बालबालिकालाई सूचना प्रविधिबाट पूणर् रुपमा टाढा पनि राख्न भनेका छैनौं, तर कुन परिस्थिति अनुसार मोबाइलको प्रयोग गर्न दिने र अभिभावकले आफ्नो निगरानी गरि रहनुपर्ने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जियालाल साहले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेकोले विद्यालय व्यवस्थापन एवं गुणस्तरीय शिक्षाको लागि समाजका सबैको सहयोग आवश्यकता रहेको बताए । उनले बालबालिकाहरुलाई विद्यालयको साथसाथै अभिभावकले पनि निगरानी गर्नुपर्ने बताए । आफ्नो बालबालिकाले आज के सिकेर आएको छ ? दैनिक रुपमा अभिभावकले त्यसको निगरानी गर्नुपर्ने उनको भनाई थियो ।

बालबालिकाहरुलाई विद्यालय पठाएर मात्रै अभिभावकहरुको जिम्मेवारी पुरा हुँदैन, बालबालिकाहरुले आज के सिकेर आए ? बालबालिकाको डे्रस, सरसफाई जस्ता कुराहरुमा पनि अभिभावकले ध्यान दिनुपर्ने उनको भनाई थियो । विद्यालयको साथसाथै अभिभावकले पनि बालबालिकाहरुलाई समय दिनुपर्ने उनको सुझाव थियो । साथै विगत लामो समयदेखि अस्त व्यस्त रहेको विद्यालयलाई व्यवस्थापन गर्न युवाको काँधमा जिम्मेवारी आएको छ, २ महिनाको कार्यकालमा विस्तारै सुधार गर्ने प्रयास गरेको बताए । आगामी दिनमा विद्यालयलाई निम्न माध्यमिक, माध्यमिक हुँदै उच्च माध्यमिकसम्म लैजाने लक्ष्य रहेको अध्यक्ष साहको भनाई छ ।

स्थापना भएको २० वर्षसम्म हालसम्म विद्यालय भवन रंगरोगन पनि गरिएको थिएन, त्यो गरिएको छ, विद्यालयमा गुणस्तरीय शिक्षकको अभाव छ, बालबालिकाहरुलाई बस्नको लागि बेन्चको अभाव छ, चर्को घाममा बालबालिकाहरु टिनको छानामुनि बसेर पढ्न बाध्य छन्, कक्षा कोठामा पंखा छैन, यि सबै समस्याहरुलाई विस्तारै समाधान गर्दै जाने अध्यक्ष साहको भनाई छ । स्थापना भएको २० वर्षमा पहिलो पटक बार्षिकोत्सव मनाइएकोले सहभागी वक्ताहरुले विद्यालयको प्रगतिको कामना समेत गरेका थिए ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष जियालाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारागढी गाउँपालिका अध्यक्ष अशोक जयसवाल, वडाध्यक्षहरू उमेश साह, सुरेश चौधरी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालयका शिक्षक धर्मेन्द्र साह, सुनिता बढई, विद्यालयको मर्मत सम्भारमा सहयोग गरेको वीरगंजको शालिमार सिमेन्टका सञ्चालक अशोक बैद्य, हिमाल कापी उद्योग, डा. निरज सिंह लगायतलाई सम्मानित गरिएको थियो । करिब तीन सय विद्यार्थी एवं ९ जना शिक्षक कर्मचारी रहेको सो विद्यालयमा हाल आधारभूत तहसम्म अध्यापन हुने गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि